देवेन्द्र पौडेल चुलाचुली/इलाम र झापाको सिमानामा पर्ने रतुवा खोलामा नदिजन्य पदार्थ उत्खनन को बिषयलाई लिएर आज जेष्ठ २६ गते इलामको चुलाचुली गाउपालिकाका दुइ युवा समुहहरु बिच घम्साघम्सी परेको छ ।

बिगत केहिदिन यता रतुवा खोलामा अबैधानिक तवरले नदिजन्य पदार्थको उत्खनन भइरहेको, मापदण्ड बिपरित अत्याधिक संख्यामा मेसिन उपकरणहरु प्रयोग भइरहेको जसले गर्दा स्थानिय स्तरका पानीका स्रोतहरु मा नकारात्मक असर परेको र उक्त कार्यमा चुलाचुली गाउपालिका सहभागी रहेको र त्यसमा पनि गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ र उपाध्यक्ष दिल कुमारी लावती प्रत्यक्ष सहभागी भएको भन्ने आरोप लाउदै सामाजिक सन्जाल मा उपस्थित हुने स्थानिय चुलाचुली ४ का कुमार साम्पाङ राइ र सो स्थानबाट नदीजन्य पदार्थ उत्खनन गरी चुलाचुली वडा नम्बर १ स्थित बाल्मिकी मार्ग मर्मत गरिरहेका स्थानिय युवाहरु बिच बिवाद बढ्दा घम्साघम्सीका साथै हात हालाहाल समेत भएको र बिकृती बिसंगती बिरुद्ध बोल्दा तस्करहरु द्वारा आफु कुटिएको भन्दै स्थानिय चुलाचुली ४ का कुमार राइ सामाजिक सन्जालमा भिडियो सहित आइरहेका छन ।

बिगत केहि महिना अघाडी चुलाचुली १ बाट निर्माणाधिन झापाको एसियन हाइवेमा ठुलो परिणाममा माटो निकासी भएको र उक्त माटो निकासी का क्रममा चुलाचुली १ को बाल्मिकी मार्ग अन्तरगतको रतुवा माइ बृक्षरोपण खण्डमा बाटो पुर्ण रुपले बिगृएका कारण स्थानिय युवा हरुले सो माटो निकासी कर्तालाई सडक मर्मत गरिदिन अनुरोध गरेको र सोही निर्माण ब्यावसायी ले हाल दमक र चुलाचुली पालिकाले संयुक्त रुपमा लगाएको रतुवा खोलाको नदिजन्य पदार्थ उत्खनन कार्यको ठेक्काको समेत जिम्मा लिएका कारण उक्त खोलाबाट ग्राभेल निकासी गर्दै सो खराब भएको बाल्मिकी मार्ग मर्मत भइरहेको अवस्थामा स्थानिय कुमार राइले सामाजिक सन्जाल फेसबुकमा मापदण्ड बिपरित खोला दोहन भइरहेको भन्ने आसयको प्रत्यक्ष प्रशारण गरे पश्चात त्यसो नगर्न र आफ्ना असन्तुष्टीहरु का बिषय मा कुरा गर्न अनुरोध गरेता पनि त्यसलाई बेवास्ता गर्दै आनाधिकृत आधिकारिकता बिहिन सामाजिक सन्जालबाट भ्रामक सुचना सम्प्रेसण कार्यलाई रोक्न खोज्दा हात हालाहाल को अवस्था सृजना भएको पाइएको छ ।

यता कुमार राइ भनें आफ्नो व्यक्तिगत बिचार अभिब्यक्तीको स्वतन्त्रता माथि तस्कर र कमिसनखोर हरुले आक्रमण गरेको बताउछन उनका अनुसार मैले कुनै बिकास बिरोधी आवाज उठाएको हैन प्राकृतिक सम्पतीहरु लाई जसमा पनि खोला जस्तो संवेदनशिल सम्पदा लाई बचाएर अत्यन्तै संयमताका साथ उत्खनन गरिनु पर्दछ । ठेक्का लागेको लगाएको भन्दैमा जथाभाबी, अत्यन्तै गहिरो र बर्खायाम सुरु हुँदै लाग्दा एउटै खोलामा अधिक संख्यामा उत्खनन गर्ने मिशिनहरु प्रयोग गरिनु हुँदैन भन्ने हो । उनि थप्छन मैले स्थानिय स्तरको बिकृती र बिसंगती बिरुद्धमा बोल्दा हिरासत बस्नु पर्‍यो र अहिले आएर ज्यान मार्ने धम्की समेत आएको छ ।

स्थानिय सरकार भनें उनलाई एक मनोरोगी का रुपमा चिन्दछ,स्थानिय तहमा रहेका समस्याहरु लाई गलत तरिकाले उठाएर सामाजिक सन्जालमा अफवाह फैलाउने उनको पेशाले उनलाई गलत बाटोमा लगिरहेको स्थानिय जनप्रतीनिधीहरु बताउछन ।गलत तथा भ्रामक प्रोपोगाण्डा शैलिका सामाग्रीहरु सामाजिक सन्जालमा अत्याधिक चल्ने भएकाले उनले यस्तै अवस्थाहरु सृजना गरेर स्थानिय जनप्रतीनिधीहरु लाई खुइल्याउने उनको अभिष्ट रहेको स्थानिय जनप्रतीनिधी हरुको ठहर छ ।

नेपाल को संबिधानमा भएको ब्यवस्था बमोजिम व्यक्तिगत अभिब्यक्ती स्वतन्त्रता को हक कसैको कसैले कुण्ठित गर्नु हुँदैन यसो गरेमा वा गर्न खोजेमा कानुन बमोजिम कारवाही को भागिदार बन्नु पर्छ । लोकतान्तृक गणतन्त्र ले परिकल्पना गरे अनुसार जनाता प्रती सरकार बढी भन्दा बढी उत्तरदायी र जवाफ्देही बनोस भन्ने अभिप्रायले ३ तहका सरकार हरुको परिकल्पना गरेको छ र जनताको सबै भन्दा नजिकैको सरकार स्थानिय सरकार को मुख्य जिम्मेवारी भनेकै नागरिक स्वतन्त्रता र संरक्षण, स्थानिय श्रोत साधन को पहिचान र प्रयोगका साथै संघ र प्रदेश सरकार संग को समान्वय मा बिकास निर्माण गर्नु हो ।स्थानिय तह मा आवस्यक कानुनहरु निर्माण गर्दै स्थानिय तहलाई ब्यवस्थित र लोकतान्तृक बनाउनु स्थानिय तहका जनप्रतीनिधी हरुको मुख्य जिम्मेवारी हो । अनाधिकृत रुपमा प्रयोग भएका सामाजिक संजाल,मिडिया हरुलाई नियमन तथ अनुगमन गर्दै स्थानिय तह को सन्चार निती निर्माण गरेर अघाडी बढेमा भबिश्य मा यस्ता घटना हरु नदोहोरिन्ने देखिन्छ अन्यथा सामाजिक सन्जाल दुरुपायोग कर्ताहरुको पहिलो शिकार स्थानिय जनप्रतीनिधीहरु रहीरहने पक्का छ ।

Facebook Comments Box