चुलाचुली मा साहित्यिक उत्सव हुने

अर्जुन बस्नेत चुलाचुली/ इलाम जिल्लाको चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित भन्ज्याङ्ग एग्रो टुरिजाम रिसोर्ट मा आगामी बैसाख १८ र १९ गते दुइ दिने चुलाचुली साहित्य उत्सव हुने भएको छ ।
चुलाचुली भाषा,साहित्य,कला,सस्कृती,पर्यटन समान्वय समितीको आयोजना मा सम्पन्न हुन लागेको सो साहितियिक उत्सब चुलाचुली गाउपालिका स्थानिय सरकारको आर्थीक सहयोग मा चुलाचुली मा यस्तो कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको हो ।
चुलाचुली गाउपालिका भित्र रहेका साहित्यिक सर्जकहरु र राष्टृय स्तर का कवीहरु लाई एउटै मन्च मा राखेर साहित्यिक सृजना हरु पस्किने तथा साहित्य क्षेत्रमा आइपरेका समस्याहरु चुनौती हरु र अवसर हरु का बारे मा घनिभुत छलफल गर्दै चुलाचुली को साहित्यिक प्रवद्धन का लागी सो कार्यक्रम आयोजना गरिएको पाइएको छ ।
उक्त चुलाचुली साहित्य उत्सब कार्यक्रम बाट चुलाचुली गाउपालिका ले भौतिक बिकास भन्दा सम्बृद्धी को यात्रामा साहित्यिक बिकासले अप्रत्यक्ष तथा दिर्घकालिन बिकास को पाइला चाल्ने हुनाले समाज परिवर्तन मा साहित्य बिकास को मुख्य भूमिका रहेको हुनाले गाउपालिकाले सो क्षेत्र को बिकास तथा पर्वद्धन का लागी बजेट को ब्यवस्थापन गरेको बताउनु हुन्छ चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ।
बैसाख १८ गते चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता मा सुरु हुने सो साहित्य उत्सब कार्यक्रम मा चुलाचुली गाउपालिका का १५ जना भन्दा धेरै कवीहरुको रचना सुन्नुका साथै राष्टिय स्तर का साहित्यकार हरु को समेत रचना सुन्न सकिने भएको छ ।
सदर मुकाम बाट धेरै टाढा र बिभिन्न सुगम स्थानहरु संगै जोडिएर रहेता पनि इतिहासको अप्ठ्यारा कालखण्ड हरु खेपेर आएको चुलाचुलीमा बिभिन्न जाती सस्कृती कला हरु एक आपस मा मिलेर रहेको र उक्त स्थान मा आएर प्राकृतिक सुन्दर्यता का साथमा आनन्द को सास फेर्न सकिन्छ भन्ने कुरा जानकारी का लागी चुलाचुली लाई चिनाउन आवश्यक रहेको र जसका लागी बिभिन्न कला साहित्य तथा भाषा का माध्यम हरु को प्रयोग गर्दै चुलाचुली साहित्य उत्सब कार्यक्रम आयोजना गरिएको बताउनुहुन्छ हुन्छ चुलाचुली भाषा साहित्य कला सस्कृती पर्यटन समान्वय समिती का अध्यक्ष बलिभद्र कोइराला ।
साहित्यिक रचना वाचनका अलवा चुलचुली मा नाटक हिजो आज र भोली भन्ने बिषयमा बहस,तथा ग्रामिण पर्यटन प्रवर्द्धन मा साहित्य को भूमिका लगायत का बिषयमा बहस समेत हुनेछ ।