देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा जारी प्रथम चुलाचुली जुनियर फुटबल कप फुटबल प्रतियोगिता हिजो चैत्र २९ गते देखी सुरु भएको छ भनें प्रतियोगितामा बिजेता टिमले नगद रु. पच्चिस हजार रुपैयाका साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन ।

युवा तथा खेलकुल समान्वय समितीको आयोजनामा चैत्र २९ र ३० गते चुलाचुली ३ स्थित देउराली खेल मैदानमा सन्चालन हुने १६ वर्ष मुनिका खेलाडीहरु सहभागी उक्त फुटबल प्रतियोगिता खासगरी खेलाडी उत्पादन गर्ने र उत्पादित खेलाडीहरु लाई आगामी अध्यक्षकप अन्तरपालिका फुटबल प्रतियोगितामा सहभागी गराउने मुख्य उद्धेश्यका साथ २ दिने वडा स्तरिय जुनियर कप फुटबल प्रतियोगिता सन्चालन गरेको जानकारी समान्वय समितीका सदस्य हर्क राइले जानकारी दिनु भयो ।


चुलाचुली गाउपालिका युवा तथा खेलकुद समान्वय समितीका अध्यक्ष डम्बर तुम्रोकको अध्यक्षता तथा वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न खेलको औपचारिक उदघाटन गरिएको हो भने हिजै सम्पन्न चुलाचुली दुइ नम्बर वडा र तीन नम्बर वडा बिचको खेलमा तीन नम्बर वडा २/० गोल अन्तरले बिजयि बन्यो त्यसै गरी हिजो नै सम्पन्न अर्को वडा नम्बर एक र वडा नम्बर छ बिचको खेलमा ट्राइब्रेकर मार्फत छ नम्बर वडा बिजयि बन्यो त्यस्तै हिजै सम्पन्न अर्को खेल वडा नम्बर चार र वडा नम्बर पाच बिचको खेलमा वडा नम्बर पाँचले १ गोल आत्मघाती गोल गर्दा वडा वडा नम्बर ४ बिजयि बन्यो । पहिलो चरणको खेल समापन सँगै आज हुने दोश्रो चरणको सेमी फाइनल खेल वडा नम्बर दुइ र वडा नम्बर छ बिच हुनेछ भनें वडा नम्बर चार गोला प्रथा द्वारा सिधै फाइनल मा प्रवेश गरेको छ ।

उक्त जुनियर कप फुटबल प्रतियोगिता को बिजेता टिमले नगद रु. २५ हजारका साथ मा मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन भनें उपबिजेता टिम ले नगद रु. १५ हजारका साथमा मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन ।

Facebook Comments Box