सिकाइ केन्द्रको हजिरी जवाफ मा शिवज्योती प्रथम

सौरब बास्कोटा/इलामको चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित चुलाचुली सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रले आधारभुत तह स्तरिय अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता जेष्ठ ९ गते सुक्रबार सम्पन्न गरेको छ ।
उक्त हाजिरी जवाफ प्रतियोगिता को औपचारिक कार्यक्रम चुलाचुली सामुदायिक अध्ययन तथा सिकाइ केन्द्रका अध्यक्ष रत्न बहादुर तिरुवा को सभापतित्व मा श्री शिवज्योती आधारभुत बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उत्तम कुमार फियाक को प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो भनें सो प्रतियोगिता मा चुलाचुली गाउपलिका वडा नम्बर १ र २ मा रहेका ८ वटा सामुदायिक तथा सस्थागत बिद्यालयहरु को सहभागिता रहेको थियो ।

विद्यार्थीहरु लाई पाठ्यक्रम को सिकाइ संगसंगै अन्य अतिरिक्त कृयाकलापहरु पनि सिकाउन का लागी आवश्यक रहेको र उक्त हाजिरी जवाफ प्रतियोगिता ले विद्यार्थीहरुको सामान्य ज्ञानको भण्डार बृद्धी हुनुका साथै प्रतिष्पर्धा मा कसरी सफल हुने भन्ने ब्यवहारिक ज्ञानको बिकास गर्न का लागी हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको आयोजक को भनाइ छ।
चुलाचुली वडा नम्बर १ भित्र रहेका बिद्यालयहरु सागर आधारभुत बिद्यालय, जनता माद्यामिक बिद्यालय, शिवज्योती आधारभुत बिद्यालय तथा इमोर्टल एकेडेमी र चुलाचुली वडा नम्बर २ मा रहेका जनता माध्यमिक बिद्यालय,पन्चकन्या आधारभुत बिद्यालय तथा अमृत बोर्डिङ स्कुल र सन्फ्लावर एकेडेमी का विद्यार्थीहरु बिच भएको हाजिरी जवाफ मा शिवज्योती आधारभुत बिद्यालय ९ अंक सहित प्रथम अमृत बोर्डिङ्ग स्कुल ८ अंक सहित दोश्रो तथा ६ अंक सहित इमोर्टल एकेडेमी ले तेश्रो स्थान हासिल गरेका हुन । प्रतियोगिता मा प्रथम स्थान हासिल गर्ने शिवज्योती आधारभुत बिद्यालय का विद्यार्थीहरु सायस राइ,कोयल लिम्बु र जेसाङ तुम्वापो लाई,दोश्रो स्थान हासिल गर्ने अमृत बोर्डिङ स्कुल का सेविका श्रेष्ठ रिवाज श्रेष्ठ पृतम श्रेष्ठ तथा तेश्रो स्थान हासिल गर्ने इमोर्टल एकेडेमी का विद्यार्थी हरु प्रतिक फागो, मिराज दहाल तथा नारीता राइ लाई कपी पेन्सिल प्रमाण पत्र तथा अन्य पुरस्कार हरु ले कार्यक्रम मा उपस्थित आयोजक सस्था का अध्यक्ष रत्न बहादुर तिरुवा,शिवज्योती आधारभुत बिद्यालय ब्यवस्थापन समिती का अध्यक्ष उत्तम फियाक सोही बिद्यालय अन्तरगत को शिक्षक अभिभावक संघका अध्यक्ष सन्त बहादुर तुम्सा लगायत ले सम्मान गरिएको सो कार्यक्रम चुलाचुली गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाकोआर्थीक ब्यवस्थापन मा कार्यक्रम सम्पन्न गरिएको थियो ।

२०७९ साल मा स्थापना भएको चुलाचुली सामुदायिक अध्यान तथा सिकाइ केन्द्रले शिक्षा युवा तथा खेलकुद शाखाको सहयोग मा महिला तथा घरेलु हिंसा बिरुद्ध सचेतना कार्यक्रम , सामाजिक भेदभाब तथा लागु औषध बिरुद्ध सचेतना कार्यक्रम , अभिभावक सचेतना तथा विद्यार्थी भर्ना कार्यक्रम जस्ता सामाजिक कृयाकलप हरु सन्चालन गर्दै आएको आयोजक सस्थाका अधय्क्ष रत्न बहादुर तिरुवा ले जानकारी दिनुभयो ।