देवेन्द्र पौडेल चुलाचुली / इलाम को चुलाचुली गाउपालिका वडा नम्बर २ स्थित चुलाचुली आधारभुत अस्पताल भौतिक संरचना मा अब्बल रहेता पनि सेवा प्रवाह मा भनें दुर्बल रहेको तथ्य प्रमाणित भएको छ ।

भौतिक सुबिधा सम्पन्न अस्पतालमा अत्यावस्यक सामाग्री हरु भने अभाब रहेका छन । सामान्यतय अस्पताल सन्चाल्न गर्नुपुर्व नै तयार रहनु पर्ने सामाग्रीहरु समेत अस्पताल मा भेटिदैन । उपलब्ध सेवाहरुको सुचीमा धेरै सुबिधाहरु उल्लेख भएता पनि सामान्य एक्स रे मेसिन समेत खराब हुँदा ३ दिन सम्म सेवा प्रवभावित हुन्छ । हास्यास्पद कुरा त के छ भने अस्पताल मा बैकल्पिक बिधुतिय श्रोत सन्चालन अवधी १ बर्ष भन्दा धेरै समय हुँदा समेत ब्यवस्था गरिएको छैन । स्थानिय जनप्रतीनिधी ले दिएको जानकारी अनुसार जेनेरेटर खरिदका लागी बिनियोजित रु. १० लाख समेत आ व २०८१/८२ को गाउसभामा रकमान्तर गरेर अन्यत्र खर्च गरियो ।

स्वास्थ्य जस्तो गम्भिर क्षेत्रमा यसरी लापरवाही गर्दा स्थानिय बासिन्दाहरु को उपचार बापत को ठुलो रकम अन्य जिल्लामा जाने तथा स्थानिय लाई ब्ययभार समेत बढने गरेको छ । हुन त अस्पताल सन्चालन पस्चात बिभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाहरु संग स्थानिय सरकार सम्बन्धित शाखा हरुले बिभिन्न रोग लक्षित कार्यक्रम हरु सन्चालन गरी नै राखेको छ ,अस्पतालमा आवधिक कार्यक्रमहरु संगै स्थायी प्रकृती का सेवा सुबिधा हरु सन्चालन गर्नु जरुरी छ । नेपाल सरकार को एक पालिका एक अस्पताल निती अनुरुप स्थानिय अस्पताल मै स्थानिय बासिले आधारभुत सेवा सुबिधा पाउनु पर्छ भन्ने हो तर सो निती अनुरुप चुलाचुली का जनता प्रती स्थानिय,प्रदेश तथा संघिय तिनै तहका जनप्रतीनिधी हरु उदासिन भएको पाइएको छ । गत जेष्ठ १ गते कोशी प्रदेश सरकार ले ल्याएको आ व २०८२/८३ को बजेट मा चुलाचुली गाउपालिका ले ३० करोड माथी रकम को ५० वटा भन्दा धेरै योजना हरु प्राप्त गर्‍यो तर सिङ्गो चुलाचुलीको स्वास्थ्य क्षेत्रको आशा अनि भरोशा को केन्द्र मानिएको चुलाचुली अस्पतालका लागी कत्ती पनि बजेट बिनियोजन भएन भनें संघिय बजेटले पनी उक्त अस्पताल लाई उपेक्षा गरेको पाइएको छ । त्यसतै भएको बजेट समेत रकमान्तर गर्ने स्थानिय तहले सो अस्पताल लाई कायापलट गर्ने बजेट बिनियोजन गर्ला भन्ने गुन्ज्यास समेत देखिदैन जनता प्रती सरकार उत्तरदायी हुनुपर्ने शिक्षा,स्वास्थ्य खानेपानी जस्ता कुराहरु मा तिनै तहका सरकारहरु यसरि उदासिन भइदिदा स्थानिय हरु दु:खित छन ।

स्थानिय बुद्धिजिवी हरुले भने अस्पताल लाई बजेट संघ तथा प्रदेश बाट बिनियोजन नहुनु मा ८४ लक्षित र राजनितिक रंगका कारण जुंगाको लडाइ समेत भएको भन्ने गरेका छन । उनिहरुका अनुसार कोशी प्रदेश बाट त्यती धेरै योजना अरु चुलाचुली गाउपलिका मा आउँदा वडागत समावेशिता नभएको र आवस्यकताका आधार मा भन्दा पनि राजनितिक पहुंचका आधारमा योजना छनौट तथा बजेट बिनियोजन भएको आरोप छ यद्धपी उक्त आरोप आंसिक रुप मा पुस्ट्याइ गर्ने केहि आधार हरु भएता पानी सम्बन्धित पक्षको धारणा भने बुझ्न बाकी नै रहेको छ ।

सरकारले यती ठुलो रकम लगानी गरेर सन्चालनमा ल्याएको अस्पताल मा पुर्ण सुबिधा उपलब्ध गराउन सबै सम्बन्धित निकाय,ब्यक्ती संघ सस्था लागीपर्नु पर्ने जरुरी छ अन्यथा सरकारी लगानी एकातिर र स्थानिय बासीहरु सेवा लिन अर्कातिर जानु पर्ने बाध्यता आए दुर्भाज्ञ हुने साथै जसलाई लोकतान्तृक पद्धति अनुसार कर्तब्य र जिम्मेवारी दिएर सम्बन्धित ठाँउको जिम्मेवार ब्यक्ती बनाइएको छ उसले सुझाबुझ का साथ आफ्नो जिम्मेवारी निर्वाह नगरे त्यसको परिणाम आगामी दिन मा देखिने निश्चित छ ।

Facebook Comments Box