देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित श्री जनता माध्यमिक बिद्यालय ले विद्यार्थी संग साहित्य र सस्कृती का कुरा बिषयक एक कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालय ब्यवस्थापन समिती कि अध्यक्ष सिता लावती को अध्यक्षता मा पौष १९ गते सुक्रबार सम्पन्न भएको कार्यक्रम मा साहित्यकार मनु मन्जिल को प्रमुख आतिथ्यता रहेको थियो भनें चुलाचुली गाउपालिका वडा नम्ब र १ का वडाध्यक्ष पुर्ण लावती, शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्र का साथै साहित्यकार हरु सिमा आभास ,देवान किराती, हेमन यात्री ,जिवी गजल ,अभागी थेगुवा ,दिलिप घिमिरे ,सेलिङ केशी, किरण सिवा लगायत को उपस्थिती रहेको थियो ।
विद्यार्थीहरु लाई स्थानिय रैथाने भाषा सस्कृतीहरु को ज्ञान आवस्यक रहेको कितावी ज्ञान संगै सामाजिक सास्कृतिक परिदृष्य हरुलाई समेत शिक्षण सिकाइ को बिषय बस्तु बनाएर लगेमा सामाजिक सदभाब प्रगाड हुँदै जाने भएकाले चुलाचुली गाउपालिका वडा नम्बर १ को आर्थीक सहयोगमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम लाई साहित्यमय बनाउन अतिथीहरु जिवी गजल ,सेलिङ केसी, किरण सिवा लगायतले रचना वाचन गर्नु भएको थियो भनें कार्यक्रम मा माध्यमिक तह स्तरिय कविता वाचन प्रतियोगिता समेत सन्चालन गरिएको हो । उक्त प्रतियोगिता मा सहभागी ५ बिद्यालय का ६ प्रतियोगी हरुलाई पछी पार्दै भानु माद्यमिक बिद्यालय चुलाचुली ५ का उत्सब न्यौपाने प्रथम भए, त्यसै गरी दोश्रो श्री बालज्योती माद्यमिक बिद्यालय कि शिखा लिम्बु तथा जनता माध्यमिक बिद्यालय चुलाचुली १ कि वर्षा खतिवडा तेश्रो र बालज्योती कै सरोज रसाइली ले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगिता को निर्णायक का रुपमा साहित्यकार अभागी थेगुवा, सेलिङ केशी र दिलिप घिमिरे हुनुहुन्थ्यो ।
कार्यक्रम मा बोल्दै चुलाचुली गाउपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्र ले विद्यार्थी भाइ बहिनीहरु लाई साहित्य सस्कृती संग जोडन गाउपालिका ले सबै बिद्यालयहरु मा घुम्ती नृत्य प्रशिक्षक को ब्यवस्था गरेको र सो बिषयलाई सम्पुर्ण ले ध्यान दिनु पर्ने बताउनु भयो । वहाँ ले भन्नु भयो शिक्षा लाई मौलिक हकमा राखिसके पछी शिक्षाका पाच वटा उपधारा हरु कार्यान्वयन को चरणमा रहेको र सो संग साहित्य तथ सस्कृती लाई समेत जोडन चुलाचुली गाउपालिका वडा नम्बर १ ले गरेको यो कदम प्रती शिक्षा युवा तथा खेल कुदशाखाआभारी रहेको छ भन्नु भयो ।
उक्त कार्यक्रम मा किराँती मुन्धुमी गायक यादन शेर्मा तथा फाक्तालुङ आइडल का सहभागी दिलिप माखिम , सन्चित्र लिम्बु असल तुम्रोक,अर्जुन नाल्वो ले आ-आफ्नो प्रस्तुती दिनु भएको थियो । स्थानिय तह मा शिक्षा को गुणस्तर सुदृढ गर्दै सचेत नागरिक उत्पादन का लागी स्थानिय भेषभुषा भाषा सस्कृती र रहन सहन बुझ्नु र बुझाउनु आवश्यक छ , गुणस्तर बृद्धीका नाम मा ठुलठुला भवण निर्माण का योजना ल्याउने र निर्माण ब्यावसायी संग अबैध संबन्ध राखेर कमिसन को चक्कर मा पश्ने देखी लिएर पहुंच मा रहने जिम्मेवार ब्यक्तीहरु ले बिद्यालय मा रहेको समस्याहरु लाई बेवास्ता गरिदिदा स्थानिय सरकार ले प्राथमिकता मा राखेको शैक्षिक क्षेत्रमा लगानी र प्रतिफल को सन्तुलन गुम्ने अवस्था भएका ले जसलाई नियन्त्रण र स्थानिय स्तर को शैक्षिक गुणस्त र बृद्धी का लागी सबै भन्दा धेरै स्थानियवासी नै सचेत र सकृय रहनु पर्ने देखिन्छ । ।

Facebook Comments Box