देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउँपालिका अन्तरगत रहेको कृषी बिकास शाखाले चार दिने आलु खेती प्रविधी बिषयक तालिम हिजो फाल्गुण ८ गते समापन गरेको छ ।
चुलाचुली ३ स्थित श्री चुलाचुली कृषी सहकारी सस्थाको सभाहलमा गत फाल्गुण ५ गते देखी सुरु भएको सो तालिम फाल्गुण ८ गते समापन भएको हो । प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना तर्फको साना ब्यावसायिक कृषी उत्पादन केन्द्र अन्तरगत आलु पकेट बिकास कार्यक्रम सन्चालन गरिरहेको चुलाचुली कृषी सहकारी सस्थालाई लक्षित गरी सन्चालन भएको सो तालिम मा चुलाचुली ३ र ४ का ३० जना कृषक हरुको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रम को औपचारिक समापन चुलाचुली कृषी सहकारी सस्थाका सचिब ओझाहाङ नुगो को अध्यक्षता मा तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो । समापन कार्यक्रम मा ४ दिने तालिम को अनुभब सुनाउदै आलु रोप्ने देखी लिएर गोडमेल का बिधीहरु को साथै भण्डारण बिधी समेत सिक्न पाएको बताउनु भयो तालिम मा सहभागी शर्मिला राइले । सामान्यतय करेसाबारी मा आलु सबैले नै रोप्ने गरेको र यसलाई कुन तरिका ले गोडमेल गरेमा उत्पादन धेरै लिन सकिने तथा कसरी भण्डारण गरेमा लामो समय सम्म उपभोग गर्न सकिने भन्ने बारेमा तालिम मा सिकेको हुनाले आगामी दिन मा यसले गृहिणी दिदिबहिनी हरु लाई थप सहयोग पुर्याउने बताउनु भयो चुलाचुली गाउ कार्यपालिका कि सदस्य गंगा सुवेदी ले ।

कृषी बिकाश शाखा चुलाचुलीले आर्थीक वर्ष २०८१/८२ मा आलु तथा माहुरिपालन पकेट कार्यक्रम सन्चालन गरिरहेको र सोही कार्यक्रम अन्तरगत चुलाचुली वाडा नम्बर ३ स्थित चुलाचुली कृषी सहकारी सस्थाले गाउपालिकाको लागत साझेदारीमा १ सय २० कट्ठा जमिनमा १६ लाख रुपैयाको लागतामा आलु खेती गरिरहेको र सोही आलु खेती लाई लक्षित गरी उक्त ४ दिने तालिम सम्पन्न गरिएको हो । परम्परागत खेती प्रणाली लाई त्यागेर नयाँ बिज्ञान प्रविधी को गर्दै आफ्लाई परिमार्जित नगरेमा सधै पछी पर्ने भएकाले यो तालिम मा सहभागी प्रशिक्षार्थी हरु ले तालिम मा सिकेको प्रविधी को प्रयोग गर्दै आलु खेती गरेर उत्पादन बढाउनका लागी सबै लाई अनुरोध गर्नु भयो तालिमका सहजकर्ता निरोज दहालले ।

तालिम मा सहभागी सम्पुर्ण कृषक हरु लाई ४ दिने आलुखेती प्रविधी तालिम को प्रमाण पत्रका साथमा बिभिन्न कृषी औजार हरु समेत प्रदान गरिएको थियो ।

Facebook Comments Box