देवेन्द्र पौडेल चुलाचुली/ यतिबेला इलामको चुलाचुली गाउपालिका अत्यन्तै अस्तब्यस्त बनेको छ,आर्थिक वर्षको अत्य हुन लागेको अवस्थामा धेरै योजना कार्यान्वयन को क्रम मा रहेकाले आवश्यक` अनुगमन नियमन तथा भुक्तानीका कामहरु लथालिङ्ग र प्रभावित भएका छन ।

चुलाचुली गाउपालिकाका प्रमुख दिल कुमार योङहाङ आगामी चैत्र २२ गते सम्म छुट्टीमा रहेका तथा गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ पनि २ हप्ता का लागी संघिय राजधानी काठमाण्डौ गएका कारण सेवाग्राहीहरु मार्कामा परेका छन भनें यसै बखत सो क्षेत्रबाट माटो चोरी तस्कारी बढिरहेको छ । गाउपालिकाको कार्यवाहक अध्यक्ष को जिम्मेवारी लिएकी उपाध्यक्ष दिल कुमारी लावती लाई भनें औपचारिक कार्यक्रम मा सहभागी हुनै भ्याइ नभ्याइ छ जसका अलवा आफ्नै न्यायिक समिती र गाउपालिका भित्र सम्पन्न भएका योजनाहरु लाई अनुगमन गर्नै उनलाई हम्मेहम्मे पर्छ । उसो त उनले २ जना वडा सदस्यहरु लाई लिएर स्थानिय स्तरका बिवादहरु लाई मेलमिलाप का माध्यम बाट सामधान नगरेको भनें होईन, निक्कै लामो समय देखी कार्यपालिका बैठक मा न्यायिक समितीलाई सहजताका लागी कानुनी परामर्षदाता माग्दा माग्दै घाँटी सुकेको तितो अनुभब सुनाइन त्यसै गरी योजनाहरु अनुगमन का लागी समेत उत्तिकै कठिन रहेको अनुभब छ उनको । त्यसका अलवा रोचक कुरा त के छ भनें उनले अध्यक्षको कार्यवाहक कतिखेर पाउछिन थाहा नै हुन्न प्राय; गरेर कार्यकक्ष पुग्दा टेवलमा कार्यवाहकको जिम्मेवारी पत्र पाउने गरेको सुनाउछिन ।

यता चुलाचुली गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरुको समेत रोमान्चक कथा छ । छ महिना देखी एक वर्ष भन्दा धेरै नटिक्ने प्रमुखहरु हाल सम्म आठ जना भन्दा धेरै परिवर्तन भइ सकेका छन, प्रशासकिय भवनको उत्तर पश्चिम दिशामा रहेको प्रमुख प्रशासकिय अधिकृत को कार्यकक्षमा वास्तु नमिलेको समेत आशंका गर्न थालिएको छ आजकाल । त्यसरि नै चुलाचुली गाउपालिकाको अर्को रमाइलो र रोचक प्रसंग हो समावेशी सप्ताह महापुराण जुन चुलाचुली आधारभुत अस्पताल सन्चालन तथा अक्षयकोष स्थापना सहयोगार्थ गत मंसिरमा सन्चालन गरिएको समावेशी महापुराण जसको ४ महिना बितीसक्दा पनि आय-ब्यय को सार्वजानिकिकरण गरिएको छैन । पुराण आयोजक मुलसमिती गाउपालिका अध्यक्षको अध्यक्षता मा गठन गरी बिभिन्न उपसमितीहरु मार्फत काम सम्पन्न गरिएको हो । सोही अनुरुप आर्थिक कारोवारका लागी धर्म ढुङ्गाना को अध्यक्षतामा गठित आर्थीक उपसमितीले उक्त पुराण को सम्पूर्ण कारोवार सम्पन्न गरेर मुल समितीलाई जिम्मा लगाएको संयोजक ढुङ्गनाको कथन छ । तर मुल समितीले के कत्ती कारणले सार्वजानिक गर्न सकेन भनेर स्थानिय महानुभाबहरुको जिज्ञासा र गुनासो रहेको छ ।

त्यसै गरी चुलाचुली गाउपालिका गाउकार्यपालिका को कार्यलयले नियम बिपरित माटो उत्खानन तथा ओसारपसार निषेध गरिएको एकै प्रकृतीको सार्वजानिक सुचना ३ पटक जारी गरिसक्यो तर दिन दहाडै पेल्टिमारी प्रहरी चौकी र सब डिभिजन बन कार्यलय तथा वडा कार्यालयहरु को नाकै मुनीबाट तस्कर हरुले माटो ओसारपसार गर्दा न प्रहरी चौकी लाई थाहा छ न त बन कार्यलय लाई अनि जनप्रतीनिधीहरु लाई त झन गन्ध सम्म थाहा नभएको जस्तो गर्दछन । यस बिषयमा जानकारी माग्दा बन क्षेत्रमा अहिले उत्खनन नभएको र निजी जमिन को हकमा बन कार्यलयलाई स्थानिय तहले पत्राचार गरेमा मात्रै कारवाही बढाउन मिल्ने बताउनु हुन्छ सब डिभिजन बन कार्यलय चुलाचुलीका इन्चार्ज राजकुमार श्रेष्ठ र अहिले सम्म स्थानिय तहले सो कार्यका लागी कुनै सहयोग नमागेको समेत उनको भनाइ छ । त्यसै गरी पेल्टिमारी प्रहरी चौकी ले दिएको जानकारी अनुसार माटो उत्खनन भएको क्षेत्रमा हाम ले अनुगमन गरिसकेको र आगामी दिनमा त्यसो नगर्न र गरेमा कारवाही गरिने पत्र समेत जग्गाधनी हरुलाई थमाइ सकेको जानकारी दिनुहुन्छ , प्रहरीकार्यालयका अनुसार यस्ता कृयाकलाप गर्ने लाई प्रहरी प्रशासनले पक्राउ गरेता पनि जिम्मा लगाउने निकाय स्थानिय तह नै हो, यस्तो प्रकृतीका घटना हरुलाई प्रहरीले नियन्त्रण गरेर स्थानिय तहलाई जिम्मा लगाएता पनि स्थानिय तहले कारहाही गर्नु चिट जरिमाना असुल्नु को सट्टा मिलापत्र गरी छोडने गरेकाले बारम्वार यस्ता घटना दोहोरी रहेको पेल्टिमारी प्रहरी चौकी को भनाइ छ । अचम्मको कुरा त के छ भनें चाजु खोला को पश्चिम डिलमा पेल्टिमारी प्रहरी चौकी छ सोही खोला को पुर्व पट्टी बाट धमाधम अबैध रुपले माटो निकासी भइ रहेको छ ।

उसो त चुलाचुली गाउपालिकामा स्थानिय जनप्रतीनिधी हरुले चासो र ध्यान नदिदा अनि राजनितिक रुपमा जुँगाको लडाइले चुलाचुली रंगशाला,पालिका स्तरिय बाल उद्ध्यान ,सहिद धिरेन स्मृती पार्क ,औधोगिक ग्राम , लगायत का दर्जनौ योजनाहरु अलपत्र अवस्था मा रहेका छन । स्थानिय जनप्रती निधीहरुले नयाँ नयाँ योजना हरु ल्याउनु का साथै पुराना र सुरु गरिएका योजनाहरु लाई पुर्णता दिनका लागी समेत उत्तिकै पहल कदमी गर्न आवश्यक छ ।

Facebook Comments Box