देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित वडा बालसन्जाल ले “वडा बालसन्जाल क्षमता तथा नेतृत्व बिकाश” अन्तरगत ५ दिने उदघोषण ,प्रतिवेदन लेखन तथा माइन्युट लेखन तालिम सम्पन्न गरेको छ ।

चुलाचुली गाउपालिका २ नम्बर वडा कार्यालयको आर्थीक सहयोगमा सन्चालित सो ५ दिने तालिमको आज समापन गर्दै सहभागीहरु तथा प्रशिक्षकहरु लाई प्रमाण पत्र समेत बितरण गरिएको हो । वडा नम्बर २ भित्र रहेका ४ वटा बिद्यालयका विद्यार्थी हरुले सहभागिता जनाएको सो तालिम का लागी वडा कार्यालय ले रु. ५० हजार बिनियोजन गरेको थियो भने सो कार्यक्रम को ब्यवस्थापन श्री पन्चकन्या आधारभुत बिद्यालय ले गरेको हो ।

आज सम्पन्न औपचारिक समापन कार्यक्रम को सभाध्यक्ष २ नम्बर वडा बाल सन्जाल कि अध्यक्ष रिस्ता खनाल हुनुहुन्थ्यो भने कार्यक्रम को प्रमुख अतिथी चुलाचुली गाउ कार्यपालिका सदस्य पदमा कुरुङ्फाङ का साथै विशिष्ठ अतिथीहरु मा २ नम्बर वडा सदस्यहरु मैत बहादुर लिम्बु ,जोगमाया नेपाली महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता पोख्रेल लगायत को उपस्तिती रहेको थियो ।

प्रशिक्षक द्वय बलिभद्र कोइराला र गिरिराज भट्टराइले सहजिकरण गर्नु भएको सो ५ दिने तालिम एकदमै उपलब्धी मुलक रहेको तालिम मा सैदान्त्तिक ज्ञान मात्रै नभएर ब्यावहारिक ज्ञानमा आधारित शिप सिक्न पाएका छौ भन्नु भयो तालिममा सहभागी दिब्यासा कार्की डोली ले । त्यसै गरी तालिममा आएका सहभागी हरु एक्दमै उत्साहित र इमान्दरी भएकाले तालिम सोचे भन्दा उत्कृष्ठ र सफल भएको बताउनु भयो प्रशिक्षक गिरिराज भट्टराइ ले ।

चुलाचुली गाउपालिका लाई बालमैत्री पालिका घोषणा गर्ने तयारी भइरहेको अवस्थामा २ नम्बर वडा समेत बाल मैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको अवस्थामा बालबालिका लक्षित कार्यक्रम हरुलाई प्राथमिकता का साथ तिब्रता दिइएको छ ।

Facebook Comments Box