स्थानिय सरकार गैर-जिम्मेवार हुँदा बाल बाटिका अलपत्र
देवेन्द्र पौडेल, चुलाचुली/ इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे बजार स्थित श्री बालज्योती माध्यमिक बिद्यालय को जमिन मा निर्माण गर्ने भनिएको चुलाचुली बाल उद्ध्यान अहिले अलपत्र अवस्था मा रहेको छ ।
चुलाचुली गाउपालिका र श्री बालज्योती माध्यमिक बिद्यालय बिच भएको सहमती अनुसार बिद्यालयले जमिन उपलब्ध गराउने र गाउँपालिका ले उक्त स्थानमा बालबाटिका निर्माण गर्ने थियो । सोही अनुसार काम सुरु गरिएता पनि पनि दिर्घकालिन सोच नराखी सस्तो लोकप्रियता को लोभमा स्थानिय जनप्रतीनिधीहरु ले उक्त खुल्ला स्थानलाई बिना घेराबारा र खेल सामाग्रीको सुरक्षा लाई ख्याल नगरि केहि थान खेलौनाहरु खरिद गरी उक्त स्थानमा जडान गरेर राखियो , जसको फलस्वरुप ३ महिना नबित्दै ति सामाग्रीहरु टुटफुट भएर काम नलाग्ने अवस्था मा परिणत भए ।
नेपाल देश संघिय संरचना मा जाँदा स्थानिय स्रोत साधन को भरपुर सदुपायोग होस र भौतिक,आर्थीक तथा सामाजिक बिकाश लाई समावेशी तवर ले गर्न सकियोस भन्ने अभिप्राय ले तीन तहका सरकारहरु को परिकल्पना गरियो जस अनुसार जनता को सबै भन्दा नजिकै को सरकार स्थानिय सरकार जसले जनताका समस्याहरु र स्थानिय स्रोतसाधन हरु लाई अत्यन्तै मिहिन तरिका ले अध्ययन गर्न सक्ने र सोही अनुसारका योजना हरु आफै सम्पन्न गर्ने र स्थानिय सरकारबाट सम्भब नभएका योजनाहरु प्रदेश तथा केन्द्र मा पेश गर्ने र सोही अनुसार को समावेशी बिकास गर्ने हो ,तर चुलाचुली गाउपालिकाको स्थानिय सरकार ले एउटा बाल उद्द्यान निर्माण कार्यलाई समेत सम्पन्न गर्न नसक्दा संघिय संरचनाको परिकल्पना नै बिफल भएको जस्तो देखिन थालेको छ ।
बिद्यालयको समुन्ने बालबालिकाहरु हरबखत आवतजावत गर्ने स्थानमा खेल सामाग्री टुट्फुट को अवस्थामा रहेको र ति सामाग्रीहरु चुलाचुली गाउपालिका र चुलाचुली वडा नम्बर ४ कार्यालय कसैले पनि वास्ता नगरेका कारण बिगृएको अवस्थामा रहेका ति सामाग्रीहरु बाट विद्यार्थीहरु मा दुर्घटना को सम्भावना भएकाले बिद्यालय ब्यवस्थापन समिती को २०८० असोज १० गते बसेको बैठक ले निर्णय गरी ति सामाग्रीहरु बिद्यालय को कम्पाउण्ड भित्र राख्ने निर्णय गरी सो को कार्यान्वयन का लागी चुलाचुली गाउपालिका वडा नम्बर ४ को कार्यालय र महिला बाल बालिका तथा समाज कल्याण शाखा चुलाचुली लाई बोधार्थ दिदै चुलाचुली गाउपालिका का अध्यक्ष लाई पत्राचार गरेको थियो । जसको जवाफ स्वरुप १ महिना १२ दिन पछाडी गाउपालिका मा रकम अभाबका कारण उक्त बाटिका को घेराबारा को काम तत्काल गर्न नसक्ने र पालिका बाट भएको अनुगमन मार्फत पनि सामाग्री हरु टुटफुट भएको र विद्यार्थीहरु दुर्घटना मा पर्न सक्ने सम्भावना स्विकार गर्दै घेराबारा को काम सम्पन्न नभएसम्म ति सामाग्रीहरु को सुरक्षा का लागी गाउपालिका कार्यालय को प्राङगण मा राख्ने निर्णय गरेको पत्र बिद्यालय लाई पठाएको १ वर्ष २ महिना बितिसक्दा पनि ति भात्किएका खेलसामाग्री हरु सोही स्थानमा रहेका कारण उक्त बिषयमा स्थानियवासी तथा बिभिन्न सरोकारवाला हरुले गाउपालिका का जिम्मेवार ब्यक्तीहरु लाई मौखिक ध्यानाकर्षण गराएता पनि स्थानिय सरकार सुनेको नसुन्यै भएर बस्दा जनताको आवाज प्रती र जनता प्रती उत्तरदायी नबनी चुलाचुली गाउपालिका स्थानिय सरकार मनोमानी र स्वेच्छचारी तवर ले चलेको जस्तो आभास स्थानियहरु ले गर्न थालेका छन ।
स्थानिय बजार को समेत सोभा बढने भएकाले उक्त स्थानमा बाल बाटिका निर्माण गर्नु अत्यन्तै राम्रो योजना रहेको र उक्त योजना लाई पुर्ण कार्यान्वयन गर्न सकेमा स्थानियबासी,आइतबारे बजार, बालज्योती मा.बि. लगायत सबै पक्ष लाई लाभ हुने योजना कार्यान्वयन हुन नसक्नु दु:खद पक्ष हो र अझै पनि ति सामाग्रीहरु सोही स्थानमा यथास्थिती मा रहिरहेमा स्थानिय सरकार ले अझै चर्को आलोचना खेप्न पर्ने साथै स्थानिय सरकार बालबालिका प्रती संवेदनशिल नभएको देखिनुका साथै बालमैत्री चुलाचुली गाउपालिका घोषणा कार्य लाई समेत असर पर्ने देखिन्छ ।