दिपेन्द्र गौतम चुलाचुली/इलाम जिल्लाको चुलाचुली गाउपालिका वडा नम्बर ५ मा रहेको श्री पन्चमुखेश्वर शिव पान्चायन मन्दिर मा सात दिने श्रीमत मत्स्य महापुराण सुरु भएको छ ।
पन्चमुखेश्वर शिवपान्चायन मन्दिर ब्यवस्थापन समितीले आयोजना गरेको उक्त महापुराण बैशाख २९ गते देखी जेष्ठ ४ गते सम्म सन्चालन हुनेछ । सस्थाको २० औ वार्षिक उत्सब का अवसर मा मन्दिर द्वारा सन्चालित १६ औ महापुराण मा पण्डित अर्जुन तिम्सिना को पाठ पारायण तथा पण्डित मेगराज भण्डारीको संगितामय कथा वाचन रहने छ र सो पुराण हिजो बैसाख २९ गते नौमती बाजा का साथमा बिभिन्न झाँकी हरुको प्रदर्शानि गर्दै स्थानिय मठमन्दिर,गुम्वा,चर्च,देविथान,बिद्यालय लगायत का पवित्र स्थलहरुको परिक्रमा गर्दै शोभायात्रा सम्पन्न गरिएको छ ।
साविक चुलाचुली गा बि स वडा नम्बर ८ स्थित पन्चदेव कृतन मन्डली ले २०६१ साल बैशाख १२ गते १८ हजार १ सय रुपैयाको अक्षयकोष स्थापना गरी सुरु भएको सो मन्दिर मा अहिले २ सय भन्दा धेरै स्थानिय हरुले अक्षय कोषमा सहभागी जनाएका छन भनें उक्त कोषमा ४ लाख ९१ हजार रकम रहेको छ र सोही कोष बृद्धी का साथै आस्थाको केन्द्र मन्दिर बाट ज्ञानरुपी सन्देश पुराण प्रवाह गरी बिश्वशान्ती को कामना गर्दै श्रीमद मत्स्य महापुराण आयोजना गरिएको बताउनु हुन्छ मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष नेत्र प्रसाद बास्कोटा ।
स्थानिय शिवलाल प्याकुरेल तथा छविलाल प्याकुरेल ले १ कट्ठा जमिन नि;शुल्क उपलब्ध गराए पछी मन्दिर को भौतिक संरचना बनाउन सुरु गरिएको र २०७० साल मा मन्दिर ब्यवस्थापन समिती ले थप १० धुर जग्गा शिवलाल प्याकुरेल संग खरिद गरी सरकारी खाली खाल्सा जमिन लाई समेत संरक्षण गर्दै हाल ३ कठ्ठा क्षेत्रफल मा फैलिएको सो पन्चमुखेश्वर शिव पान्चायन मन्दिर लाई देशमा संघिय संरचना आउनु भन्दा पहिला गाउ बिकास समिती अध्यक्ष गजेन्द्र याक्खा को पहल मा केहि थान कर्कटपाता उपलब्ध गराएको थियो भनें गत आ व २०८०/८१ मा पाँच नम्बर वडा कार्यलय मार्फत २५ थान कुर्सी र चालु आ व २०८१/८२ मा भक्तजन बिश्राम स्थल भवन निर्माणका लागी चुलाचुली गाउपालिका ले प्रदेश सरकार मार्फत रु ५ लाख बजेट बिनियोजन गरी काम समेत सन्चालन मा रहेको छ ।
हिन्दू सनातन धर्म सस्कार संरक्षण कार्य का लागी स्थानिय तहमा अहम भूमिका खेलेको सो मन्दिर मा गुरुकुल पाठशाला सन्चालन का लागी निक्कै कोशीस गरेता पनि बिविध कारणले सफल हुन नसकी रहेको अवस्थामा यस्ता धार्मिक कृयाकलाप सन्चालन हुने स्थानहरु लाई स्थानिय प्रदेस तथा संघिय तिनै तहका सरकार हरु जागरुक भएर संरक्षण गर्न जरुरी छ ।

Facebook Comments Box