दश स्वर्ण सहित बालज्योती राष्ट्रपति रनिङ्ग शिल्ड को प्रथम स्थानमा
देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका मा १५ औं पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
गत पौष २२ गते देखी २५ गते सम्म सन्चालित उक्त प्रतियोगिता मा चुलाचुली गाउपालिका भित्र रहेका १४ वटा सामुदायिक तथा सस्थागत बिद्यालय का ३ सय भन्दा बढी विद्यार्थी खेलाडी हरु सहभागी रहेका थिए ।
गत पौष २२ गते एक औपचारिक कार्यक्रम गर्दै सो प्रतियोगिता को उदघाटन कोशी प्रदेश का सामाजिक बिकास मन्त्री पाँच कर्ण राइले गर्नु भएको हो । चुलाचुली गाउपालिका आयोजक रहेको र अघिल्लो वर्षको सर्वाधिक पदक बिजेता श्री बालज्योती माध्यमिक बिद्यालय ले सन्चालन को जिम्मा पाएको उक्त १५ औं राष्ट्र्पती रनिङ्ग शिल्ड प्रतियोगिता चुलाचुली ४ आइतबारे मा रहेको बालज्योती माध्यमिक बिद्यालयको खेल मैदान मा सम्पन्न भएको हो ।
भलिवल,कपर्दी,मार्शलआर्ट तथा एथ्लेटिक्स ४ बिधामा छात्रा छात्र दुबै तर्फ गरी ५२ वटा प्रतियोगिता सम्पन्न गरिएको र उक्त प्रतियोगिता मा सबै भन्दा धेरै १० स्वर्ण ४ रजत र ११ काँस्य पदक हासिल गर्दै चुलाचुली गाउपालिका वडा नम्बर ४ को श्री बालज्योती माद्यमिक बिद्यालय पालिका स्तरिय १५ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता को बिजेता बनेको छ भनें ७ स्वर्ण ५ रजत ३ काँस्य पदक हासिल गर्दै चुलाचुली गाउपालिका वडा नम्बर ६ फुङनाम मा रहेको श्री राष्ट्रपेमी माध्यमिक बिद्यालय दोश्रो तथा ६ स्वर्ण २ रजत ८ काँस्य सहित चुलाचुली वडा नम्बर ३ मा रहेको श्री किराँतेश्वर माध्यमिक बिद्यालय तेश्रो भएको छ ।
कार्यक्रम लाई सन्चालन गर्नका लागी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सन्चालन निर्देशिका बमोजिम चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को संयोजकत्व मा १३ सदसिय मुल ब्यवस्थापन समिती रहेको र बिभिन्न बिद्यालयका ६० जना शिक्षकहरु रहेको बिभिन्न उपसमिती हरु गठन गर्दै प्रतियोगिता लाई भब्य तथा सब्य रुपमा सम्पन्न भएको हो ।
उक्त ४ दिने प्रतियोगिता को पुरस्कार बितरण तथा समापन गत पौष २५ गते चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को अध्य्क्षता मा तथा कोशी प्रदेस का आर्थीक मामिला तथा योजना मन्त्री राम राना को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो उक्त प्रतियोगिता को समापन तथा पुरस्कार बितरण कार्यक्रम को अवसर पारेर गत वर्ष को एस.इ.इ मा चुलाचुली गाउपालिका कै उत्कृष्ट जिपिए ल्याउने चुलाचुली अग्रेजी बोर्डिङ कि छ्त्रा ग्रीष्मा घिमिरे तथा सामुदायिक बिद्यालयका तर्फ बाट उत्कृष्ट जिपिए ल्याउने श्री जनता माद्यमी बिद्यालय कि छात्रा रबिना पोख्रेल लाई सम्मान गरेको थियो । त्यसै गरी उत्कृष्ट सामुदायिक बिद्यालय को रुप मा जनता माध्यमिक बिद्यालय चुलाचुली २ प्रथम र जनता माध्यमिक बिद्यालय चुलाचुली १ लाई सम्मान गरिएको थियो ।
त्यसै गरी उत्कृष्ट प्रधानध्यापक को रुपमा जनता माध्यमिक बिद्यालय चुलाचुली २ का प्र.अ. लक्ष्मेश्वर प्रसाद बनबारीया लाई सम्मान गरिएको छ भनें गत साल को एस.इ इ.मा सत प्रतिशत विद्यार्थी पास गराउन सफल १४ जना बिषय शिक्षकहरु लाई समेत सम्मान गरिएको थियो । त्यसै गरी उत्कृष्ट बाल बिकाश शिक्षक का रुप मा श्री राष्ट्र्प्रेमी माध्यमिक बिद्यालय कि शिक्षक कुन्ता श्रेष्ठ तथा उत्कृष्ट बिद्यालय कर्मचारी का रुपमा श्री सगरमाथ आ.वि. चुलाचुली ६ कि कविता राइ लाई सम्मान गरिएको हो ।
उक्त पुरस्कार बितरण तथा सम्मअन कार्यक्रम मा पालिका स्त रिय रष्ट्रपती र निङ्ग शिल्ड प्रतियोगिता मा सहभागी भ इ प्रथम दोश्रो र तेश्रो स्थान हासिल गर्ने सम्पुर्ण छात्र छात्र खेलाडी हरु लाई ट्रफी तथा प्रमाण पत्रले सम्मन गरिएको थियो ।