आधा शताब्दी अन्याय मा परेको सडक भयो कालोपत्रे

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ साविक वडा नम्बर ५ स्थित एकलब्य टोलको सडकले ५० वर्षपछी न्याय पाएको छ ।
चुलाचुली ३ को मंगलसिद्धी बजार र थुलुङ टोललाई जोडने उक्त सडक निक्कै पुरानो इतिहास बोकेको सडक भएता पनि सडकका दाँयाबाँया बसोबास गर्ने नागरिकहरु सामान्य र राजनितिक पहुंच बिहिन भएकाले सडकको स्तर उन्नतीका लागी यती लामो समय लागेको स्थानिय हरुको अनुभब छ ।

२०३० सालमा सामान्य पैदल यात्राका लागी निर्माण गरिएको सो सडक मानिसको बसोबास बढदै गए पछी मंगलसिद्धी देखी देउराली, निर्जला चोक सम्म दमक जाने मुख्य सडकको रुपमा प्रयोग हुन थाल्यो भनें उक्त क्षेत्र देखी दक्षिण भने पशु चौपाया हरु चरनका लागी रतुवामाइ बृक्ष्रोपण आयोजनाको जंगल सम्म आवतजावत गर्नका लागी मुख्य रुपमा प्रयोग हुन थाल्यो ।
भौतिक बिकास लाई नजिकै बाट नियाल्न पाएको तर अनुभब गर्न नपाएको चुलाचुली को ३,४ र ५ नम्बर वडा लाई प्रत्यक्ष महेन्द्र राजमार्ग तथा झापाका बिभिन्न बजारहरु संग बिषेस गरी बर्षात का समयमा जोडने मुख्य सडक रतुवा खोला मा झोलुङ्गे पुल,पक्की पुल तथा मदन भण्डारी राजमार्ग को पक्की पुल निर्माण संगै ओझेलमा परेको थियो ।

उक्त सडक भन्दा निक्कै पछी निर्माण गरिएका कतिपय सडकहरु कच्ची,ग्राभेल,उच्च स्तरिय ग्राभेल हुँदै कालोपत्रे सम्म पुग्दा पनि यो सडक भनें कच्चीमा नै स्थानिय लाई यात्रा गराइ रहेको थियो । बल्ल तल्ल आर्थीक वर्ष २०७७/८८ र ७८/७९ दुइ बर्ष लगाएर बिभिन्न खण्डहरु गरेर ग्राभेल सम्म हुँदा चुलाचुलीका अन्य धेरै सडकहरु कालो पत्रे भइ सकेका थिए र सकृय सन्चालन को झण्डै ५१ वर्ष पछी चालु आर्थीक वर्ष २०८१/८२ को संघिय सरकार स्थानिय पुर्वाधार बिकास आयोजनाको आर्थीक सहयोग मा स्थानिय पुर्वाधार बिकास आयोजना इटहरी सुनसरी मार्फत कार्यान्वयन मा आएको सो सडक १ करोड १ लाख ८७ हजार २ सय ९३ रुपैयाको लागतमा निल गणेश कन्स्ट्रक्सन प्रा.लि. कन्काइ ५ झापाले निर्माण सम्पन्न गरेको उक्त सडकको लम्वाइ १ हजार ३ सय ३० मिटर रहेको छ भनें चौडाइ ५ मिटर रहेको छ ।
उक्त सडकको कालोपत्रे कार्यलाई आगामी वर्षहरु मा समेत निरन्तरता दिदै मंगलसिद्धी बजार सम्म पुर्याउने लक्ष रहेको स्थानिय जनप्रती निधीहरु बताउछन ।