प्रवासी मन्च ले बिद्यालय प्रथम लाई सम्मान गर्ने
देवेन्द्र पौडेल,चुलाचुली/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ मा रहेको ‘पेल्टिमारी प्रवासी मन्च’ ले सोही वडामा रहेको श्री किराँत चोलुङ आधारभुत बिद्यालयको बिद्यालय प्रथम लाई नगद सहित सम्मान गर्ने भएको छ ।
गत पौष १३ गते उक्त पेल्टिमारी प्रवासी मन्चका अध्यक्ष बल बहादुर राइको अध्यक्षता मा बसेको बैठक ले बिभिन्न ६ वटा निर्णय हरु पारित गरेको छ भनें सस्थाको गरिव तथा जेहन्दार विद्यार्थी सम्मान कार्यक्रम अन्तरगत को नयाँ कार्यक्रमका रुपमा चुलाचुली गाउपालिका वडा नम्बर ४ को प्रगतिशिल टोल मा रहेको श्री किराँत चोलुङ आधारभुत बिद्यालयमा अध्ययनरत छात्रा-छात्रहरु मध्य बिद्यालयको वार्षिक परिक्षाफल को नतिजा मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एकजना विद्यार्थी लाई नगद रु. ५ हजार का साथमा प्रमाणपत्र ले सम्मान गरिने सस्थाका सस्थापक संरक्षक समिती का संयोजक भिम प्रसाद राइ ले जानकारी दिनु भयो ।
बैदेशिक रोजगारी मा रहेका चुलाचुली वडा नम्बर ४ का युवाहरु को अगुवाइमा स्थापना भएको सो पेल्टिमारी प्रवासी मन्च ले बिगत २०७२ साल देखी सोही वडामा रहेको बालज्योती माध्यमिक बिद्यालय बाट एस.इ.इ परिक्षा मा प्रथम हुने लाई नगद सहित सम्मान गर्ने गरेको छ भनें चालु शैक्षिक सत्र देखी सस्थाको तर्फ बाट थप कार्यक्रम को रुपमा नयाँ कार्यक्रम ल्याएको सस्था ले जानकारी दिएको छ ।
स्वदेश तथा बिदेश मा रहेका गरी जम्मा ४३ जना सदस्य रहेको उक्त सस्था ले मुलत चुलाचुली मा रहेका आयआर्जन को श्रोत कमजोर भएका अभिभावक हरु का छोराछोरी हरु लाई शैक्षिक क्षेत्रमा आर्थीक सहयोग गर्ने गरेको छ । साथै स्थानिय बिद्यालय हरुमा पठन-पाठन गर्न विद्यार्थीहरु को हौसला बढाउने समेत कार्यक्रम को उद्धेश्य रहेको र उक्त किरात चोलुङ आ.बि. मा सस्था को कार्यक्रम लागु भए पश्चात बिद्यालय प्रती थप आकर्षण बढने अपेक्षा रहेको जानकारी दिनु भयो सस्था का पुर्व सचिब धर्म अधिकारी ले ।
हाल उक्त बिद्यालयमा कक्षा ५ सम्म पठन पाठन हुने गरेको छ भनें किराँतीहरु को श्रीजंघा लिपी को समेत सो बिद्यालय पठन पाठन गर्ने गरिएको छ ।