चुलाचुली मा अर्धवार्षिक सार्वजानिक सुनुवाइ सम्पन्न, नागरिक प्रतिवेदन मा सुझाब भन्दा मन परेका पक्षहरु धेरै
सेरेङहाङ राइ,चुलाचुली/इलाम को चुलाचुली गाउपालिकाले गत माघ ७ गते अर्धवार्षिक सार्वजानिक सुनुवाइ सम्पन्न गरेको छ ।
चुलाचुली ४ स्थित गाउपालिका को प्रशासकिय भवन मा चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङ को अध्यक्षता मा सम्पन्न उक्त सार्वजानिक सुनुवाइ स्थानिय जनप्रतिनिधी,कर्म चारी, स्थानिय राजनितिक दलका प्रतीनिधी,बिभिन्न संघसस्था का प्रतीनिधी का साथै स्थानियवासी को उपस्थिती मा सम्पन्न सो अर्धवार्षिक सुनुवाइ लाई बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. ले सहजिकरण गरेको हो ।
सो सार्वजानिक सुनुवाइ को मुख्य उत्तरदाता गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ तथा प्रमुख प्रशासकिय अधिकृत दिल कुमार लिम्बु हुनुहुन्थ्यो र सहायक उत्तरदाता हरुमा बिषयगत शाखा प्रमुख र ६ वटै वडा का वडाध्यक्षहरु रहनु भएको थियो भनें गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती सो सार्वजानिक सुनुवाइ मा अनुपस्थित हुनुहुन्थ्यो ।
गाउपालिकाका तर्फबाट अर्धवार्षिक प्रतिवेदन शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रले प्रस्तुत गर्नु भएको थियो । वहाँ ले प्रस्तुत गरेको प्रतिवेदन अनुसार चुलाचुली गाउपालिका ले पौष मसान्त सम्म संचित कोषमा ५७.१३ प्रतिशत रकम प्राप्त भएको उक्त रकम को २९.३६ प्रतिशत खर्च भएको बताउनु भयो । त्यसै गरी आन्तरिक राजस्वमा गाउपालिकाले कर राजस्व र गैर कर राजस्व गरी जम्मा ३४ लाख १६ हजार १ सय ६३ रुपैया संकलन भएको बताउनु भयो । त्यसैगरी चुलाचुली गाउपालिका ले पौष मसान्त सम्ममा वार्षिक बजेट को आर्थीक बिकास मा १२.९४ प्रतिशत सामाजिक बिकास मा ३७.५४ प्रतिशत,पुर्वधार बिकास मा १४.७३ प्रतिशत,शुशासन मा २३.०६ प्रतिशत र कार्यालय सन्चालन तथा प्रशासन मा ३५.५२ प्रतिशत बजेट खर्च भएको बताउनु भयो भनें गाउपालिका लाई संघिय सरकार बाट प्राप्त सशर्त अनुदान अन्तरगत को चालु पुँजी ४३.२४ प्रतिशत,पुँजिगत खर्च १०.४४ प्रतिशत र पुँजिगत समपुरक अनुदान को १४.९९ प्रतिशत खर्च भएको बताउनु भयो । त्यस्तै प्रदेश सरकार बाट प्राप्त सशर्त अनुदान अनुदान को चालु पुँजी ०.८४ प्रतिशत र समपुरक अनुदान को ३२.९८ प्रतिशत खर्च भएको छ भनें गाउपालिका को आन्तरिक श्रोत बाट बिनियोजित वार्षिक बजेटको चालु पुँजी ३४.०६ प्रतिशत र पुँजिगत खर्च को १८.०५ प्रतिशत खर्च भएको वहाँ ले बताउनु भयो ।
त्यसै गरी कार्यक्रम मा सहजिकरण गर्ने सस्थाबाट स्थानिय लाई नागरिक प्रतिवेदन मार्फत १० वटा बिषयमा सोधिएका ४७ वटा प्रश्नहरुको बैकल्पिक उत्तर सहितको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो भनें बहिर्गमन अभिमतका साथ मा ३० जना सेवाग्राही हरु बाट कार्यलय को राम्रो लागेको २५ वटा पक्ष तथा सुधार गर्नु पर्ने २० वटा पक्षाहरु सहित को प्रतिवेदन प्रस्तुत गरिएको थियो । स्थानिय नागरिक प्रती उत्तरदायी बनेर सुशासन,सेवा प्रवाहमा पारदर्शिता लगायत का बिषय लाई प्राथमिकता मा राख्दै चुलाचुली गाउपालिका ले सन्चालन गरेको सार्वजानिक सुनुवाइ मा आएर जिज्ञासा तथा सुझाब राख्नु हुने सम्पुर्ण लाई चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले धन्यवाद दिनु भयो । त्यसै गरी कार्यक्रम लाई सम्बोधन गर्दै चुलाचुली गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत दिल कुमार लिम्बु ले सार्वजानिक सुनुवाइ मा उठेका प्रश्न हरु लाई आफुले टिपोट गरेर राखेको र ति कुराहरु लाई सुधार गरिने प्रतिवद्धता जनाउनु भयो साथै वहाँ ले कार्यालय को प्रशासनिक पाटो मा स्थानिय नागरिक हरु बाट सधै सल्लाह सुझाब को अपेक्षा राखेको बताउनु भयो ।
सरकारी कार्यालयहरु बाट प्रवाह हुने सेवाहरुमा पारदर्शिता,निस्पक्षता,सुशासन,समावेशिता,बिश्वासनियता लगायत का बिषयमा सेवाग्राही हरुको जनगुनासो तथा सल्लाह सुझाब लिदै सेवा प्रवाह मा गुणस्त र बृद्धीका लागी लोकतन्त्र को गतिलो कडी का रुप मा लिइने सार्वजानिक सुनुवाइ लाई चुलाचुली मा पछिल्लो समय निरन्तरता दिदै गइरहेको अवस्थामा एक पक्षले स्थानिय सरकार को कर्मकाण्डी कृयाकलाप को आरोप लगाइ रहेका छन भने केहिले लोकतन्त्र को सुन्दर अभ्यास भन्ने गरेका छन । चुलाचुली को स्थानिय सरकार को इतिहास लाई हेर्ने हो भने बिगत मा सार्वजानिक सुनुवाइ को शीर्षक मा बजेट निकासा हुने गरेको तर त्यसता कार्यक्रम हरु भनें हुने नगरेको तितो यथार्थका बिच पछिल्लो स्थानिय सरकार ले बर्षेनी त्यस्ता सुनुवाइका कार्यक्रम हरु मा नागरिक लाई निमन्त्रणा गर्नु स्थानिय सरकार को सकारात्मक र जनउत्तरदायी कदम रहेको स्थानियहरु को बुझाइ रहेको छ ।