मोरङको पथरी सनिश्चरे स्थित सरोकार कृषि सहकारी संस्था लिमिटेड र इलामको चुलाचुली -३ स्थित चुलाचुली कृषि सहकारी संस्था एकापसमा गाभिएका हुन झापाको दमक- ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थामा दुईवटा संस्था गाभिएका छन् ।

संस्थाको आफ्नै सभा हलमा शुक्रबार एकीकरणको लागि संयुक्त साधारण सभा गरी सो घोषणा गरिएको हो ।

एकीकरण सभाले संस्थाको नाम राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमिटेड नै कायम गर्ने,संस्थाको विनियम संशोधन सहित भावी कार्य योजना तथा नयाँ तदर्थ सञ्चालक समिति र तीन सदस्यीय रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको हो।

एकीकरण साधारण सभाका लागि राष्ट्रिय बहुमुखी सहकारीका अध्यक्ष को संयोजकत्वमा ५ सदस्य रहेको एक कार्यदल गठन गरिएको थियो ।

सञ्चालक र लेखा समिति गठन

नौ सदस्यीय सञ्चालक समितिको अध्यक्षमा पुनः लक्षुदास राई, उपाध्यक्षमा कृष्णबहादुर गोले , सचिवमा दिपेन बाला राई, सहसचिवमा फुलसरी राना मगर, कोषाध्यक्षमा टंक प्रसाद दुलाल चुनिएका छन्।

यसैगरी सदस्यहरुमा विष्णु सुब्बा, वासुदेव राई, पारसमणि राई ,राजन लिम्बु, देउकुमार निलेखु, यमुना भट्टराई र ज्ञानदीप राई चुनिएका छन्।

निर्वाचित सञ्चालक तथा लेखा समितिको नामावली चुलाचुली कृषि सहकारीका पूर्व अधक्ष नकुल राईले घोषणा गरेका थिए। निर्वाचित सो समितिले आगामी असोज १० १० गते सम्पन्न हुने साधारण सभासम्म संस्थाको नियमित कार्यसम्पादन गर्ने गर्नेछ।

सो संयुक्त साधारण सभामा राष्ट्रिय बहुमुखी सहकारी संस्थाका सल्लाहकार सुमित्रा वाङ्गेल चेली, चुलाचुली कृषि सहकारीका निवर्तमान अध्यक्ष मिलन राई लगायतले सहकारीको विषयमा बोलेका थिए।

एकीकरणको लागि संयुक्त सो सभामा राष्ट्रिय बहुमुखी सहकारी संस्थाका सञ्चालक, चुलाचुली कृषि सहकारी संस्थाका सञ्चालक र सरोकार कृषि सहकारी सञ्चालक लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारी सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Facebook Comments Box