चुलाचुली मा एमालेको गणतान्त्रिक जागरणसभा सम्पन्न

देवेन्द्र पौडेल चुलाचुली/नेपाल कम्युनिष्ट पार्टी एमाले चुलाचुली गाउकमिटीको आयोजनामा चुलाचुली ४ स्थित आइतबारे बजारमा आज चैत्र १८ गते अपरान्ह जागरण सभा सम्पन्न भएको छ ।
गत चैत्र १५ गते दुर्गा प्रसाइको नेतृत्वमा काठमान्डौमा भएको राजाबादी हरुको प्रदर्शनले गणतान्त्रिक ब्यवस्था माथी नै धावा बोलेपछी अहिले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरहरु दुइ कित्तामा बिभाजित भएर आ -आफ्नो शक्ती प्रदर्शनमा ब्यस्त रहेको अवस्थामा सोही दिन चैत्र १५ गते नै माओबादी केन्द्र, नेकपा एस लगायतका राजनितिक दल सम्मिलित समाजवादी मोर्चा ले गणतन्त्रको पक्षमा शक्ती प्रदर्शन गरिसकेको छ भनें दुर्गा प्रसाइ नेतृत्वको राजाबादी समुहको प्रदर्शन पश्चात सरकारमा सहभागी ठुलो दल नेकपा एमाले पनि बिभिन्न कार्यक्रमहरु गर्दै राजतन्त्रको बिरुद्धमा गणतन्त्र को वकालत गर्दै कार्यक्रमहरु गर्नमा तल्लिन रहेको छ भनें सरकार मा सम्मिलित अर्को ठुलो दल नेपाली काँग्रेस भने मौन अवस्थामै रहेको छ । कार्यक्रम मा बोल्दै नेकपा एमाले निकट अखिल नेपाल खेलकुद महासंघ का केन्द्रिय सदस्य अनुप अधिकारी ले कथित राजाबादी हरुको हृसात्मक र अराजक कृयाकलाप ले देश मा हिंसा तोडफोड र आगजनी को स्थिती सृजना भएको छ जसको बिरुद्ध मा सम्पुर्ण चुलाचुली बासी लाई सचेत गराउनका लागी यो कार्यक्रम को आयोजन गरिएको बताउनु भयो ।
त्यसै गरी कार्यक्रममा बोल्दै नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य ओमनारायण खनालले भन्नु भयो अब हामी एकाधिकार मान्दैनौ हामी सर्वाधिकार का पक्षमा छौ सर्वदलिय को पक्षमा छौ भन्नु भयो । वहाँले थप्नु भयो अहिले प्रतिगामीहरु ले गणतन्त्र बादी नेकपा एमाले लाई चौतर्फी घेराअबन्दी गर्न खोजिएको र यो अवस्थाअ मा सम्पुर्ण गणतन्त्र बादी हरु एक हुनु पर्ने समेत ब ताउनु भयो ।
आगामी चैत्र ३० गते नेकपा एमाले ले झापा को दमक मा आयोजना गर्न लागेको बृहत आमसभा को पुर्व तयारी समेत रहेको आज को जागरण सभा अनौपचारिक रुप मा नै सन्चालन र समापन गरिएको थियो ।