राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा इलाम नगरपालिका को अग्रता

इलाम जिल्ला स्तरीय १५औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेलमा इलाम नगरपालिका ले १८ स्वर्ण पदक सहित अग्रता कायम गरेको छ ।फागुन ४,५ र ६ गते माई नगरपालिकामा भई रहेको प्रतियोगितामा सुर्योदय नगरपालिकाले १० स्वर्ण सहित दोस्रो, माई नगरपालिका ५ स्वर्ण सहित तेस्रो स्थानमा छन । त्यस्तै देउमाई नगरपालिका, माङसेबुङ, रोङ, चुलाचुली र माई जोगमाई १र१ स्वर्ण पदक प्राप्त गरेका छन्। हाल सम्म फाकफोक र सन्दकपुर गाँउपालिकाले स्वर्ण पदक प्राप्त गर्न सकेका छैनन।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिका इलामको समन्वयमा सञ्चालन भईरहेको प्रतियोगितामा रजत तर्फ माई नगरपालिका ९ पदक, सुर्योदय नगरपालिका ८ पदक, माईजोगमाई ५ पदक, देउमाई र रोङ ४र४ पदक, इलाम र माङसेबुङ ३र३ पदक, र फाकफोकथुम र चुलाचुली १र१ रजत पदक प्राप्त गरेका छन्।
इलाम जिल्लाका १० पालिका सहभागीता रहेको प्रतियोगितामा काश्य पदक तर्फ रोङ १५ पदक, माई १४ पदक, सुर्योदय १३ पदक, चुलाचुली ६ पदक, देउमाई ५ पदक, इलाम ४ पदक, फाकफोक थुम ३ पदक, र माई जोगमाई १ पदक प्राप्त गरेको जिल्ला खेलकुद बिकास समिती इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भएको छ।
प्रतियोगिताको ३८ खेलमा सुर्योदयले ३१ पदक, माई २८ पदक, इलाम २५ पदक, रोङ २० पदक, देउमाई १० पदक, चुलाचुली ८ पदक, माईजोगमाई ७ पदक र माङसेबुङ र फाकफोक थुमले ३/३ पदक प्राप्त गरेका छन्। हाल सम्म सन्दकपुरले कुनै पदक प्राप्त गरेको छैन । पुर्वान्चल दैनिक बाट साभार