तस्करको चंगुलमा स्थानिय जनता,जनप्रतीनिधी,प्रहरी प्रशासन मुकदर्शक

देवेन्द्र पौडेल,चुलाचुली/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ निवासी दुर्गा खनालको ५ कट्ठा हिँउद तथा वर्षात दुबै समय खेती हुने जमिन अहिले आएर अनुत्पादक भौडी मा परिणत भएको छ । । दुइ बिगाहाको हाराहारी मा जमिन भएका खनालको सबै खेत एकैनासको समथर नभएको,खेतको पश्चिमी भाग होचो भएका कारण अघिल्लो बर्ष देखीनै खेत मिलाउनका लागी खर्चको जोहो गर्दै आएका उनलाई गत मंसिरमा एकजना उनकै छिमेकी आएर खेत मिलाई दिने र बचेको माटो आफुले लाने प्रस्ताव गर्दा उनलाई चिट्ठा नै परे जस्तो भयो ।
स्थानिय तहले निर्धारण गरेको प्रकृया पुरा गरेरै माटो निकासी गर्ने भन्दै प्रकृया अघाडी बढाएको जस्तो गर्दै सुरु गरियो माटो निकाल्न । निक्कै आक्रमक तरिकाले माटो उत्खनन सुरु गरिएको सो जमिनमा ३ फुट मात्रै खन्नु भन्ने खनाल को अनुरोधलाई ख्याल नै नगरि जथाभाबी मेसिनले माटो खन्न थालियो । उक्त हर्कतले त्रासित बनेका दुर्गा खनालले स्थानिय तहमा पुरा गर्नुपर्ने प्रकृया बुझ्दा केहि पनि पुरा नगरेको कारण केही दिन अघाडी चिट्ठा परेको जस्तो आफ्नो अनुभब त्यो दिन आएर आफुलाई तस्करहरुले ठगेको छर्लङ्ग भयो । तस्करहरुले बिभिन्न प्रलोभनहरु देखाउदै थप माटो निकाल्न खुब जुक्ती गरेता पनि उनले बल्लतल्ल आफ्नो खेत बाट मेसिन निकाले । त्यसपछी पनि लगातार आफ्नो खेत मिलाउनका लागी सम्बन्धित ब्यक्तीलाई अनुरोध/ताकेता गरेता पनि बिभिन्न बहाना गर्दै सुरुको सहमती अनुसार काम नगरेको,माटो मात्रै उत्खनन गरेको र अन्त्यमा माटो निकासी गर्दा बिभिन्न ब्यक्तीहरु/स्थानिय तहका प्रतीनिधीहरु लाई समेत कमिसन दिनपरेका कारण सो बिक्री गरेको माटोको रकमले नपुगेको र थप जमिन सम्याइदिन नसक्ने जवाफ उक्त ब्यक्तीले दिएका कारण अहिले खनाल परिवार निक्कै तनाबमा रहेको छ । दुर्गा खनालका अनुसार अब पुन: माटो खरिद गरी सो भौडी भएको भागलाई नपुरेमा बर्खायाम मा चारैतिर को खेती योग्य जमिन खोल्सी बन्ने सम्भावना रहेको वहाँ बताउनु हुन्छ । वहाँका अनुसार स्थानिय तहले निती नियम बनाउने तर त्यसलाई कार्यन्वयनमा उदासिनता हुँदा स्थानिय तहमा राजस्व संकलनको सुचाङ्क वर्षेनी घटदै जानुका साथै गाँउघर मा तस्कारी गर्ने र अबैधानिक कृयाकलाप हरुलाई मलजल हुँदै गएको उनको अनुभब छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ३ का टंक नेउपानेको पनि कथा त्यस्तै छ । चुरे संगै जोडिएको भिरालो जमिन जहाँ खनजोत गर्न अत्यन्तै कठिन ,वरिपरी सबैले हिउद बर्खा खेतमा ट्याकटरले जोताउदा नेउपाने परिवार भनें गोरुले जोत्ने गर्थे ,बिकासले फडको मार्दै जादा उनको घर छेवैमा मदन भण्डारी राज मार्ग बन्न सुरुभयो । छरछिमेकी ले आफ्ना अप्ठ्यारा भिराला जमिनहरु लाई मिलाउदै खेत बनाउने क्रम बढेसंगै नेउपाने दम्पतीले पनि त्यसै गर्ने सोचाइ बनाए । २०६७ सालमा चैनपुर बाट बसाइ सरि नक्सले राइको जमिन खरिद गरेर बस्दै आएका नेउपाने सामान्य र सरल स्वाभाब का ब्यक्ती हुन,आफ्नो योजना समाजका केहि ब्यक्तीहरु लाई सुनाएका के थिए माटो उत्खनन गरेर मालामाल बनेका तस्करहरुले सोझा नेउपाने लाई समाइ हाले,नेउपानेले जसो जसो भन्छन त्यसै गरिदिने भन्दै चुरे संगै जोडिएको नेउपानेको स्वामित्वमा रहेको माटो को ढिस्काहरु भत्काएर ओसार्न सुरु गरिहाले । नेउपानेका अनुसार आफ्नो जमिनको तल्लो भाग होचो भएको र माथिल्लो भागमा रहेको ढिस्कोको केहि भाग तल्लो भागमा लगेर मिलाउनु पर्ने र बचेको माटो लग्ने सर्त सहित सुरु गरिएको तर भाइ हरुले खन्दा खन्दै पोखरी जस्तो बनाएको र आधा आँगन समेत खनि दिएको गुनासो छ । बिध्युत सुबिधा बाट समेत बन्चित रहेको नेउपाने परिवारको घर लाई संरक्षण नगरेमा बर्षातमा पहिरो लागेर घर नै बग्ने सम्भावना देखिन्छ । मधुरो कान सुन्ने टंक नेउपाने कि श्रीमती भन्छिन २/४ महिना खान पुग्ने धान फल्थ्यो यो साल त अब त्यो पनि रोप्ने ठाउ नै छैन २ माउ पठेक्री बाख्राहरु छन अब कसरी पेट पाल्ने छोराछोरी कसरी पाल्ने हो उनले आफ्नो ब्यथा सुनाइन । उसो त नेउपानेको माटो निकासीका लागी सहजिकरण गरिदिने स्थानिय सन्चमान आङथुपो का अनुसार सम्बन्धित ब्यक्ती जसले माटो लगेको हो उसले जमिन नमिलाई दिएमा आफै मिलाईदिने बताउछन अत्यन्तै निम्छरो र सोझो परिवार भएकाले छर छिमेकीहरु ले समेत उक्त परिवार लाई खासै सहयोग नगरेका कारण जिवन यापन लाई सहज होस भन्ने उद्धेश्यले आफुले सहजिकरण गरिदिएको र उनि संग भएको सहमती कार्यान्वयन गर्न गराउन आफु लागिपर्ने उनको भनाइ रहेको छ र कुनै पनि हालतमा टंक नेउपानेको जमिन उनको माग अनुसार कै बन्ने र बनाउन आफु लागी पर्ने उनको प्रतिवद्धता छ ।
यता चुलाचुली गाउपालिका गाउकार्यपालिका को कार्यालयले मिती २०८१ पौष २८ गते निजी जग्गाको माटो उत्खनन तथा ओसारपसार सम्बन्धी कार्यबिधी २०८१ पारित गरेको थियो भने सो कार्यबिधी लाई २०८१ माघ ४ गते प्रमाणित गरी प्रकासन समेत गरेको छ ,उक्त कार्यविधी अनुसार निजी जग्गाको माटो उत्खनन का लागी जग्गाधनी ले स्थानिय तहमा निवेदन दिनुपर्ने र त्यसपछी स्थानिय तहमा रहेको अनुगमन समितीले अनुगमन गरेर उत्खनन गर्न योग्य वा अयोग्य ठहर गरी अनुमती पत्र प्रदान पस्चात मात्रै उत्खनन गर्न पाइने प्रष्ट कानुनी प्रावधान हुँदाहुँदै बलमिच्याइ पहुँच र आर्थीक चलखेल गर्दै अबैधानिक तवरले दैनिक हाल सम्म पनि माटो निकासी गरिरहदा,स्थानिय तह आफैले बनाएको कार्यबिधी कार्यन्वयनका लागी बिल्कुल अग्रसर नहुँदा स्थानिय जनप्रतीनिधी,प्रहरी प्रशासन,सव डिभिजन बन कार्यालय लाई समेत तस्करले प्रभाब मा पारेको प्रष्ट देखिन्छ । यता स्थानिय जनप्रतीनिधीहरु भनें माटो चोरी भइ रहेको र यस्ता कृयाकलापहरु लाई स्थानिय राजनितिक दलका अगुवाहरुले संरक्षण गरी रहेको छ भन्छन गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ , उनका अनुसार गाउपालिकाले कार्यविधी बनाएको छ र सम्पुर्ण जिम्मेवार निकायहरु जिल्ला प्रशासन कार्यालय,प्रहरी चौकी,सब डिभिजन बन कार्यालय लगायत लाई बोधार्थ राखी पत्राचार समेत गरिएको तर चोरि तस्कारी नियन्त्रणका लागी ति सम्पुर्ण निकायहरु उदासिन रहेको उनको भनाइ छ । हुन त स्थानिय राजनितिक दलहरु लाई स्थानिय सरकारले लगाएको आरोप भनें मिथ्या चाही हुँदै हैन,दल हरुकै संरक्षणमा यो गैरकानुनी माटो तस्कारी धन्दा चलिरहेको छ तर स्थानिय सरकारले आफ्नो जिम्मेवारी के हो स्थानिय तह को बिधायिका गाउकार्यपलिकाले पास गरेका स्थानिय कार्यविधी कार्यान्वयन मा स्थानिय सरकार जिम्मेवार रहन्छ कि राजनितिक दल भन्ने कुरा को हेक्का राखेर अघाडी बढनु जरुरी छ । अन्यथा काले काले मिलेर खाँउ भाले भन्ने उखान चरिथार्थ हुने देखिन्छ ।