शिक्षामा क्रान्ति किन हुनु पर्छ – एस.बि. साम्बा
शिक्षामा क्रान्ति हुनु अत्यन्तै जरुरी छ,किन कि याे कुनै पनि समाजकाे विकास र प्रगति काे मूल आधार हाे। उचित एवं ब्यावहारिक क्रान्ती बिना समाजमा आमूल परिवर्तन आउन सक्दैन । शिक्षामा क्रान्ति हुनु पर्ने मुख्य कारण हरु निम्न अनुहार छन:
१)समाज रुपान्तरण :शिक्षामा क्रान्ति ले समाज लाई आधुनिक,न्यायपूर्ण वकासित बनाउँछ।शिक्षा ले जात ,धर्म लैगिक मतभेद काे निरमूल गरि समानता काे भावना विकास गर्न अत्यन्तै ठूलाे सहयाेग गर्दछ।
२)आर्थिक समृद्धि :शिक्षा ले दक्ष जनशक्ति उत्पादन गर्छ र स्वराेजगार हुने अवसर हरु प्रदान गर्छ।शिक्षित जनशक्ति ले उद्यमशीलता,विज्ञान,र प्रविधिमा याेगदान गरेर आर्थिक समृद्धिमा टेवा पुरायनुमा सहयाेग गर्दछ।
३)नयाँ साेच र नवप्रवर्दन: शिक्षामा क्रान्ति ले नयाँ साेच र नवप्रवर्दन काे उजागर गर्छ।यसले वैज्ञानिक अनुसन्धान ,प्रविधिमा ठूलो उन्रति, मानव जीवनशैली लाई सुधार्न ठूलाे सहयाेग गर्दछ।
४)गरिबी र अशिक्षा काे अन्तय:गरिबी काे प्रमुख कारण नै अशिक्षा हाे।शिक्षामा क्रान्ति ले गरिबी लाई पूर्णरुपमा निवाकरण गर्दै अाम जनताकाे जीवन स्तर लाई गुणस्तरीय महत्त्वपूर्ण भूमिका खेल्रर्दछ।
५)नेतृत्व र जागरण:शिक्षित मुलुक मा क्षमतवान नेतृत्व उत्पादन हुन्छ।पूर्ण शिक्षित नागरिक हरु ले जिम्मेवार र सही नेतुत्व छनौट गर्छ र समाज लाई सही मार्गदिशा लैजानै गर्छन् ।
६)सामाजिक चेतना र मानव अधिकार : शिक्षामा क्रान्ति ले मानव अधिकार ,प्रजातन्त्र ,र स्थिर उन्रति का अवधारणा बारे जनचेतना फैलाउँ छ,जसले मुलुक एवं समाज लाई सक्षम एवं क्षमतावान बनाउँ छ।
यस कारण ले , शिक्षामा क्रान्ति कुनै राष्ट्र वा समाज काे स्थिर एवं दीर्घकालीन क्रमिक परिवर्तन का लागि आधार भएकाे र अत्यन्तै आवश्यकता पनि हाे।शिक्षा लाई सबै आम नागरिक हरु काे पहुँचमा पुराउनु पर्द छ र गुणस्तरीय बनाउनु ठूलो परिवर्तन काे आवश्यकता छ। (लेखक इलाम को माङसेबुङ गाउपालिका वडा नम्बर ३ आदिपुर का स्थाइ बासिन्दा हुन भनें वहाँ अहिले इलाम कै माइ नगरपालिका वडा नम्बर ८ बिष्णेटार मा शिक्षण पेशा मा आवद्ध हुनुहुन्छ )