स्थानिय बजार अनुगमन गर्दै गाँउपालिका

देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका ले स्थानिय बजार तथा ब्यावसायहरु को अनुगमन कार्य सुरु गरेको छ ।
चुलाचुली गाउपालिका कि उपाध्यक्ष दिल कुमारी लावती लिम्बुको नेतृत्वमा सुरु गरिएको सो बजार अनुगमन अन्तरगत हिजो माघ २३ गते वडा नम्बर १ मा रहेका १२ वटा बिभिन्न पसल तथा साना उध्योगहरु को अनुगमन गरिएको हो ।
स्थानिय उपभोक्ताहरु को हकहित र स्वास्थ्य का साथै ब्यावसायीहरु लाई न्युनतम कानुनी दायरा मा ल्याउने मुख्य उद्देश्य का साथ सुरु गरिएको बजार तथा ब्यावसाय अनुगमन कार्यमा चुलाचुली गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत दिल कुमार लिम्बु,योजना शाखा प्रमुख उपेन्द्र पौडेल,प्रशासन शाखाका तिर्थ राज खरेल,कृषी बिकाश शाखा प्रमुख सुवास दहाल का अलवा स्थानिय वडा नम्बर १ का कार्यवाहक वडाध्यक्ष लाल बहादुर चाम्लिङ,कार्यपालिका सदस्य बिसु कुलुङ लगायतका जनप्रतीनिधी हरुको समेत उपस्थिती रहेको थियो ।
पछिल्लो समय चुलाचुली गाउपालिका मा बजारिकरण बढिरहेको र स्थानिय तहले बजार अनुगमन नगर्दा स्थानिय ब्यापारीहरु लाई बाहिर बाट ब्यापारी आएर अबैधानिक तवरले ब्यावसाय सन्चालन गर्दा असर पर्नुका साथै खाध्य बस्तुहरु गुणस्तरहिन तथा मिती गुजृएता पनि बिकृबितरण भइ रहेकाले भबिश्य मा यसले बिकराल रुप लिने सम्भावना लाई दृटिगत गर्दै बजार तथा स्थानिय खाद्य उध्योग अनुगमन कार्यको थालनी गरेको पाइएको छ । कतिपय अवस्थामा ब्यावसायीहरु ले राम्रो दिन खोज्दा खोज्दै पनि कमजोरी हुन सक्ने र बेलाबेला हुने यस्ता अनुगमन ले सचेत गराउने भएकाले स्थानिय तह बाट गरेको अनुगमन कार्य एक्दमै राम्रो र आवश्यक तथा स्वागत योग्य भएको बताउनु हुछ चुलाचुली १ मा आबुचोक मिनी मार्केट सन्चालन गर्दै आउनु भएका दीपेन्द्र राइ ।
चुलाचुली गाउपालिका ग्रामिण इलाका भएकाले सम्पुर्ण ब्यवासयीहरु कर को दायरा मा आइ नसकेकाले सो अनुगमन टोलीले यस्ता ब्यावसायी हरु लाई ब्यावसाय दर्ता गर्न, मिती गुजृएका सामाग्री बिक्री वितरण नगर्न,मुल्यसुची तथा पसलको नाम सहित को बोर्ड राख्न समेत सुझाब दिनु का साथै आगामी दिनमा यि कार्यहरु नगरेको खण्ड मा नियमनकारी निकायले जरिवाना तथा समान जफत गर्न सक्ने भएकाले ब्यावसायी हरु लाई सचेत समेत गराएको थियो ।
गाउपालिका ले स्थानिय बजार,साना ब्यावसायी तथा उत्पादन मुखी ब्यावसायीहरु को ब्यावसाय अनुगमन गर्दा साना ब्यावसायी हरु चोक चोक मा गरिने चटपटे ब्यावसायी हरुले दर्ता नगरि सन्चालन गरिराखेको पाइएको तथा ठुला ब्यावसायीहरु ले दैनिक मुल्यसुची टाँस नगरेको पाउनुका साथै उत्पादन मुखी ब्यावसायहरु मा होर्डिङ्ग बोर्डहरु नराखी ब्यावसाय सन्चालन गरेको जानकारी दिनु भयो अनुगमन टोली का सदस्य तथा चुलाचुली गाउपालिका कृषी बिकाश शाखा प्रमुख सुवास दहाल ले ।
चुलाचुली गाउपालिका वडा नम्बर १ मा रहेको अभिलेख अनुसार २०७४ साल देखी २०८१ पौष सम्म २ सय २७ वटा ब्यावसाय हरु वडामा दर्ता भएका छन भने १२ वटा ब्यावसाय स्थगन गरिएका छन त्यसै गरी एक/एक वटा ब्यावसायहरु नाम परिवर्तन र नामसारी गरिएका छन । चुलाचुली गाउपालिका मा ब्यावसाय तथा बजार अनुगमन गर्ने कार्य नौलो भनें होइन बिगत मा समेत यसरि अनुगमन कार्यको सुरुवात गरिएता पनि निरन्तरता नभएका कारण ब्यावसायीहरु ले यसलाई त्यती गम्भिर रुपमा नलिएको पाइएता पनि यस कार्यलाई कडाइ का साथ निरन्तरता दिएमा ब्यावसायीहरु कर को दायरा मा आउनु का साथै स्थानिय हाट बजार ब्यवस्थित र उपभोक्ता मैत्री बन्ने सम्भावना भने अधिक रहेको छ ।