देवेन्द्र पौडेल चुलाचुली/जमिन मुनीको पानी सामान्य ट्युबेल,इनारहरु मा उपलब्ध नहुने, सुख्खा याममा चुरे जंगल भित्र रहेका स-साना पानीका स्रोत हरु समेत सुक्दै जाने भएकाले खानेपानी को एकदमै चरम समस्या भोग्दै आएको इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ भित्र पर्ने आँपझोला,दहाल डाँडा,लाहुरे टोल ,पोखरी टोल, धिमाल टार ,बुकुवा लगायतका क्षेत्रमा अहिले भने खानेपानीको समस्या सामधान भएको छ ।

२०६० साल ताका साबिक चुलाचुली गा बि स वडा नम्बर ८ बाट बसाइसराइको क्रम एकदमै तिब्र गतीमा भएको र यसको मुख्य कारण खानेपानी अभाब नै भएको ठहर गर्दै स्थानिय अगुवा नेत्र बास्कोटा,उद्धब न्यौपाने,तुला लावती लगायत को पहलमा खानेपानी को योजना माग गरिएको र सोही माग अनुसार नै २०६९ सालमा सो क्षेत्रका लागी खानेपानी को योजना स्विकृत भएको र ३ करोडको लगानी मा खानेपानी योजना सम्पन्न भएको र हाल ४ सय १६ घरले उक्त खानेपानी प्रयोग गर्दै आइरहेका छन ।

खानेपानी लाई अझै ब्यवस्थित र भरपर्दो बनाउनका लागी बिध्युत आपुर्ती निरन्तर हुनुपर्ने तर पछिल्लो समय बिध्युत आपुर्तीमा केहि समस्या देखापरेका कारण बैकल्पिक बिध्युत आपुर्तीको श्रोत जेनेरेटर खरिद गर्नु पर्ने र यसको लागी आवस्यक तयारी भइ रहेको बुकुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समुह का अध्यक्ष उद्धब न्यौपाने बताउनु हुन्छ ।

खानेपानी सन्चालनको सुरुवाती मा ग्राहक हरुलाई सस्थाले मिटर उपलब्ध गराउन सकेको थिएन जुन बेला भनें धेरै ग्राहक हरुको असन्तुष्टी सुनुपर्थ्यो तर अहिले सबैको घरघर मा मिटर जडान पस्चात उक्त समस्या नभएको र सम्पुर्ण ग्राहकहरु समेत सनतुष्ट रहेको ब ताउनुहुन्छ बुकुवा खानेपानी तथा सरसफाइ सस्था का प्राविधिक तथा उपाध्यक्ष ध्रुव कुमार राइ ।

हाल आएर खानेपानी निरन्तर आइरहेको र मासिक १५० देखी २५० रुपैया सम्म मात्रै खर्च लाग्ने र यो खानेपानी सन्चालन हुनु भन्दा पहिला निक्कै ठुलो समस्या रहेको खानेपानी खोज्दाखोज्दै बिहान जाने भएता पनि अहिले घरघर मै खानेपानी आउँदा जिवन यापन सहज भएको बताउनुहुन्छ स्थानिय महेन्द्र कुमार नेम्वाङ्ग । त्यसै गरी बुकुवा क्षेत्रमा खानेपानी को कहालि लाग्दो बिगत सुनाउदै स्थानिय लक्ष्मी प्रसाद नेउपानेले भन्नु भयो यो क्षेत्र मा ट्युबेल गाडदा पानी ननाउने सिमित धारो कुवा उपलब्ध हुने भएका ले पानी पिउन नपाएकै कारण धेरै मानिस हरु बसाइसराइ गएको बिगत सुनाउनु हुन्छ ।

खाने पानी को अभाब का कारण २०५०/५२ साल तिरा उक्त क्षेत्र बाट बसाइ सर्ने को लर्को नै लागेको स्थानिय हरुको अनुभब छ । सक्ने हुने खाने र अन्य क्षेत्र मा जग्ग जामइन खरिद गर्न सक्ने हरु बसाइ सरेर गए नसक्ने गरीब गुरुवा हरु मात्रै यहाँ बसे स्थानियहरु भन्छन । हाल ७ सय ३१ घर धुरी रहेको उक्त वडा मा १५ सय ८ जना पुरुष र १४ सय ९३ जना महिला गरी ३ हजार १ जना को संख्या मा जनसंख्या रहेको छ भनें २ वटा माध्यमिक बिद्यालय र २ वटा स्वास्थ्य चौकी रहेको सो वडा मा अहिले सम्म खानेपानी का ३ वटा ठुला खानेपानी योजना हरु शिखर कटेरी भुमिगत जलसिचाइ आयोजना,बुकुवा खानेपानी र चपेटी खानेपानी आयोजना सन्चालन मा आएका छन ।

Facebook Comments Box