देवेन्द्र पौडेल चुलाचुली/सामुदायिक बन उपभोक्ता महासंघको आयोजनामा इलाम जिल्लाको चुलाचुली गाउपालिका भित्र रहेका ११ वटा सामुदायिक बन उपभोक्ता समुहहरु लाई १ दिने अभिमुखीकरण तालिम आज जेष्ठ २५ गते सम्पन्न भएको छ ।

चुलाचुली गाउपालिका वडा नम्बर ५ वडा कार्यालयको भवनमा सम्पन्न सो १ दिने अभिमुखिकरण तालिम स्थानिय सामुदायिक बन उपभोक्ता समुह हरुको क्षमता बिकास तथा पुन:ताजगी साथै स्थानिय उपभोक्त समुह हरुको समस्याका सन्दर्भमा समेत अन्तरकृया गरिएको सो कार्यक्रमको औपचारिक अध्यक्ष स्थानिय महासंघ चुलाचुली का अध्यक्ष चन्द्र दंगाल हुनुहुथ्यो । त्यसै गरी कार्यक्रम को प्रमुख अतिथी चुलाचुली ५ का वडाध्यक्ष बबिन राइ तथा विशिष्ठ अतिथी सामुदायिक बन उपभोक्ता महासंघ कोषी प्रदेश का सदस्य टेक बहादुर राइ रहनु भएको थियो भनें उपभोक्ता महासंघ इलाम जिल्लाबाट जिल्ल्ला सचिब संगिता थलङ तुम्वापो रहनु भएको थियो ।

पछिल्लो समय चुलाचुलीका सामुदायिक बनहरु स्थानिय बासीको लापरवाही का साथै सम्बन्धित निकायको उदासिन ताका कारण दिन संकट ग्रस्त भइरहेको बेला स्थानिय सामुदायिक बन उपभोक्ता समुहहरु लाई सकृय गराउनका लागी अभिमुखीकरण तालिम आवश्यक रहेको र सोही कुरा लाई मध्यनजर गर्दै यो आजको अभिमुखी कारण तालिम आयोजना गरिएको आयोजक को भनाइ छ ।

कार्यक्रम मा चुलाचुली गाउपालिका भित्रका ११ वटा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष,सचिब,सह सचिब लगायत ४० जना को सहभागिता रहेको श्री शिवालय सामुदायिक बन उपभोक्ता समुहका सह सचिब चक्र गजमेर ले जानकारी दिनुभयो ।

Facebook Comments Box