देवेन्द्र पौडेल चुलाचुली/इलाम जिल्लाको माङसेबुङ गाउपालिका वडा नम्बर ४ कि ३६ वर्षिय शान्ता राइ आर्थीक अभाबका कारण उपचार गराउन नसक्दा मर्नु न बाँच्नु को दोसाँधमा छिन ।

माङसेबुङ ४ स्थित आफ्नै घरमा खेतीपाती तथा पसुपालन गर्दै आएकी शान्ता राइ गत २०७९ जेष्ठ ६ गते बाख्रालाई घास काटने क्रममा रुखबाट लडेर टाउकोमा चोट लागेको थियो । उनका श्रीमान बैदेशिक रोजगारीमा गएका कारण स्ठानिय छरछिमेकी तथा आफन्त हरुले केहि महिना अस्पतालमा रखेर उपचार गराएता पनि उनको समस्या खासै निदान हुन सकेन ।

श्रीमतीको यो अवस्था देखेपछी बैदेशिक रोजगारी बाट फर्केका सुवासले धेरै अस्पताल लगे धेरै पैसा खर्च गरे तर श्रीमतीलाई पहिलाकै अवस्थामा ल्याउन सकेनन । मलिन मुद्रा मा सुवास भन्छन ८० लाख रकम सकियो अब भने चन्दा र सहयोग भन्दा अरु बिकल्प नै छैन म संग ।

मानसिक रुपमा सामान्य अवस्था रहेकी शान्ताले सारीरका कुनै पनि अंग आफै सन्चालन गर्न सक्दिनन हिडडुल त परै जावस आफै खाना समेत नसक्ने अवस्था रहेको ,उपचारको क्रममा टाउको भित्र रहेका केहि अंगहरु लाई पेटमा राखिएको र उक्त अंगहरु लाई पुन: पुरानै स्थानमा प्रत्यारोपण का लागी ७ लाख रुपैया लाग्ने श्रीमान सुवास राइ बताउछन र वहाँ को यो दर्दनाक अवस्थालाई देखेर चुलाचुली ४ आइतबारे निवासी धन बहादुर राइको नेतृत्व मा केहि आफन्त र साथीभाइ को सहयोगमा उनको उपचारका लागी रु २५ हजार आर्थीक सहयोग गरेको छ जसमा यु.ए.इ. बाट बिष्णु कुमारी राइले ५ हजार मलेशिया बाट कृष्ण राइले रु ५ हजार , कुवेत बाट माया लिम्बुले ५ हजार कुवेत बाटै मन कुमारी राइ ले ५ हजार नेपाल कै चन्द्र कुमारी राइले २ हजार साउदी अरब बाट गजेन्द्र लिम्बु ले ३ हजार गरी जम्मा नगद रु २५ हजार आज बिरामीका श्रीमान सुवास राइ लाई हस्ताण्तरण गरिएको हो ।

अत्यन्तै पौरखी र जागरिली स्वाभाब कि शान्ता को जन्म २०४६ साल बैशाख १२ गते धनकुटा को खोकुमा जन्मिनु भएकी २०७० सालमा माङसेबुङ ४ का सुवास राइ संग बिवाह बन्धनमा बाँधिनु भएको हो भने हाल वहाँहरुको साथमा ३ वर्षिय छोरी तायाङछा राइ रहेकी छन ।

Facebook Comments Box