गणतन्त्र सेनानी चेम्जोङ लाई सम्मान

सौरभ बास्कोटा चुलाचुली ,इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ निवासी गणतन्त्र सेनानी अमर कुमार चेम्जोङ लाई १८ औ गणतन्त्र दिवस को अवसर पारेर सम्मान गर्नु का साथै तीनपाङ्रे सवारी साधन मोपेड हस्तान्तरण गरिएको छ ।
ब्यवस्था परिवर्तन का लागी नेकपा माओबादी केन्द्रले सन्चालन गरेको १० वर्षे जनयुद्ध कालमा तत्कालिन बिद्रोही पक्ष बाट लडेका अमर कुमार चेम्जोङ सिक्सम २०६२ माघ २४ गते धनकुटा मा भएको भिडन्तमा परी स्पाइनर इन्ज्युरी पश्चात पुर्ण अपाङ्ग हुनु भएको थियो । २०५७ साल देखी नै भुमिगत कार्यकर्ता को रुपमा नेकपा माओबादी केन्द्रमा आवद्ध हुनु भएका अमर कुमार २०५८ साल देखी पुर्ण कालिन सेना भइ प्लाटुन कमाण्डर को समेत जिम्मेवारी सम्हाल्नु भएको थियो । २०३१ साल मा पाचथर को नवमी डाँडा मा जन्मनु भएका चेम्जोङ २०६८ साल देखी इलाम को चुलाचुली गाउपालिका वडा नम्बर १ कमल मा ४ भाइ छोरा र १ बहिनी छोरी का साथै श्रीमती बुद्ध माया चेम्जोङ का साथ मा बस्दै आउनु भएको छ ।
नेकपा माओबादी केन्द्र निकट नेता कार्यकर्ता हरु द्वारा सहयोग संकलन गरी एक लाख ४० हजार मा तीन पाङ्रे सवारी साधन खरिद गरी चेम्जोङ लाई उपलब्ध गराउन उक्त सामान खरिद कार्य पारदर्शिता का लागी उद्धब नेउपाने को संयोजकत्व मा एक उप समिती बनाएर खरिद गरिएको हो र सोही समिती को आयोजना मा गत जेष्ठ १५ गते घाइते योद्धा अमर कुमार चेम्जोङ सिक्सम लाइ एक औपचारिक कार्यक्रम गर्दै उक्त सवारी साधन को चावी हस्तन्तरण गरिएको हो उक्त औपचारिक कार्यक्रम सवारी साधन खरिद उप समिती संयोजक उद्धब नेउपानेको सभाध्यक्षता मा सन्चालन भएको थियो भनें प्रमुख अतिथी नेकपा माओबादी केन्द्र १ नम्ब र प्रदेश उपाध्यक्ष बिजय साम्पाङ राइ हुनुहुन्थ्यो । उक्त औपचारिक कार्यक्रम मा चन्द्र कमल देवान ले स्वागत मन्तब्य राख्नु भएको थियो भने ं कार्यक्रम का प्रमुख अतिथी को हात बाट उक्त सवारी साधन को साँचो अमर कुमार चेम्जोङ सिक्सम लाई हस्तान्तरण गरिएको हो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथी साम्पाङ राइले भन्नु भयो अरुको स्वतन्त्रता का लागी लडनु भएका सिक्सम आफ्नो भने जिवन बिगत २० बर्ष देखी मझेरी मै मात्र घुमाइ रहनु भएको छ उनैले लडेर ल्याएको ब्यवस्था लाई टेक्दै धेरै मानिस हरुले ले ठुला ठुला सफलता हासिल गरिसके तर सिक्सम लाई भनें घर अघाडी को चौतारो समेत टाढा भएको छ । जसलाई केही हद सम्म भए पनि सहजता का लागी हामीले यो सवारी साधन को ब्यवस्था गरेका छौ प्रमुख अतिथी राइ ले भन्नु भयो ।
कार्यक्रम मा डिएक्स एन का तर्फ बाट अमर कुमार चेम्जोङ लाई २० हजार बराबर को औषधी तथा पौष्टिक आहार उपलब्ध गराएको थियो ।