देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा भुमी समस्या सामधान आयोग मार्फत ३१ जना स्थानियहरु लाई जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएको छ ।

चुलाचुली गाउपालिकाको प्राङगणमा असार ४ गते राष्टृय भुमी समस्या सामधान आयोगका केन्द्रियअध्यक्ष हरी प्रसाद रिजाल को प्रमुख आतिथ्यता मा एक बिषेस कार्यक्रमको आयोजना गर्दै सो जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएको हो । चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न भएको सो धनीपुर्जा बितरण कार्यक्रममा राष्टृय भुमी समस्या सामाधन आयोगका कोशी प्रदेश संयोजक अनिल रुद्र प्रसाइ,इलाम जिल्ला समान्वय समिती अध्यक्ष जय प्रकास राइ,राष्टृय भुमी समस्या सामधान आयोग इलाम जिल्ला अध्यक्ष प्रकस अधिकारी चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु लगायत चुलाचुली का सम्पुर्ण जनप्रती निधी हरुको उपस्थिती रहेको थियो ।

बार्सौ देखी बसोबास गर्दै जमिन चासभोग गर्दै आएता पनि उक्त जमिन को कानुनी स्वामित्व आफुले नपाएका कारण हरेक ठाउ मा समस्याअ झेल्दै आएका चुलाचुलीबासी लाई सरकार ले समेत जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्न भनें नचाहेको हैन । उक्त क्षेत्रको भुमी समस्या सामधानका लागी भनेर २३ वटा आयोग गठन गरी काम गर्ने प्रयास गरेता पनि बिविध कानुनी समस्याले गर्दा २०६४ सालमा मात्रै सो क्षेत्रका बासिन्दा लाई जग्गा धनी प्रमाण पत्र बितरण गरिएको थियो ।

सो जग्गा धनी प्रमाण पुर्जा बितरण कार्यक्रममा उपस्थित महानुभाबहरु लाई स्वागत गर्दै चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण बहादुर लावतीले यो दोश्रो चरणको लालपुर्जा बितरण कार्यक्रम २०६४ पश्चातको अधुरोअपुरो काम सम्पन्न गरिदै आएको र सो पुर्जा बितरण कार्यक्रमले स्थानिय स्तरका भुमी समस्याहरु हरु सामधान गर्दै आएको साथै यो बितरण कार्यक्रम लाई वडागत हिसाबले समावेसी तरिकाले बितरण गर्नसके स्थानिय जनप्रतीनिधी लाई सहज हुने थियो भन्नु भयो ।

२०६४ सालमा चुलाचुली क्षेत्रका अधिकांस बासिन्दाहरु लाई जोतभोग का आधारमा जग्गाधनी प्रमाणपुर्जा बितरण गरिएको सो समयमा बिविध कारणले अधुराअपुरा जग्गाधनी हरुलाई हाल आवस्यक प्रकृया पुरा गर्दै चरणबद्ध रुपमा प्रमाण पुर्जा बितरण गरी राखिएको छ । सोही क्रममा गत वर्ष भुमी ब्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठको उपस्थिती मा चुलाचुली का २३ जना जग्गाधनी हरुलाई लाल पुर्जा बितरण गरिएको थियो ।

हिजो को कार्यक्रममा बोल्दै राष्टृय भुमी समस्या सामधान आयोगका केन्द्रिय अध्यक्ष हरी प्रसाद रिजालले भन्नु भयो राज्यले भुमी समस्या लाई सामधनका लागी निर्माण गरेको आयोग मार्फत बिगतमा बिभिन्न कारणले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्न नसक्नु भएका महानुभाब हरु लाई अहिले आफुले भोगचलन गर्दै गरेको घर गोठ खेतबारी को जग्गाको स्वामित्व हस्तान्तरण गरिराखेको छ भन्नुभयो ।

२०६४ पश्चात चुलाचुली गाउपालिकामा २ चरण गरेर ५४ वटा जग्गा जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएको छ भने ६ सय जना भन्दा धेरै ले जग्गाधनी प्रमाण पुर्जाका लागी भगचलनको प्रमाण सहित निवेदन दिएका छन । यध्यपी सरकारले लाएको भुमी सुधार निती अन्तरगत जग्गाधनी प्रमाण पुर्जा बितरण गर्दा गरीब किसान हरुले भनें निर्धारित राजस्व भुक्तानीका लागी निक्कै कठिन भएको र राजस्व कै कारणले पनी कतिपय ले जग्गाधनी प्रमाण पुर्जा लिन नसकेको समेत पाइएको छ ।

Facebook Comments Box