जेविल राइ चुलाचुली/इलामको चुलाचुली गाउपालिका २ मा सन्चालित चुलाचुली आधारभुत अस्पताल मा ३ दिने नि:शुल्क आखा शिविर हिजो जेष्ठ ११ गते देखी सुरु भएको छ ।
चुलाचुली गाउपालिका को संयोजन तथा नेत्रज्योती संघ र बिराटनगर आखा अस्पताल को प्राविधिक सहयोग मा सन्चालित सो शिविर मा चुलाचुली गाउपालिका भित्र का १ सय ३४ जना मोतियाबिन्दु प्रमाणित भएका बिरामी हरुको निशुल्क सल्यकृया समेत गरिने छ । स्वस्थ्य आखा सुन्दर सन्सार नाम दिएर गत बैशाख मा चुलाचुली गाउपालिका भित्रका सबै वडा हरुका ४० वर्ष उमेर पुगेका बिद्यालय मा अध्ययनरत छात्रा-छात्र तथा संकास्पद आखा रोगी हरुका लागी समुदाय स्तरमा सन्चालन गरेको आखा शिविर बाट पत्ता लागेका २ सय ८ जना मोतियाबिन्दु का बिरामीहरु मा अत्यन्तै जटिल अवस्थाका १ सय ३४ जना बिरामी हरुको समेत सो शिविर मा उपचार गरिने भएको हो ।


पछिल्लो समय प्रविधीको बिकास संगै बालबच्चा हरुले समेत मोबाइल कम्प्युटर अत्याधिक प्रयोग गर्ने भएकाले यस्तो अवस्था मा आखा कमजोर हुने र यसको समय मै चेक जाँच नभएमा ज्योती समेत गुम्ने भएकाले कसैले पनि आखाको ज्योती गुमाउन नपरोस भन्ने उद्धेश्यका साथ नेपाल नेत्राजयोती संघ लहान र बिराटनगर आखा अस्पतालको सहयोगमा चुलाचुली गाउपालिका भरिका सम्पुर्ण बिद्यालय तथा ४० वर्ष उमेस भन्दा माथीका महानुभाब हरुको आखा जाच गरिएको बताउनु हुन्छ नेत्राजयोती संघ लहान तथा बिराटनगर आखा अस्पताल का कर्मचारी संजिवन शाह

हिजो जेष्ठ ११ गते चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ लगायत को उपस्थिती मा आखा शिविर तथा मोतिया बिन्दु सल्यकृया कार्यक्रम मार्फत चुलाचुली का अलवा झापाका बिभिन्न ठाउका आखा रोगी हरुले प्रत्यक्ष लाभ लिने र सल्यकृया का लागी बिभिन्न अस्पताल हरु मा धाउनु समेत नपरेको र यसको अलवा आखाको लेन्च कमजोर भ इ चस्मा प्रयोग गर्नु पर्ने बिरामी हरुका लागी समेत नेपाल नेत्राजयोती संघ र बिराटनगर आखा अस्पताल कै सहयोग मा थोरै शुल्क मा उक्त सुभिधा मोरङ को उर्लाबारी बाट प्रवाह भ इ रहेका ले सम्बन्धित बिरामी हरुले सम्पर्क गर्नुपर्ने बताउनु हुन्छ चुलाचुली आधारभुत अस्पताल का प्रमुख एकेन्द्र बास्कोटा ।


पछिल्लो समय चुलाचुली गाउपालिका को समान्वय मा बिभिन्न खाले स्वास्थ्य शिविरहरु अत्यन्तै धेरै संख्यामा सन्चालन भइरहेको छ । यस्ता शिविरहरु बाट पालिकामा भएका आखा,नाक,कान घाँटीका दिर्घरोगीहरु मुटु/छाती /फोक्सो लगायत का मिरामी हरुको तथ्याङ्क संकलन गरेर त्यस्ता बिरामी हरुलाई बिषेस कार्यक्रम हरु ल्याएर स्थानिय तह को मृत्युदर लाई घटाउने कार्य समेत गर्न सकिन्छ अन्यथा शिविर ल्याउने उदघाटन गर्ने र आफ्नो राजनितिक संगठन का बिचार हरु बिरामी लाई सुनाउने पुरानै प्रथा दोहोरिएमा स्थानियले लोकतन्त्र लाई नधिक्कार्लान भन्न सकिन्न ।

Facebook Comments Box