२६ माघ, पेल्टिमारी। चुलाचुली गाउँ पालिकाका विपक्षी दलहरूको संयुक्त प्रतिनिधि टोलीले अध्यक्ष राजेन्द्र केरूङ समक्ष विभिन्न बुदागत ध्यानाकर्षण पत्र बुझाएका छन्।

नेकपा एमाले चुलाचुली, नेकपा माओवादी केन्द्र चुलाचुली र राष्ट्रिय प्रजातन्त्र पार्टी चुलाचुलीका प्रतिनिधि टोलीले हिजो उहाँ कै कार्यकक्षमा भेट गरेर उक्त पत्र बुझाएका हुन्।

विपक्षी दलका प्रतिनिधीहरूले उठाएको विषयहरू माथि आफु र आफ्नो टिम सधै सकारात्मक रहेको कुरा अध्यक्ष केरूङले बताएका छन्।

बुदामा संलग्न चुलाचुलीका कृषकहरूलाई बितरण गरिएको सरकारी अनुदान मलमा भएको मन परी तन्त्र आगामी दिनमा हुन नदिने कुरा अध्यक्ष केरूङले प्रतिवद्दता जाहेर गरेका छन्, साथै चुलाचुलीका वन पैदावरमा भइ रहेको चोरी तस्करी रोक्न आफू लागि परेको पनि बताएका छन्।

त्यसै गरी चुलाचुली ३ र ४ को सिमामा डिपिआर सम्पन्न भई शिल्यान्यास भइसकेको ३५ रोपनी क्षेत्रफलमा बन्ने औधोगिक ग्राम बन्न ढिलाई हुनमा त्यस क्षेत्रमा पहिले मेघा पार्क निर्माण गर्न डिपिआर भएको कारड दोहोरो डिपिआर भएकोले केही समस्या उत्पन्न भएको बताएका छन्।

चुलाचुलीमा सिमल पकेट जोन निर्माण गर्न लागिसकेको र त्यसको लागि आफूले संघिय सरकार मार्फत रू एक करोड साठी लाख रकम विनियोजन गर्न सफल भएको बताएका छन्।

चुलाचुलीमा निर्माण भइ हाल प्रयोग विहिन सामुदायिक कभड हलको विषयमा प्रश्न उठे पछि अध्यक्ष केरूङले उक्त भवन निर्माण समितिमा आफू रहेको तर हाल काम अधुरो हुनुमा आफूलाई साथीहरूले फसाएको बताएका छन्। उक्त अधुरो कामहरू सम्बन्धित व्याक्तीहरूसंग मिलेर अगाडि बडाउने पनि प्रतिवद्दता व्यक्त गरेका छन्।

भेटमा लिखित ध्यानाकर्षण गराउनुको साथै मौखिकरूपमा राप्रपा नेपालका मानबहादुर बस्नेत, माओवादी केन्द्रबाट भगिरथ भट्टराई, नेकपा एमालेका चन्द्र थापा, कालिदास भट्टराई, देउमान गिरी लगायतले राय तथा सुझावहरू दिएका थिए।

Facebook Comments Box