चुलाचुली गाँउपालिका को १५ औं गाँउसभा सम्पन्न

देवेन्द्र पौडेल चुलाचुली/इलाम को चुलाचुली गाउपालिका ले गाउपालिका को १५ औं गाउसभा हिजो फाल्गुण १२ गते सम्पन्न गरेको छ ।
चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को अध्यक्षता मा सम्पन्न सो गाउसभा मा चुलाचुली गाउपालिका का स्थानिय जनप्रतिनिधी तथा कर्मचारी को उपस्थिती रहेको थियो ।
उक्त गाउसभा ले चुलाचुली गाउपालिका को आ.व. २०८१/८२ को संशोधित बिनियोजन ऐन र आर्थीक ऐन समेत बहुमत ले पारित गरेको छ ।
नेपाल को संविधा २०७२ को अनुसुची ८ मा रहेका २२ वटा स्थानिय तहको एकल अधिकारहरुको कार्यान्वयनको लागी आवश्यक पर्ने कानुनहरु निर्माण गर्नका लागी साथै सोही संविधान को अनुसुची ९ मा रहेको साझा अधिकारहरु मा संघ तथ प्रदेश कानुन ले स्थानिय सरकार को कार्यक्षेत्र भनेए तोकेका अधिकार क्षेत्र मा कानुन निर्माण र कार्यान्वयन का लागी गाउसभा मार्फत अनुमोदन गर्ने प्रावधान रहेको छ ।
चुलाचुली गाउपालिका को १५ औं गाउसभा मा निर्णायार्थ चुलाचुली गाउपालिका को आ व २०८१/८२ को बिनियोजन ऐन माथी को संशोधन प्रस्ताव गाउपालिका कि उपाध्यक्ष एवम बजेट तथा कार्यक्रम तर्जुमा समिती संयोजक दिल कुमारी लिम्बु योङ्हाङ ले प्रस्तुत गर्नु भएको थियो ।
त्यसै गरी उक्त गाउसभा मा पारित गरिएको चुलाचुली गाउपालिका को आ व २०८१/८२ को आर्थीक ऐन को संशोधन प्रस्ताब चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष एव आर्थीक बिकास समिती संयोजक पुर्ण लावती ले पेश गर्नु भएको थियो ।गाउँपालिका उपाध्यक्ष दिल कुमारी लिमु ले प्रस्ताव गरेको आ व २०८१/८२ को बिनियोजन ऐन संशोधन प्रस्ताब माथी वडा नम्बर २ का वडा सदस्य माइत राज लिम्बु ले चुलाचुली आधारभुत अस्पताल को जेनेरेटर खरिद सम्बन्धी र वडा नम्बर १ का वडा सदस्य लाल बहादुर चाम्लिङ ले मातृभाषा संरक्षण का लागी बिनियोजित बजेट सम्बन्धी संशोधन प्रस्ताब माथी टिप्पणी गर्नु भएको थियो ।
त्यसै गरी कार्यक्रम को सुन्य समयमा चुलाचुली गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिल कुमार राइ ले गोलिया निकासी कर निर्धारण गर्नु पर्ने भन्दै सुझाब पेस गर्नु भयो भने ५ नम्बर वडा का वडा सदस्य राम प्रसाद नेपाल ले न्यायिक समिती लाई सवारी साधनको आवस्यकता रहेको भ न्दै माग समेत गर्नु भयो ।
१५ औं गाउसभा लाई शुभकामना दिदै वडा नम्बर १ र वडाध्यक्ष को ब्यतिगत रुपले गाउ सभामा पेस भएका संशोधन प्रस्ताव हरुको आलोचनात्मक समर्थन रहेको जनाउनु भयो वडाध्यक्ष पुर्ण लावती ले । त्यसै गरी शुभकामना सन्देश दिदै चुलाचुली ४ नम्बर का वडाध्यक्ष सागर जबेगु ले संशोधन प्रस्ताव ल्याइनु पुर्व घनिभुत छलफल हुनु पर्ने बता उनु भयो । त्यसै गरी कार्यक्रम लाई शुभकामना दिदै गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु योङ्हाङ ले सभा सदस्य हरुको व्यक्तिगत बिचार पेस गर्न गाउपालिका को सम्पुर्ण चेनगेट हरु खुल्ला राखिएको आफ्ना भनाइ बिचार हरु पेस गर्न पाइने तर मुल चेनगेट मा भने ताला ठोकिएको र यस सन्दर्भ मा सबै ले आ आफु मम गर्नु पर्ने भन्दै ब्यङ्यात्मक टिप्पणी गर्नु भयो ।
चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले गाउपालिका को १५ गाउ सभा मा उपस्थित सम्पुर्ण जनप्रती निधी हरु कर्म चारी हरु सम्पुर्ण लाई धन्यवाद दिदै सभ लाई बिसर्जन गर्नु भएको थियो ।