देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका ले आ.व. २०८२/८३ का लागी ४५ करोड ७० लाख १५ हजार ८ सय ३७ रुपैया को अनुमानित बजेट गाउ सभा बाट सर्वसम्मत पारित गरेको छ ।

असार १० गते चुलाचुली गाउपालिका को सभा हलमा आयोजित चुलाचुली गाउपालिका गाउँ सभाको १६ औं अधिवेशन ले आर्थीक वर्ष २०८२/८३को वार्षिक निती तथा कार्यक्रम र बजेट समेत पास गरेको हो । चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङले सभा समक्ष आ व २०८२/८३ को वार्षिक निती तथा कार्यक्रम पेश गर्नु भएको थियो भने प्रस्तुत निती तथा कार्यक्रम माथी छलफल को कार्यक्रम मा चुलाचुली गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष पुर्ण कुमार लावती ले गाउपालिका को भौगोलिक सिमा बिवाद,प्राङगारिक कृषी प्रणाली बिकासका बिषय मा संशोधन प्रश्ताब पेश गर्नु भएको थियो ।

अध्यक्ष केरुङले नयाँ निती तथा कार्यक्रम मा आर्थीक बिकास,सामाजिक बिकास,पुर्वाधार बिकास,बन वातावरण तथा बिपद ब्यवस्थापन,सस्थगत बिकास,सेवाप्रवाह र सुशासन र बिविध बिषय भित्रका बिभिन्न नयाँ तथा पुराना निती तथा कार्यक्रम हरु सभा समक्ष पेश गर्नु भएको हो । आ.व. २०८२/८३ को नयाँ निती तथा कार्यक्रम मा स्थानिय स्तर मा उत्पादन हुने लोकल रक्सी लाई ब्रान्डीङ्ग गर्ने , तरकारीमा आत्मनिर्भरता का लागी गाउपालिका मा हाम्रो भान्छा हाम्रै तरकारी स्वस्थ्य जिवनका लागी आफ्नै करेसाबारी कार्यक्रम लागु गरिने,पालिका मा सन्चालित सबै किसिम का सामुदायिक बिद्यालय हरुलाई १२ कक्षा सम्म सन्चालन का लागी पहल गरिने,बुहारी शिक्षा कार्यक्रम लाई निरन्तरता दिइने, आधारभुत अस्पताल लाई अत्याधुनिक उपकरण सहित बिशेषज्ञ डाक्टर को सेवा उपलब्ध गराइने ,आफ्नो टोल आफै गरौ सरसफाइ स्वच्छ वातावरण स्वस्थ्य बसाइ अभियान चलाउने, महिला समुह द्वारा उत्पादित दुनाटपरा हरु लाई आवश्यक बजारिकरण मा सहयोग गरिने,गाउपालिका मा अपाङ्गता ऐन तर्जुमा गरिने, गाउपालिका को स्थानिय सन्चार निती निर्माण गरिने लगायत का कार्यक्रम हरु रहेका छन भने उक्त नयाँ निती तथा कार्यक्रम लाई गाउसभा मा बहुमत ले पारित गर्दै सभाका सभाध्यक्ष राजेन्द्र केरुङ ले कार्यान्वयन का लागी सभाका सचिब बिकास बि क समक्ष टेवल गरिएको छ ।

त्यसै गरी गाउपालिका उपाध्यक्ष दिल कुमारी लिम्बु योङहाङ ले गाउसभा समक्ष आ.व. २०८२/८३ का लागि तयार पारिएको आनुमानित आय-ब्यय सहित को बजेट बक्तब्य प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत बजेट माथी चुलाचुली गाउपालिका वडा नम्बर ५ का वडा सदस्य राम प्रसाद नेपालले न्यायिक समितीको बिषयमा र २ नम्बर वडाका वडा सदस्य मैत बहादुर लिम्बु ले चुलाचुली आधारभुत अस्पतालका बिषय मा ल्याइएको बजेट माथी संशोधन प्रस्ताब राख्नु भएको हो भने आवस्यक छलफल पश्चात सो नयाँ बजेट बक्तब्य लाई समेत सभाले सर्वसम्मत पारित गर्दै सभाका सचिब समक्ष टेवल गरिएको छ । उक्त गाउसभा को अन्तिम कार्य सुची अन्तरगत समसामयिक बिषय मा सभाका सदस्यहरु ४ नम्बर वडा सदस्य निर बहादुर राइ , कार्यपालिका सदस्य नरेन्द्र कुमार वान्तवा , बिष्णु माया बिश्वकर्मा लगायतले आ आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो ।

चुलाचुली गाउपालिकाले गत आ.व. मा ४८ करोड ८९ लाख ५७ हजार ८ सय ७४ रुपैया को अनुमानित बजेट प्रस्तुत गरेको थियो भनें जेठ मसान्त सम्म गाउपालिकामा वास्तबिक आय ३७ करोड ६१ लाख ३७ हजार रहेको छ र उक्त वातबिक आय मध्य जेठ मसन्त सम्म ५९ दसमलब २२ प्रतिशत यानिकी २२ करोड २७ लाख ४८ हजार ३ सय ११ रुपैया खर्च भइ सकेको छ ।

Facebook Comments Box