अतिरिक्त समयमा हस्तलेखन तालिम

देवेन्द्र पौडेल चुलाचुली/विद्यार्थीको क्षमता र दक्षताको मापन सबैभन्दा पहिला उसको हस्तलेखन यानिकी ह्यण्ड राइटिङ बाट हुन्छ । पछिल्लो समय हस्तलेखन ले समेत बिभिन्न सामाजिक संजालमा स्थान पाउनुका साथै बिभिन्न संघसस्था हरुले यसको प्रत्यक्ष मापन गर्ने गरेको हुँदा यस कुराले बेलाबेला चर्चा पाइरहने गरेको छ ।
वास्तबमा सुन्दर हस्तलेखन ले विद्यार्थी लाई पठाइमा अत्यन्तै सकारात्मक उर्जा प्रदान गर्ने भएकाले सुन्दर हस्तलेखन सबै विद्यार्थीहरुका लागी आवश्यक छ । जसलाई इलामको चुलाचुली गाउपालिका २ नम्बर वडामा रहेको श्री पन्चकन्या आधारभुत बिद्यालय ब्यवस्थापन तथा प्रशासन टिमले उक्त कार्यको थालनी गरेको छ ।
आफ्नै बिद्यालयमा भएको जनशक्ती लाई प्रयोग गर्दै बिद्यालय ले गत जेष्ठ ४ गतेदेखी १० गते सम्म कक्षा ५ देखी ८ सम्म र जेष्ठ १९ गते देखी २५ गते सम्म कक्षा १ देखी ४ सम्मका विद्यार्थीहरु लाई तालिम दिइरहेको र सामुदायिक बिद्यालय मा आर्थीक श्रोत एकदमै कम हुने भएकाले आफु संग भएको श्रोत साधनलाई सदुपयोग गर्दै शैक्षिक गुणस्तर बृद्धीका लागी नि:शुल्क हस्तलेखन तालिम सन्चालन गरिरहेको र उक्त तालिमका लागी बिद्यालयमा कार्यरत तालिम प्राप्त शिक्षक कृष्ण प्रसाद मिश्र ज्यु ले प्रशिक्षण गरिरहनु भएको बताउनु हुन्छ बिद्यालय कि प्रधानध्यपक हरिमाया माबो लिम्बु ।
श्री पन्चकन्या आधारभुत बिद्यालयको यो हस्तलेख न कार्यक्रम अत्यन्तै प्रभाबकारी भएको र बिद्यालयमा अद्ययनरत विद्यार्थीहरु ८० प्रतिशत भन्दा बढी यो तालिममा सहभागी भएका छन साथै अन्य विद्यार्थीहरु समेत सहभागी हुन इच्छा जाहेर गरेता पनि केहि विद्यार्थी हरुको घर टाढा भएकाले र उक्त तालिम बिद्यालय समय भन्दा पछाडी हुने भएको कारण त्यस्ता विद्यार्थी हरु तालिममा छुटी रहेकाछन भन्नु हुन्छ सो तालिम का प्रशिक्षक तथा शिक्षक कृष्ण प्रसाद मिश्र ।
कक्षा ८ सम्म पठनपाठन गराइने यो बिद्यालय पछिल्लो समय चुलाचुली गाउपालिका भित्रका उत्कृष्ट बिद्यालयहरु मध्ए पर्न आउछ । २ सय १५ जना विद्यार्थी रहेको यो बिद्यालय को कार्यले सामुदायिक बिद्यालय प्रती घटदै गएको जन बिश्वास लाई घटाउन सहयोग गर्ने भएका ले बिद्यालयका यस्ता कृयकलाप हरुलाई लाई सम्बन्धित निकाय ले ध्यानी दिनु अति नै आवश्यक छ अन्यथा सामुदायिक बिद्यालय मा सरकार ले लगानी मात्रै गर्ने अभिभावकहरु भने निजी क्षेत्रतिर आकर्शित हुने सम्भावना अझै पनि उत्तिकै छ ।