फरक क्षमता भएका ब्यक्ती हरुलाई क्षमता बिकास तालिम

सौरभ बास्कोटा/इलाम को चुलाचुली गाउपालिका भित्र रहेका फरक क्षमता भएका ब्यक्ती हरुका लागी १ दिने सस्थागत बिकाश तथा क्षमता अभिबृद्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
चुलाचुली गाउपालिका भित्र रहेका फरक क्षमता भएका ब्यक्ती हरुको साझा सस्था जागृती अपाङ्ग संघका अध्यक्ष चन्द्र दंगाल को अध्यक्षता मा सन्चालित सो तालिम को औपचारिक उदघाटन का क्रम मा प्रमुख अतिथी राजेन्द्र केरुङ हुनुहुन्थ्यो भनें अन्य अतिथी हरुमा प्रमुख प्रशासकिय अधिकृत बिकास बि.क. महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल लगायत को उपस्थिती रहेको थियो ।
सो एक दिने तालिम कार्यक्रम मा जागृती अपाङ्ग संघको वडा समिती का अध्यक्ष सचिब तथा सचिब ,स्थानिय सरोकार वालाहरु को समेत उपस्थिती रहेको थियो । शारिरिक रुपमा असक्त रहेता पनि सस्था लाई कसरी चलायमान राख्न सकिन्छ सस्था लाई प्रविधी मैत्री र समय सापेक्ष बनाइ राख्न सो सस्था का नेतृत्व पंतीले गर्नु पर्ने काम कर्तब्य र अधिकार हरुको बारेमा कानुनी परामर्श समेत उपलब्धा गराइएको थियो ।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गाउपालिका अध्यक्ष केरुङ ले फरक क्षमता भएका ब्यक्ती हरुका लागी संविधान प्रदत्त हक अधिकार हरु प्राप्ती का लागी पुर्ण रुपमा लागी पर्ने कुरा बताउनु भयो अध्यक्ष केरुङ ले थप्नु भयो पालिका आगामी बजेट निर्माण को पुर्वसन्ध्या मा भएका ले आगामी बजेट मा फरक क्षमताभएका ब्यक्ती हरुले देखिने गरी र सुन्ने गरी सो बर्ग लाई स्थानिय सरकार भएको आभास आउने गरी बजेट निर्माण गरिने आस्वासन दिनु भयो ।
खडग प्रसाद थापाको सहजिकरण र मा सम्पन्न सो तालिम मा चुलाचुली गाउपालिका भित्र का ३० भन्दा बढी फरक क्षमता भएका ब्यक्तिहरुको उपस्थिती रहेको थियो भनें उक्त कार्यक्रम चुलाचुली गाउपालिका र राष्टृय अपाङ्ग महासंघ को सहयोग मा तथा जागृती अपाङ्ग सघ चुलाचुली को आयोजना मा सम्पन्न भएको हो ।