वन डढेलो ब्यवस्थापन सम्बन्धी सचेतना र्याली

देवेन्द्र पौडेल चुलाचुली/नेपाल सरकार बन तथा वातावरण मन्त्रालयको आयोजना मा सबैका लागी बन,सधैका लागी बन भन्ने मुख्य नाराका साथ गत चैत्र १ गतेदेखी ७ गते सम्म सन्चालन भइरहेको बन डढेलो ब्यवस्थापन सप्ताह अन्तरगत आज इलामको चुलाचुलीमा सचेतना र्याली निकालिएको छ ।
डिभिजन बन कार्यालय इलाम तथा सवडिभिजन बन कार्यालय माइ नगरपालिका सुखानीको आयोजना तथा सवडिभिजन बन कार्यालय चुलाचुलीको सयोजकत्व मा सन्चालित उक्त सचेतना र्यालीमा सामुदायिक बन उपभोक्ता महासंघ इलामका तर्फ बाट संगिता थलङ,चुलाचुली सामुदायिक बन उपभोक्ता माहासंघ का तर्फ बाट चन्द्र दंगाल का साथै सब डिभिजन बन कार्यालय सुखानी माइ नगरपालिका बाट मनिषा कार्की त्यस्तै सब डिभिजन बन कार्यालय चुलाचुलीका इन्चार्ज राजकुमार श्रेष्ठ लगायत चुलाचुली गाउपालिका भित्र रहेका १७ वटा सामुदायिक बन उपभोक्ता समुह का सदस्यहरुको सहभागिता रहेको थियो ।
चुलाचुली १ नम्बर बाट सुरु भएको उक्त र्याली चुलाचुलीको ६ नम्बर वडा सम्प र्क कार्यालय तोरिबारीमा गएर समापन भएको थियो ।
उक्त सचेतना र्याली कार्यक्रमको औपचारिक समापन चुलाचुली गाउपालिका वडा नम्बर ६ तोरिबारी स्थित वडा सम्पर्क कार्यालयमा सब डिभिजन बन कार्यालय चुलाचुलीका इन्चार्ज राजकुमार श्रेष्ठ को अध्यक्षतामा सब डिभिजन बन कार्यालय सुखानी माइ कि मनिषा कार्कीको सचालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रम मा सुख्खा यामको बेला बनहरुलाई डढेलो बाट कसरी जोगाउन सकिन्छ, बन जंगलमा डढेलो लाग्दा जैविक बिभिधता मा के कस्तो असर पर्न जान्छ र यसका कारण मानिष तथा जंगली जिवजन्तु मा के कस्तो असर र समस्या आइपर्छ भन्ने बिषय मा छलफल गरिएको थियो ।
नेपाल सरकारको बन निती अनुरुप चुलाचुलीका बिभिन्न क्षेत्र मा रहेका बनहरुको संरक्षण र संबर्द्धन का लागी बिभिन्न नामका १७ वटा सामुदायिक बन उपभोक्ता समुहहरु सन्चालनमा रहेता पनि सामुदायिक बनहरु को अवस्था भनें दिनदिनै नाजुक हुँदै गइ रहेको हुनाले सम्बन्धित निकायले यस बिषयमा अत्यन्तै तदारुकता का साथ परिणाम मुखी कदम चाल्न आवश्यक देखिन्छ ।