चुलाचुली मा बेँठी लगाउदै धान दिवस मनाइयो

देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका मा बिभिन्न कार्यक्रम हरु गर्दै २२ औ राष्टृय धान दिवस तथा असार १५ भब्यताका साथ मनाइएको छ ।
अखिल नेपाल किशान महासंघ चुलाचुलीको आयोजनामा चुलाचुली ३ देउराली स्थित देउमान गिरी तथा दिपक दहालको खेत मा बेठी लगाउदै बाजागाजा सहित धान दिवस मनाइएको हो ।
किसान हरुको हौसला बढाउन र धान को उत्पादन तथा उत्पादकत्व बृद्धिका लागी २०६१ साल देखी असार पन्ध्र लाई राष्टृय धान दिवस का रुपमा मनाउदै आइएको छ ।
चुलाचुलीमा हिजो सम्पन्न धान दिवस तथा असार पन्ध्र लाई थप उत्साहजनक बनाउन का लागी कोशी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री राम बहादुर रानाको समेत उपस्थिती रहेको थियो । त्यसै गरी सो रोपाइ कार्यक्रममा चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ,उपाध्यक्ष दिल कुमारी लावती का साथै इलामको फाकफोक थुम गाउपालिका अध्यक्ष दीपेन्द्र खनाल को समेत उपस्थिती रहेको थियो भनें सो अवसर मा चुलाचुली क्षेत्र भित्र कृषीकर्म जसमा पनि धान उत्पादन मा बिशेस योगदान गर्ने किशान हरु लाई सम्मान समेत गरिएको थियो ।
उक्त सामुहिक धान रोपाइ गर्नुको साथै २२ औ धान दिवस मनाउनु को मुख्य उद्धेश्य भनेको खाधबालिमा सघनाता र धान बालिको उच्चतम प्रयोग का लागी साथै उत्पादनमा बढी जोड दिनका लागी यसरि धान दिवन मनाइएको बताउनु हुन्छ अखिल नेपाल किशान महासंघ इलामका अध्यक्ष महानन्द ओझा । वहाँका अनुसार अखिल नेपाल किशाम महासघले किशानहरु लाई आवश्यक पर्ने सिचाइ मलखाद आवश्यक बिशादी हरुको सहजताका लागी स्थानिय प्रदेश तथा सघिय सरकारहरु संग समेत समान्वय र सहजिकरण गर्दै आएको बताउनु भयो
त्यसैगरी २२ औ धान दिवस मनाउने क्रममा चुलाचुलीका बिभिन्न बिद्यालयहरु ले समेत विद्यार्थीहरु का साथमा खेतमा रोपाइ गर्दै मनाएका छन । चुलाचुली गाउपालिका वडा नम्बर १ स्थित श्री जन ता माध्यमिक बिद्यालय र इमोर्टल एकेडेमी, चुलाचुली ४ स्थित चुलाचुली बोर्डिङ स्कुलले बिविध कार्यक्रम गर्दै धान दिवस मनाएका छन ।
चुलाचुली १ स्थित जनता माध्यमिक बिद्यालय र इमोर्टल एकेडेमीले गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ को उपस्थितीमा संयुक्त रुपमा विद्यार्थीहरु संग खेतमा रोपाइ गर्दै असार पन्ध्र मनाएको हो । विद्यार्थी हरुलाई कक्षा कोठा भन्दा बाहिरको प्रयोगात्मक कक्षा अन्तरगत धान रोपाइ कसरी गरिन्छ,धानको महत्व मानिसको जिवनमा कतिको महत्वपुर्ण छ भन्ने जस्ता कुराहरुको प्रयोगात्मक कृयाकलापका लागी धान दिवसमा धान रोप्ने कार्यक्रम राखिएको बताउनु हुन्छ इमोर्टल एकेडेमी का पृन्सिपल रोहित सुवार ।
२२ औ धान दिवस लाई भब्यताका साथ मनाउने क्रममा चुलाचुली १ स्थित जनचेतना कृषी सहकारीले पनि सामुहिक धानरोपाइ गरेको छ त्यसै गरी नेकपा माओबादी केन्द्र चुलाचुलीले सहिद परिवारहरुको घरमा गएर सामुहिक धान रोपाइ गर्दै धान दिवस मनाएको छ ।
खाध्य बस्तुमध्य मुख्य रुपमा लिइने चामलको श्रोत धान उत्पादनमा चिन पहिलो नम्बर मा रहेको छ भने भारत दोश्रो नम्बर मा रहेको छ र नेपाल को अवस्था भने धान उत्पादन गर्ने मुलुक मध्य १४ औ नम्बर मा रहेको छ ।
इलाम जिल्लको मुख्य धान उत्पादन हुने पालिकाको रुप मा चिनिएको चुलाचुली गाउपालिकामा कती क्षेत्रफलमा धानखेती गरिन्छ भन्ने कुनै आधिकारिक तथ्याङ्कगाउपालिका कृशि बिकाश शाखा संग नभएता पनि २ हजार १ सय हेक्टरमा धान खेती गर्ने गरेको अनुमान छ । धान उत्पादनका लागी अत्यन्तै उपयुक्त माटो चुलाचुलीमा रहेकाले आवस्यक तथ्याङ्क संकलन गरी दिर्घकालिन योजना तय गरेर सिचाइको ब्यवस्था गर्दै आधुनिक प्रविधी र सिपको बिकास गरी सो क्षेत्रमा धान खेती गरेमा स्थानिय हरुको आर्थी क अवस्था मजबुत हुने देखिन्छ ।