चुलाचुली मा आधारभुत स्काउट तालिम सम्पन्न

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ आइतबारे स्थित श्री बालज्योती माध्यमिक बिद्यालय मा १०९ औ बि टि सि तथा ४५१ औं पि टि सि आधारभुत स्काउट तालिम सम्पन्न भएको छ ।
चुलाचुली स्थानिय स्काउट कार्यालयले आयोजना गरेको उक्त बन्द शिविर प्रशिक्षण ५ रात ६ दिन सम्म सण्चालन भएको हो । गत असार ३ गते देखी ८ गते सम्म सन्चालित सो तालिममा चुलाचुली गाउपालिका का १९ जना स्काउट शिक्षक तथा १७ जना अन्य पालिकाका गरी कुल ३६ जना को सहभागिता रहेको थियो भने सो तालिम लाई कोर्ष लिडरहरु सिवानी देवान र नारायण श्रेष्ठ ले तयार पारेको कोर्ष लाई ८ जना काउन्सिलर हरुले सहभागी प्रशिक्षार्थी हरुलाई प्रशिक्षण दिनुभएको थियो ।
बिद्यालय स्तरमा स्काउटका इकाइहरु सन्चालन का लागी आयोजित उक्त तालिमका बारेमा बोल्दै तालिम कोर्ष लिडर तथा नेपाल स्काउट सहायक राष्टृय प्रशिक्षक शिवानी देवान ले भन्नुभयो यो तालिम बिद्यालयमा अध्यायनरत बालबालिका हरुका लागी हो तर बालबालिका को सहयोगका लागी प्रौढहरु समेत आवश्यक परेको हुनाले स्काउट शिक्षकहरु सो तालिममा सहभागी भएका र तालिम पश्चात वहाँहरुले बिद्यालय स्तरिय स्काउट इकाइ गठन गर्न सक्ने कुरा बताउनु भयो ।

तालिमको अन्तिम रात असार ७ गते साँझ क्यामफायरिङ्ग को आयोजना गरिएको थियो । सो क्यामफायरिङ्गमा स्थानिय चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ का साथै बिभिन्न वडाका वडाध्यक्ष हरुका अलवा चुलाचुली गाउपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रको समेत उपस्थिती रहेको थियो भने सो क्यामफायर मा नेपाल स्काउट कोसी प्रदेश , प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी,प्रदेश शैक्षिक पद्धति आयुक्त तथा ४५१ औं पिटिसी कोर्ष लिडर सिवानी देवानका साथै प्रदेश परिषद सदस्य तथा बिटिसी ६०९ औं कोर्ष लिडर नारायण श्रेष्ठको समेत उपस्थिती रहेको थियो । उक्त क्याम फायरिङ्ग मा तालिम मा सहभागी प्रशिक्षार्थी हरुले सामुहिक तथा एकल रुपमा बिभिन्न प्रस्तुती हरु दिदै रमाइलो समेत गरिएको थियो ।
उक्त ६ दिने तालिमको समापन को अवसर पारेर असार ८ गते चुलाचुली गाउपलिका अध्यक्ष राजेन्द्र केरुङ लाई स्थानिय स्काउट संरक्षक का रुपमा त्यसै गरी चुलाचुली गाउपालिका उपाध्यक्ष दिल कुमारी लावती लिम्बुलाई स्थानिय स्काउट प्रमुखका रुप मा र शिक्षा युवा तथ खेलकुद शाखा प्रमुख राम प्रसाद मिश्र लाई स्थानिय परीषद सदस्य सचिबका रुपमा स्काउट कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी ले स्काउट प्रतिज्ञा गराएर ब्याज तथा स्कार्फ हस्तान्तरण गर्दै दिक्षित गर्नु भएको थियो ।

२००९ सालमा स्थापना भएको नेपाल स्काउटले बालबालिका लाई जनसेवामुखी बनाउदै कर्तब्य पारायण अनुशासित, स्वाबलम्वि,चरित्रवान बनाउने कोशीसका साथै दैवीप्रकोपमा परेका मानिस हरुको उद्धार कर्मका लागी समेत स्काउट दलको प्रयोग गरिदै आएको छ । चुलाचुली गाउपालिका भित्र रहेका प्राय सबै बिद्यालय हरुमा स्काउट एकाइहरु रहेतापनि हाल सम्म स्थानिय स्तर को कुनै पनि मानविय सेवाको काम मा परिचालन गरिएको छैन । उक्त तालिमले पश्चात भनें यस्ता कृयाकलापमा चुलाचुली कै स्थानिय स्काउट दल देखिन पाइने भएको छ ।