देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका स्तरिय युवा तथा खेलकुद समान्वय समितीको आयोजना तथा चुलाचुली ४ नम्बर वडा कार्यालय को सहआयोजना मा आगामी बैशाख ३ गतेदेखी प्रथम चुलाचुली अन्तरपालिका स्तरिय अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु हुने भएको छ

शिक्षा स्वास्थ्य भौतिक पुर्वाधार संगसंगै खेलकुदलाई पनि उत्तिकै महत्वका साथ हेरिएको र खेलकुदको माध्यमले सामाजिक,मानशिक र व्यक्तिगत बिकाशमा समेत ठुलो प्रभाब पार्ने भएकाले गाउपालिका तथा चुलाचुली ४ नम्बर वडाको संयुक्त आर्थीक ब्यवस्थापनमा चुलाचुली ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयको खेल मैदान मा उक्त प्रतियोगिता सन्चालन हुन लागेको हो ।

उक्त प्रतियोगिताको बारेमा सम्पुर्ण जानकारी दिने उद्धेश्यका साथ आज चुलाचुली गाउपालिकाको सभाहलमा आयोजित एक पत्रकार सम्मेलन कार्यक्रम मा सो प्रतियोगिता सम्पन्न गर्नका लागी चुलाचुली गाउपालिका ले नगद रु. ८ लाख तथा ४ नम्बर वडा कार्यालय ले नगद रु. १ लाख गरी जम्मा रु. ९ लाख बजेट ब्यवस्थापन भएको खेलकुद समान्वय समितीका संयोजक डम्बर तुम्रोक ले जानकारी दिनुभयो । संयोजक तुम्रोकका अनुसार प्रतियोगिता मा प्रथम हुने टिमलाई नगद रु. १ लाखका साथमा ट्रफी मेडल र प्रमाण पत्र तथा दोश्रो हुने टिम लाई नगद रु. ५० हजारका साथ मा ट्रफी मेडल र प्रमाणपत्र ले सम्मान गरिने जानकारी दिनुभयो । सो प्रतियोगिता मा चुलाचुली गाउपालिका संग भौगोलिक सिमाना जोडिएका पालिकाहरु झापाको दमक नगरपालिका,कमल गाउपालिका मोरङको मिक्लाजुङ गाउपालिका तथा इलामको माइ नगरपालिका र माङसेबुङ गाउपालिका का १/१ टिम सहित आयोजक चुलाचुली गाउपालिकाको २ टिम गरी जम्मा ८ वटा टिमहरु बिच प्रतिष्पर्धा हुनेछ ।

स्थानिय स्तरमा गुणस्तरिय खेलाडीहरु उत्पादनका लागी आयोजकले आगामी चैत्र २९ र ३० गते चुलाचुली गाउपालिका भित्र रहेका ६ वटा वडाहरु लाई समेटदै वडा स्तरिय १६ वर्ष मुनिका खेलाडी हरुको अन्डर सिक्स्टिन प्रतियोगिता समेत सन्चालन गर्ने भएको छ ।आज आयोजित पत्रकार सम्मेलन मा चुलाचुली गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष लक्ष्मण श्रेष्ठ,चुलाचुली ४ का वडाध्यक्ष सागर जबेगु,चुलाचुली ५ का वडाध्यक्ष बबिन राइ लगायत ले उक्त प्रतियोगिता का लागी शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box