इलामको राष्ट्रपति रनिङ सिल्ड १५औं जिल्लास्तरीय प्रतियोगिता जितेकामा इलाम नगरले खुसियाली मनाएको छ । 

इलाम नगरपालिकाले नगरका विजयी खेलाडीलाई सम्मानसमेत गरेको छ । फागुन ४ देखि ६ सम्म माई नगरपालिकाको शितली खेलमैदानमा सम्पन्न प्रतियोगितामा इलाम नगरले सिल्ड जितेको हो । २२ स्वर्ण, १३ रजत र आठ काश्य पदकसहित इलाम पहिलो भएको हो । 

यही खुसियालीमा नगरका विद्यार्थी, मेयर केदार थापासहितका जनप्रतिनिधिले सदरमुकाममा विजय जुलुस प्रदर्शन गरेका छन् । नगरका कर्मचारी, विभिन्न स्कुलका शिक्षकलगायतको संयुक्त जुलुसले टुँडिखेलदेखि इलाम चोकबजार–मालापथ हुँदै पुनः चोक बजार परिक्रममा गरेको थियो । चोकबजारमा आयोजित कोणसभामा मेयर थापाले विद्यार्थीलाई बधाई दिँदै सफलता हासिल गरेकामा नगरपालिका हर्षित भएको बताए । दिउँसो नगरपालिकामा आयोजित समारोहमा मेयर थापाले विजयी खेलाडीलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरे । 

सूर्याेदय नगरपालिका १८ स्वर्ण, १३ रजत र २० काश्य पदक पाएर दोस्रो बन्यो । १२ स्वर्ण, १२ रजत र २१ काश्य पदकसहित आयोजक माई नगरपालिका तेस्रो भयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना र माई नगरको सहयोगमा सञ्चालित प्रतियोगितामा आठ सय ९५ विद्यार्थी (खेलाडी) सहभागी भए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट विधाका विभिन्न खेल सञ्चालन भएका थिए ।पालिका पेज बाट साभार

Facebook Comments Box