सुकुना सामुदायिक बनको साधारण सभा सम्पन्न

देवेन्द्र पौडेल/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ३ स्थित सुकुना सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
श्री सुकुना सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भुवानी सम्शेर राइको अध्य्क्षता तथा चुलाचुली गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम कुमार श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशन तथा साधारणसभा मा सव डिभिजन बन कार्यलय चुलाचुली कि सह इन्चार्ज रिता योगी विशिष्ठ अतिथी हुनुहुन्थ्यो ।
कार्यक्रम को खुल्ला सत्रमा सामुदायिक बनले हालसम्म गरेका कृयाकलापका साथै आगामी दिनमा आइपर्ने समस्या र चुनौती तथा अवसर हरुका बारेमा समेत उक्त सधारण सभामा छलफल गरिएको थियो उक्त अवसर मा सामुदायिक बन उपभोक्ता समुहले अहिले सम्मको आयब्यय समेत सुनाइएको थियो । सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार २०७८ साल देखी हाल सम्म आम्दानी १ लाख ४४ हजार ३ सय ४८ रुपैया रहेको र खर्चमा रु १ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । २०७८ साल देखी अत्यन्तै निस्कृय समुह को रुपमा रहेको उक्त सुकुना सामुदायिक बन उपभोक्ता समुहले यो ५ बर्षे कार्यकाल मा एउटा कार्य योजना मात्रै तयार पारेको देखियो ।
कार्यक्रमको दोश्रो भागमा सामुदायिक बन उपभोक्ता समुहको कार्यसमिती पुन:गठन गरिएको छ उक्त पुनर्गठित समिती को अध्यक्ष मा ज्ञान बहादुर श्रेष्ठ उपाध्यक्ष खडग बहादुर राइ र नरबिर राइ रहनु भएको छ ।त्यसै गरी सचिब मा होम कुमारी राइ र सहा सचिब मा शर्मिला राइ कोषाध्यक्ष मा मन्जुला राइ रहनु भएको छ भने सदस्य हरुम कमला भट्टराइ पदम प्रसाद भुर्तेल सन्त कुमार राइ कोपिला माङलाक लिम्बु र दिर्घराज राइ रहनु भएको छ भनें सो भेला ले ५ सदसिय सल्लाहकार समिती समेत गठन गरेको छ ।
१ हजार १ सय ४९ हेक्टर क्षेत्रफल मा फैलिएको उक्त सामुदायिक बन उपभोक्ता समुहमा ६ सय ५२ घर धुरी समावेश रहेका छन । सो बन क्षेत्र ६ वटा खण्ड मा रहेको र सो बन क्षेत्र बाट ८ हजार ३ सय ९९ काठ क्यु फिट काट निकाल्न सकिने अनुमान गरिएको छ । सामुदायिक बन आफै मा स्वतन्त्र र जिम्मेवार निकाय हो तर सुकुना सामुदायिक बन आफै स्वतन्त्र तरिका ले हिडन नसक्दा हाल को अवस्थाअ मा पुगेको छ । बन आफै मा आम्दानी गर्न सक्ने समुह हो सामुदायिक बन उपभोक्ता समुहा ले आफ्ना निर्णय हरु स्थानिय उपभोक्ता हरु संग बसेर छलफल गर्दै अघाडी बढेमा पक्कै पनि आम्दानी को नयाँ श्रोत पहिचान गरेर समुह लाई आर्थी क पाटो मा समेत मजबुत बनाउन सकिने सम्भावना रहेको छ ।