चुलाचुली प्रतिभाको खोजी कार्यक्रम को फाइनल आगामी दश गते

देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली मा जारी चुलाचुली प्रतिभाको खोजी कार्यक्रम को तेश्रो चरण समापन भए संगै दुइ बिधा का १० जना प्रतियोगीहरु ले फाइनल चरण मा प्रतिष्पर्धा गर्ने भएका छन । चुलाचुली गाउपालिका ले सन्चालन गरेको चुलाचुली प्रतिभाको खोजी को फाइनल आगामी फाल्गुण १० गते ऐनापोखरी श्रम सास्कृतिक पार्क ब्यवस्थापन समिती ले आयोजना गरेको दोश्रो ऐना पोखरी महोत्सब २०८१ मा सम्पन्न हुने छ ।
पहिलो चरणमा स्थलगत छनौट बाट सुरु गरिएको सो कार्यक्रमको दोश्रो तथा तेश्रो चरण का छनौट कार्यक्रमहरु ऐना पोखरी महोत्सब मा सन्चालन भइ रहेको छ । गायन तथा नृत्य बिधामा कलाकारहरु उत्पादन गर्न का लागी स्थानिय सरकार ले आफै लगानी गरेर सन्चालन गरेको सो प्रतियोगिताको फाल्गुण ७ गते सम्पन्न तेश्रो चरण को प्रतियोगितालाई पार गर्दै गायन बिधामा चुलाचुली ४ कि कन्चन राइ,चुलाचुली ६ कि सन्ध्या राइ,चुलाचुली ६ कै बिक्रम राइ,चुलाचुली ३ कि सुबिना फागो तथा चुलाचुली १ का बिकि कुलुङ बिच फाइनल मा प्रतिष्पर्धा हुनेछ । त्यसै गरी सो प्रतियोगिता को अर्को बिधा नृत्य मा चुलाचुली २ का बिवश लिम्बु,चुलाचुली ६ कि कन्चन श्रेष्ठ,चुलाचुली ४ कि,सिवानी राइ,चुलाचुली १ कि वर्षा लिम्बु तथा चुलाचुली २ कि रोजिला खनाल ले फाइनल प्रतियोगिता मा प्रतिष्पर्धा गर्ने भएका हुन ।
स्थानिय स्तर मा रहेका कलकारहरु लाई बाहिर ल्याउनु का साथै मानब बिकासको प्रमुख सुचांङ्क का रुपमा लिइने कला क्षेत्र र कलाकारिता लाई बिकास र प्रवद्धन गर्नुका साथै स्थानिय स्तर मा आवश्यक कलाकारहरु उत्पादन का लागी सन्चालन गरिएको चुलाचुली प्रतिभाको खोजी कार्यक्रममा बिजेता लाई नगद रु.३० हजार का साथमा ट्रफी,मेडल र प्रमाण पत्र तथा दोस्रो हुने प्रतियोगी लाई नगद रु. २० हजारका साथ मा ट्रफी,मेडल र प्रमाण पत्र र तेश्रो हुने प्रतियोगी लाई नगद रु.१० हजार का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनु का साथै दुबै बिधा का उत्कृष्ट १०/१० प्रतियोगीहरु लाई सम्मान स्वरुप सम्बन्धित बिधामा १ वर्ष अध्ययन का लागी छात्रबृत्तीको समेत ब्यवस्था रहेको चुलाचुली प्रतिभाको खोजी कार्यक्रमका संयोजक कैलाश थुलुङ ले जानकारी दिनु भयो । दुबै बिधाका प्रतियोगीहरु ले दोस्रो चरण देखी स्टेजमा आफ्नो प्रस्तुती दिएका थिए । गायन बिधामा छनौट भएका १४ जना प्रतियोगीहरु बाट ५ प्रतियोगी लाई फाइनल चरण का लागी छ्नौट गरिएको छ भने नृत्य बिधा का लागी ८ प्रतियोगी हरु बाट पनी ५ जना प्रतियोगी हरु फाइनल चरण का लागी छनौट गरिएको छ ।
स्थानिय स्तर मा रहेका प्रतिभाहरु का लागी अवसर प्रदान गर्न का लागी स्थानिय सरकारले तयार गरेको सो कार्यक्रम मा १० लाख रुपैय बजेट बिनियोजन गरिएको छ । यस्ता कार्यक्रम हरु बर्षेनी आयोजना गरेर निरन्तरता दिएमा मात्रै स्थानिय कलाकार हरु को प्रवद्धन र बिकास हुने देखिन्छ अन्यथा एक वर्ष बजेट बिनियोजन गरेर निरन्तरता नदिएमा स्थानिय सरकारले सरकारी बजेट अनुत्पादक क्षेत्र मा लगानी गरेर ब्ययभार मात्रै बढाउने देखिन्छ ।