देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिकामा आज बैसाख ३ गतेबाट प्रथम अन्तरपालिका चुलाचुली अध्यक्ष कप पुरुष नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
चुलाचुली गाउपालिका स्तरिय युवा तथा खेलकुद समन्वय समितीको आयोजना रहेको सो फुटबल प्रतियोगिता चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित श्री बालज्योती माध्यमिक बिद्यालयको खेल मैदानमा झापा,मोरङ,इलामका बिभिन्न ७ पालिका का ८ फुटबल टिमहरु को सहभागितामा आगामी बैशाख १० गते सम्म सन्चालन हुनेछ ।
स्थानिय सरकारको लगानीमा सन्चालित सो फुटबल प्रतियोगिताको आज एक भब्य समरोह का बिच उदघाटन गरिएको छ । चुलाचुली गाउपालिकाको कार्यालय बाट खेलमैदान सम्म नौमती बाजाका साथमा पन्चकन्याहरु मार्फत प्रतियोगिताको ट्रफी प्रदर्शनि गर्दै ल्याइएको थियो भने सो प्रतियोगिताको उदघाटनका क्रममा केलाङ नृत्य संगिनी नृत्य लगायत का मौलिक सास्कृतिक प्रदर्शनिहरु समेत गरिएको थियो ।
उदघाटनको औपचारिक कार्यक्रम युवा तथा खेलकुद समान्वय समितीका अध्यक्ष डम्बर तुम्रोक को अध्यक्षता तथा कमल गाउपालिका झापाका अध्यक्ष हुकुम सिं राइको प्रमुख आतिथ्यता का साथै चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङको विशिष्ठ आतिथ्यता मा सम्पन्न भएको हो । सो प्रतियोगिताको औपचारिक कार्यक्रम मा बोल्दै प्रमुख अतिथी हुकुम सिं राइले चुलाचुली संग कमल गाउपालिकाको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो प्रतियोगिता बाट अझै सम्बन्ध सुधार हुँदै जाने छ भन्नु भयो साथै वहाँ ले थप्नुभयो चुलाचुली गाउपालिका र कमल गाउपालिकाको साझेदारीमा धेरै बिकाश निर्माणका योजना हरु समेत सम्पन्न भइ सकेका छन र आगामी दिनमा पनि यस्ता कृयाकलाप हरुले निरन्तरता पाउने अपेक्षा राखेको बताउनु भयो ।


उक्त प्रतियोगिताको आज भएको उदघाटन खेलमा आयोजक चुलाचुली पहेंलो ले कमल गाउपालिका लाई १/० गोल अन्तरले पराजित गरेको छ । निक्कै रोचक र आक्रमक रहेको सो खेलमा दोश्रो हाफको १९ औ मिनेटमा चुलाचुलीका जर्शी नम्बर ९ का सुनिल श्रेष्ठ ले गरेको गोल नै निर्णायक गोल बन्न पुगयो ।यध्यपी कमल गाउपालिकाका खेलाडीहरुले खेलको अन्तिम समयमा मुख्य एम्पायर लीला बस्कोटाको निर्णय प्रती असन्तुष्टी जनाउदै खेल बाहिस्कार गर्दै मैदान बाट बाहिरिएका थिए भनें आयोजकले निर्णायकको निर्णयलाई आधार मान्दै सो खेल को बिजेता चुलाचुली पहेंलो र उपबिजेता कमल गाउपालिका घोषणा गर्दै खेलको म्यान अफ द म्याच बिजेता टिम चुलाचुली पहेंलो का जर्शी नम्बर ९ का सुनिल श्रेष्ठ लाई घोषणा गरेको हो । आजको जित संगै आयोजक चुलाचुली पहेंलो सेमिफाइनल मा प्रवेश गरेको छ भनें भोली को खेल इलामको माङसेबुङ गाउपालिका र मोरङ को मिक्लाजुङ गाउपालिका बिच हुनेछ । चुलाचुली गाउपालिका संग भौगोलिक सिमाना जोडिएका पालिकाहरु बिच प्रतियोगिता हुने प्रथम चुलाचुली अन्तरपालिका अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता को बिजेता टिमले नगद रु. १ लाख का साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भनें उपबिजेता टिम ले नगद रु. ५० हजार का साथ मा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

Facebook Comments Box