देवेन्द्र पौडेल चुलाचुली/ इलाम को चुलाचुली गाउपालिका र इलाम उध्योग बाणिज्य संघको संयुक्त आयोजनामा आज फाल्गुण ११ गते आइतबार चुलाचुली गाउपालिका मा एक दिने घुम्ती सेवा तथा कर शिविर सन्चालन भएको छ ।

आर्थीक ऐन २०८१ ले प्रदान गरेको कर छुट सुविधा लाई करदाता सम्म पुर्याउने उद्धेस्यले सन्चालन गरिएको उक्त शिविर मा करदाता सेवा कार्यालय इलामका कर अधिकृत मनोज सेढाई र साना तथा घरेलु उध्य्योग कार्यालय इलामका प्रमुख एक नारायण ढकाल को नेतृत्वमा खटिएको सो घुम्ती सेवा तथा कर शिविरले चुलाचुली गाउपालिका भित्रका १ सय ४३ जना सेवा ग्राहीहरु लाई सेवा प्रदान गर्दै रु. ६ लाख १९ हजार राजस्व समेत संकलन गरेको छ ।

साना तथा घरेलु उद्द्योग कार्यालय र करदाता सेवा कार्यालय इलामले दिने सम्पुर्ण सेवाहरु सो शिविर मा प्रदान गरिएको र सो क्रममा लामो समय देखी कर बिवरण तथा आयकर बुझाउन बाँकी रहेका करदाता हरु का लागी कर बिवरण तथा कर संकलन, ब्यावसाय नगरि बसेका करदाता हरुको स्थाइ लेखा नम्बर खारेजी साथै बायोम्याटृक अध्यावधिक नयाँ ब्यावसाय दर्ता लगायत का सेवा हरु प्रदान गरिएको हो । साना तथा घरेलु उध्योग कार्यालय इलामले दिने सेवाहरु मा मुख्य गरेर ब्यावसाय नविकरण तथा खारेजी लगायतका सेवाहरु जम्मा ४१ जना सेवाअग्राहीहरु ले लिएको र जस बाट १ लाख ३८ हजार रुपैया राजस्व संकलन भएको छ ।

त्यसै गरी करदाता सेवा कार्यलय इलामका कर अधिकृत मनोज सेढाइले दिएको जानकारी अनुसार उक्त कर शिविर मा कार्यालय ले प्रदान गर्ने कर संग सम्बन्धित बिभिन्न सेवा जम्मा १ सय ३ जना ले लिएको र जसमा २३ जना करदाता ले स्थाइ लेखा नम्बर खारेजीका लागी निवेदन दिएका छन भनें उक्त शिविरमा करदाताले कर बिवरण तथा कुल रु ४ लाख ८१ हजार आयकर बुझाएका छन । नेपाल सरकारले आर्थिक ऐन २०८१ मार्फत कर विवरण तथा २०८० असार मसान्त सम्म आयकर तथा मू. अ. कर बुझाउन बाँकी करदाताहरुका लागि विविन्न करछुट सुविधाको व्यवास्ता गरेको छ । उक्त छुट सुविधा २०८१ फाल्गुन मसान्त सम्म लिन सकिने छ । कर तिर्न बाँकी कर दाता हरुलाई करदाता सेवाअ कार्यालय इलाम ले बुल्क एस एम एस टेलिफोन तथा पत्राचार मार्फत नियमित जानकारी गराउदै आइ रहेको छ ।

कर दाता सेवा कार्यालय इलाम मा बहेको बिवरण अनुसार चुलाचुली गाउपालिका भित्र बिभिन्न नाम मा जारी भएका स्थाइ लेखा नम्बरहरु मध्य ४ सय ६४ जना ले नियमित आयकर नबुझाएको र त्यही संख्याबाट आज को शिविर मा १ सय २ जनाले आयकर बुझाएका छन । कर दाता सेवा कार्यालय इलाम को वार्षिक कर संकलन लक्ष ८४ करोड रहेको मा हाल सम्म ३२ करोड कर संकलन गरेको जानकारी प्राप्त छ ।

Facebook Comments Box