इलाम जिल्ला स्तरीय न्यायिक समिति संजालको अध्यक्षतामा फाकफोकथुम गाँउपालिका उपप्रमुख कल्पना राई चयन हुनुभएको छ ।

फाकफोकथुम गाँउपालिका इलाममा सम्पन्न पाचौं वैठकवाट राईलाई पद हस्तान्तरण गरिएको हो । माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको अध्यक्षतामा शुरु भएको अध्यक्षता हस्तान्तरण कार्यक्रम फाकफोकथुम उपाध्यक्ष कल्पना राईलाई पद हस्तान्तरण गरे संगै राईकै अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पिडितहरुले अपेक्षा गरे अनुसारको न्यायमा पहुच, सहजता प्रदान गर्न न्यायिक संजालको गठन भएको भन्ने बुझाई रहेको प्रमुख अतिथि फाकफोक थुम गाँउपालिका अध्यक्ष दिपेन्द्र खनालले वताउनु भएको छ। वहाँले पिडितको न्यायमा सर्वसुलभ सेवा प्राप्त रहोस भन्ने उद्देश्यका साथ जनता संग सरोकार राख्ने पक्षबाट न्याय प्रदान गरिनु उत्कृष्ट रहेको बताउनु हुदै अदालती प्रकृयामा कागजी न्यायिक प्रकृया रहने तर पालिका स्तरीय न्यायिक समिति एवम मेलमिलापबाट व्यवहारिक तवरले मेलमिलाप हुने हुदाँ सोहि प्रकृयामा जोड दिनुपर्ने वताउनु भएको छ। अधिकारकर्मी एवम अधिवक्ता रहनु भएका प्रमुख अतिथि खनालले स्थानीय तहले ७ बर्षको अवधिमा गरेको न्याय निरुपण प्रगतिलाई उल्लेख गरि जिल्ला भरिका पालिकालाई समेटेर स्मारिका प्रकाशन गर्न निर्देशन दिनु भएको छ।

इलाम जिल्लाका १० पालिका भित्रका उपप्रमुख/उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक, सदस्य, उजुरी प्रशासक, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रम माई नगरपालिका उजुरी प्रशासक हिमाल मिश्रले जानकारी दिनुभयो।

बैठकमा सुर्योदय नगरपालिका उपप्रमुख दुर्गा वराल, देउमाई नगरपालिका उपप्रमुख पविमाया राई, माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, चुलाचुली गाँउपालिका उपाध्यक्ष दिलु लावती, रोङ गाँउपालिका उपाध्यक्ष बिष्णुमाया खवास, सन्दकपुर गाँउपालिका उपाध्यक्ष हरि लुङ्गेली लगायतले स्थानीय तहमा भएका विवाद निरुपणका समस्या, चुनौती र अवसरका विषयमा अन्तरकृया मार्फत जानकारी गराउनु भएको थियो ।

न्यायिक समितिको सचिवालय फाकफोकथुम गाँउपालिका इलामको आयोजना सम्पन्न बैठक गाँउपालिका उपाध्यक्ष कल्पना राईको अध्यक्षता र उजुरी प्रशासक विमल घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रममा हरेक ३/३ महिनामा अलग पालिकामा हुने गरि सञ्चालन गरिदै आईएको छ । सुर्योदय नगरपालिकावाट शुरु भएको बैठक, इलाम नगरपालिका, सन्दकपुर गाँउपालिका, माई नगरपालिका हुदै फाकफोकथुम गाँउपालिका गरिएको हो भने आगामी बैशाखमा चुलाचुली गाँउपालिकामा सञ्चालन गरिने प्रस्ताव गरिएको छ ।

बैठकले माई नगरपालिकामा सम्पन्न जेष्ठ मेलमिलापकर्तालाई सम्मानको समिक्षा, आगामी महिना फाकफोकथुम गाँउपालिकामा कार्यक्रम गर्ने, पहुुच विहिनहरुको लागि न्यायमा पँहुचका लागि कार्य गर्ने, हिंसा पिडित महिला वालवालिकालाई जिल्लामा एक आवशिय हेरचाहा केन्द्र निर्माणका लागि भएको प्रगति र सन्चालन सहयोग सुनिश्चितता गराउने लगायतका निर्णय गरेको फाकफोकथुम गाँउपालिका उजुरी प्रशासक विमल घिमिरेले जानकारी दिनुभयो । पुर्वान्चल दैनिक बाट साभार

Facebook Comments Box