विद्यार्थी सम्मान तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न

जेबिल राइ/इलाम को चुलाचुली गाउपालिका वडा नम्बर ४ मा रहेको श्री किरात चोलुङ आधारभुत बिद्यालय मा अध्ययनरत बिद्यार्थी हरुलाई पेल्टिमारी प्रवासी मन्च र चुलाचुली प्रवासी सेवा समाज ले बिभिन्न शैक्षिक सामाग्री बितरण गरेको छ ।
बिधालय ब्यवस्थापन समिती का अध्यक्ष पर्वत लिम्बु को अध्यक्षता तथा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ को प्रमुख आतिथ्यता मा सम्पन्न अभिभावक भेलाको अवसर पारेर ति सस्था हरुले ले विद्यार्थी सम्मान तथा शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरिएको हो भने उक्त अवसर मा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ ले भन्नु भयो राज्य पुन:संरचना पश्चात आएको संबैधानिक ब्यवस्था अनुसार बिविध कारण ले पछाडी परेका बिद्यालय हरु अन्य बिद्यालय संग समायोजन गर्नुपर्ने कानुनी ब्यवस्था रहेको भएता पनि हामिले यस बिद्यालय लाई मर्ज गरेनौ जसका बिभिन्न कारण हरु छन जसको मुख्य कारण भनेको अभिभावक हरु को चाहना लाई स्थानिय सरकार ले सम्बोधन गरेको हामिले बिश्वास गरेका छौ । साथै वहाँ ले थप्नु भयो चालु शैक्षिक सत्रको भाद्र सम्ममा यस किरात चोलुङ आधारभुत बिद्यालय मा पठन पाठ्न गर्ने सम्पुर्ण बिद्यार्थी भाइबहिनी हरु लाई बिद्यालय को पोशाक तथा एक बर्ष लागी शैक्षिक सामाग्री समेत गाउपालिका बाट उपलब्ध गराउने जानकारी दिनु भयो ।
कार्यक्रम मा पेल्टिमारी प्रवासी मन्च द्वारा गत शैक्षिक शत्र को अन्तिम परिक्षा फल मा सर्वोत्कृष्ट नतिजा ल्याउने कक्षा ३ कि दिक्षा कार्की र बिपिन धिमाल कक्षा ४ लाई नगद पुरस्कार सहित प्रमाण पत्र ले सम्मा न गरिको थियो । ति दुबै विद्यार्थी हरुले ३ दसमलब ६ जि पि ए अंक प्राप्त गरेका हुन । त्यसै गरी चुलचुली प्रवासी सेवा समाज ले बिधालय मा अध्ययनरत सम्पुर्ण बिद्यार्थी हरु लाई टाइ तथ बेल्ड उपलब्ध गराएको हो ।