देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका भित्र रहेका आदिवासी जनजाती हरुको हकहित र अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

आदिवासी जनजाती समन्वय समिती चुलाचुली को आयोजना मा गत असार ७ र ८ गते सम्पन्न सो कार्यक्रम चुलाचुली गाउपालिका वडा नम्बर ३ को सभा हल मा भएको हो भनें उक्त दुइ दिने प्रशिक्षण कार्यक्रम लाई आदिवासी जन जाती महासंघ १ नम्ब र प्रदेश अध्यक्ष पारस मणी राइ तथा झापा जिल्ला पुर्व अध्यक्ष प्रेम घिसिङ्ग ले सहजिकरण गर्नु भएको थियो ।

आदिवासी जनजाती कसलाई भन्ने यसका मापन गर्ने सुचांक हरु के कस्ता रहेका छन । बर्तमान राज्य ब्यवस्था मा आदिवासी जन जाती हरुका लागी सुरक्षित गरिदिएका बिभिन्न अधिकार र सेवाअ सुबिधा हरुका बारेमा समेत कार्यक्रम मा उपस्थित महानुभाब हरुलाई जानकारी गराइएको थियो ।

उक्त दुइ दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्नु को उद्धेस्य र औचित्य का बारेमा बोल्दै चुलाचुली गाउपालिका आदिवासी जन जाती सम न्वय समिती का अध्यक्ष मिलन राइले भन्नु भयो चुलाचुली गाउपालिका भित्र ठुलो संख्या मा बसोवास गर्ने आदिवासी जना जाती हरुले आफ्ना हक अधिकार हरु , आफ्ना मुद्धा हरु का साथै आदिवासी जन जाती हरु लाई आर्थी क समाजिक तथा राजनितिक हिसाब ले कसरी मजबुत बनाउन सकिन्छ भन्ने बिषय मा प्रशिक्षक मार्फत सहभागी हरुलाई प्रशिक्षण गराइएको ब ता उनु भयो ।

उक्त प्रशिक्षण कार्यक्रम मा चुलाचुली गाउपालिका का बिभिन्न वडाहरु बाट ७० जना भन्दा धेरै को सहभागीहरु उपस्थित भएका थिए । चुलाचुली गाउपालिका को २३ हजार १ सय ५७ जना जनसंख्या मध्य सबै भन्दा धेरै लिम्बु ६ हजार १ सय ५३ जना तथा दोश्रो मा राइको जनसंख्या ६ हजार १९ जना छ रहेको । गाउपालिकामा आदिवासी जनजाती हरु को जम्मा जनसंख्या १८ हजार ३ सय ७१ जना को संख्यामा रहेको मा नेपाल सरकारले सुचिकृत गरेको आदिवासी जनजाती हरु ६० वटा जातजाती हरु मध्य चुलाचुली गाउपालिका मा ६ वटा जातजाती हरु राइ,लिम्बु,कुलुङ,मगर,नेवार तथा तामाङ रहेका छन ।

Facebook Comments Box