जलवायु उत्थानशिल बारे दुइदिने गोष्ठी सम्पन्न
देवेन्द्र पौडेल चुलाचुली/चुरे उत्थानशिल प्रदेश आयोजना ब्यवस्थापन इकाइ इटहरीको आयोजना मा स्थानिय स्रोत ब्यक्तीहरु मार्फत समुदायमा आधारित संघसस्था हरुलाई जलबायु उत्थानशिल भु-उपायोग आयोजना बारे इलाम जिल्लाको चुलाचुली गाउपालिका स्थित ४ वटा सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरु बिच २ दिने गोष्ठी जेष्ठ ३१ गते सम्पन्न गरिएको छ ।
चुलाचुली गाउपालिका वडा नम्बर ५ स्थित बुकुवा सामुदायिक बन,देविधारा सामुदायिक बन,कन्चन्जंघा सामुदायिक बन र चुलाचुली ३ र ४ मा रहेको शिवालय सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरु बिच सन्चालन गरिएको सो २ दिने गोष्ठीको पहिलो दिन चुलाचुली ५ स्थित पन्चमुखेश्वर मन्दिरमा र दोश्रो दिनको गोष्ठी दमक स्थित भोजपुरे होटल मा सम्पन्न गरिएको हो ।
चुरे उत्थानशिल आयोजनाका बनबिज्ञ डाक्टर कृष्ण कुमार भुजेलले सहजिकरण गर्नु भएको सो दुइ दिने गोष्ठीमा मुख्य गरेर जलबायु परिवर्तन भएसँगै मौसममा आएको फेरबदल ले मानव जिवनमा परेका असरहरु, बिगतमा भएका भु-उपायोग र पछिल्लो अवस्था जलबायु परिवर्तन को असर पश्चातको भु-उपायोग को अवस्थाका बारेमा छलफल गर्नुका साथै त्यस्ता असर बाट प्रकृती,जल जमिन तथा मानबको जिवन यापनमा सहजता ल्याउन लाई स्थानिय स्तरमा के कस्ता कृयाकलाप हरु गर्न सकिन्छ र गर्न आवस्यक छ भन्ने बिषय मा छलफल समेत भएको थियो ।
कार्यक्रम मा सहभागी भए पश्चात आफ्ना अनुभब सुनाउदै चुलाचुली ५ स्थित देवीधारा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष अमर राइले भन्नु भयो सामुदायिक बन हरुले आफ्ना कार्ययोजना बनाउदा जलबायु उत्थानशिल भु-उपयोग को योजना समेत बनाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उनले थप्नुभयो स्थानिय सामुदायिक बनहरु खानेपानी घास दाउरा र स्वच्छ हावाको मुख्य श्रोत भएकाले यस्ता प्राकृतिक श्रोतहरु लाई कसरी संरक्षण र दिगो उपायोगिता गर्न सकिन्छ भन्ने कुरा २ दिने गोष्ठी ले सिकाएको वहाँको अनुभब छ ।
उक्त दुइ दिने गोष्ठीको औपचारिक समापनका अवसर मा बोल्दै सब डिभिजन बन कार्यालय चुलाचुली कि सह-इन्चार्ज सिता योगीले पछिल्लो समय बन क्षेत्रमा समाधिस्थलहरु बनाउदा कंकृटको प्रयोग बढिरहेकाले यसको न्युनिकरण गर्न स्थानिय लाई आग्रह गर्नु भयो । हाम्रो शरिर माटोमै मिलेर जाने हो जसले गर्दा हामिले निर्माण गरिने समाधिस्थलमा कंकृट को बिकल्प मा बहुबर्षे फलफुलका बिरुवाहरु लगाउन सके बातावरणिय हिसाबले एकदमै उत्कृष्ठ हुने बताउनु भयो ।
चुरे उत्थानशिल आयोजना नेपालको मध्य तथा पुर्वी चुरे क्षेत्रको उत्थानशिलता बृद्धीका लागी सन २०२० मा नेपाल सरकार बन बातावरण मन्त्रालय संग सम्झौता भइ सन २०२७ सम्म सन्चालन हुने आयोजना हो । हरित जलबायु कोश (ग्रीन क्लाईमेट फण्ड) को ३ करोड ८३ लाख र नेपाल सरकार को ८० लाख ४२ हजार अमेरिकि डलरको लगानीमा कोशी प्रदेशका इलाम,झापा,मोरङ सुनसरी र उदयपुर गरी ५ जिल्ला का १३ वटा नदी प्रणाली तथा मधेश प्रदेशका सप्तरी,सिराहा,धनुषा,महोत्तरी र सर्लाही गरी ५ जिल्लाका ८ नदी प्रणाली तथा बाग्मती प्रदेशको सिन्धुली जिल्लाको ५ नदी प्रणाली गरी जम्मा ११ जिल्लामा रहेका २६ वटा नदी प्रणाली अन्तरगत ७ लाख २० हजार ६ सय २० हेक्टर जमिन का ३२ लाख ३६ हजार २ सय ४८ जनसंख्या यो आयोजना बाट लाभान्वित हुने आयोजना का शेभगार्ड कृष्ण तिम्सिना ले जानकारी दिनु भयो ।
