देवेद्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका मा आगामी पौष २७ गते लिम्बु समुदायले नुवागी पर्वको रुपमा मनाउदै आएको चासोक तङनाम मनाइने भएको छ ।
चुलाचुली १ को प्रस्तावित माङतोक रङशाला मा उक्त कार्यक्रमको तयारी भइरहेको र पौष २१ गते एक पत्रकार सम्मेलन गर्दै प्रचार-प्रसार को औपचारिक सुरुवात गरिएको छ । चुलाचुली १ को वडा कार्यालयमा गरिएको सो पत्रकार सम्मेलनमा चासोक तङनाम आयोजना को जिम्मा पाएको सस्था चासोक तङनाम आयोजक समिती का अध्यक्ष सागर फागो,सचिब दिलिप वनेम तथा कोषाध्यक्ष सिता लावती का अलवा १ नम्बर वडाका वडाध्यक्ष पुर्ण लावती को समेत उपस्थिती रहेको थियो ।
आफ्नो खेतबारीमा उब्जाउ गरिएका अन्नबालीहरु खान सुरु गर्नु भन्दा पहिला माङ लाई चढाउनु पर्ने र यसो गर्नाले अन्न उत्पादन गर्दाका वखत भएका साना जिव जन्तुको हत्याको पापमोचन हुने मान्यता रहेको छ भनें अन्न बाट प्राप्त हुने पौष्टिक तत्व हरु समेत पर्याप्त प्राप्त गरिने जन बिश्वास रहेको छ ।
पौष २७ गते बिहान नुवागी,माङ पुजा का साथमा रक्तदान कार्यक्रम सन्चालन हुने र दिउसो बिविध सास्कृतिक कार्यक्रम हरु, केलाङ नाच,धान नाच,हाक्पारे,ख्याली का साथमा छेलो,धनुष बाण लगायतका खेलहरु को मझा र स्थानिय मौलिक परिकार हरुको समेत स्वाद लिन सकिने बताउनु भयो चासोक तङनाम आयोजक समिती का अध्यक्ष सागर फागोले ।

उक्त चासोक तङनाम सम्पन्न गर्नका लागी ६ देखी ७ लाख खर्च अनुमान गरिएको र आर्थीक श्रोतका लागी बैदेशिक रोजगारी मा रहेका महानुभाब हरुले धेरै सहयोग गरीरहनु भएको र त्यसका अलवा स्वदेश मै रहने केहि महानुभाब हरु र स्थानिय सरकारले समेत आर्थीक सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो कोषाध्यक्ष सिता लावतीले ।
लिम्बु समुदायको मौलिकता र मौलिक चाडपर्व हरुको संरक्षण र प्रवद्धन गर्ने जिम्मा पाएको सस्थाहरु जिम्मेवार बिहिन भएपछी स्थानिय सरकार पनि यस्ता कार्यक्रमहरु का लागी बजेट बिनियोजन गर्न उदासिन भएको हुनसक्ने अवस्था रहेको बताउनु भयो चुलाचुली १ का वडाध्यक्ष पुर्ण लावती ले ।
संघिय लोकतान्तृक गणतन्त्र नेपालमा हरेक समुदायले आफ्ना रितिरिवाज सस्कार सस्कृती र परम्पराहरु को संरक्षण र प्रवद्धन गर्नका लागी संगठित सस्था स्थापना गर्न पाउने र सो सस्था लाई राज्यले आवश्यक सहयोग समेत गर्ने प्रावधान रहेको छ जस अनुसार स्थापना भएको किराँत याक्थुङ चुम्लुङ चुलाचुली गाउ समितीका पदाधिकारी हरु छाती चौडा गरेर आफ्नो मौलिक सस्कार सस्कृती को संरक्षण र प्रवद्धन गर्नुको सट्टा राजनितिक चङ्गुलमा फसेर सस्थालाई नै जिम्मेवारी बिहिन बनाइ टुट र फुटको दिशा तर्फ उन्मुख हुँदा चुलाचुली गाउपालिका मा सबै भन्दा धेरै जनसंख्या २६.६ प्रतिशत (६ हजार १ सय ५३ जना) बसोबास गर्ने लिम्बु समुदायको सस्कार सस्कृती र परम्परा बिस्तारै लोप हुँदै जाने अवस्था देखिन्छ ।

Facebook Comments Box