साना किसान चुलाचुली द्वारा विद्यार्थीहरु लाई ब्याग बितरण

देवेन्द्र पौडेल चुलाचुली/ इलाम को चुलाचुली गाउपालिका मा रहेको श्री चुलाचुली साना किसान कृषी सहकारी सस्था ले आफ्नो कार्यक्षेत्र भित्र रहेका बिभिन्न बिद्यालय का २ सय ३१ जना छात्राछात्र हरु लाई ब्याग तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
गत जेष्ठ १८ गते चुलाचुली गाउपालिका वडा नम्बर १ हात्तिलेदा मा रहेको श्री शिवज्योती आधारभुत बिद्यालय का नर्सरि, एल के जि,युकेजी १ ,२ र ३ कक्षा का ५९ जना लाई ब्याग तथा कक्षा ४ र ५ का ३७ जना विद्यार्थी हरु लाई कपी पेन्सिल जस्ता शैक्षिक सामाग्री बितरण गरिएको हो । त्यसै गरी जेष्ठ १८ गते नै चुलाचुली वडा नम्बर २ स्थित श्री पन्चकन्या आधारभुत बिद्यालय का ९१ जना छात्राछात्र लाई ब्याग तथा ६१ जना लाई बिभिन्न शैक्षिक सामाग्री हरु पनि बितरण गरेको छ ।
उक्त सस्थाले हिजो जेष्ठ १९ गते पनि चुलाचुली ५ स्थित भानु माध्यमिक बिद्यालय मा लागु पदार्थ दुर्व्यासनी बिरुद्ध सचेतना कार्यक्रम का साथ मा ब्याग तथा सैक्षिक सामाग्री सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । भानु माद्यमिक बिद्यालय चुलाचुली ५ का बिद्यालय ब्यवस्थापन समिती का अध्य्क्ष बुद्धी सम्वाहाम्फे को अध्यक्षता मा तथा वडा नम्बर ५ क वडाध्यक्ष बबिन राइ को प्रमुख आतिथ्यथा मा सम्पन्न सो कार्यक्रम मा साना किशान सहकारी कि अधक्ष हेमकला बस्नेत वडासदस्य राम प्रसाद नेपाल लगायत को उपस्थिती मा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम मा कक्षा नर्सारी देखी कक्षा ३ सम्मका ८१ जना छात्राछात्र हरु लाई ब्याग बितरण गरिएको हो भनें बिद्यालय मा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थी हरुका लागी कपी पेन्सिल लगायत का शैक्षिक सामाग्री समेत उपलब्ध गराइएको छ । साथै उक्त बिद्यलयमा अध्ययनरत कक्षा ८ ,९ १० का विद्यार्थी हरु लाई लक्षित गर्दै लागु पदार्थ दुर्ब्यसन सचेतना का लागी बिषेस प्रशिक्षण समेत दि इएको थियो । पेल्टिमारी प्रहरी चौकी मार्फत सन्चालन गरेको उक्त प्रशिक्षण मा लागु पदार्थ के हो र यसको प्रयोग ले व्यक्तिगत सामाजिक तथा मानसिक रुप मा पार्ने असर र सो संग सम्बन्धीत कानुनी ब्यवस्था का बारेमा समेत बताइएको थियो ।
सामाजिक बिकास तथा उत्तर दायित्य्वा मा समेत उत्तिकै सहभागी हुने चुलाचुली साना किसान कृषी सहकासी सस्था ले वार्षिक ६० हजार रुपैया स्थानिय बालबालिका हरुको शैक्षिक गुणस्तर सुधार का लागी बिनियोजन गर्ने गरेको छ । हाल सस्था मा १५ सय ६ जना शेयर सदस्य रहेका छन भनें २ करोड ६० लाख शेयर बचत रहेको सस्था ले स्थानिय स्तर मा आवस्यक पर्ने बिभिन्न तरकारी तथा फलफुल का बेर्ना उत्पादन गर्नु का साथै किशान लाई आवस्यक रसायनिक मलको समेत आपुर्ती गर्ने गरेको छ ।