सरसफाइ अभियान मा जुटदै स्थानिय सरकार

देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका वडा नम्बर ४ स्थित चुलाचुली कै मुख्य स्थानिय बजार आइतबारे बजारमा आज असार २० गते ब्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
स्थानिय सकृय युवा युनिट र चुलाचुली गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा गरिएको सो सरसफाइ कार्यक्रम मा चुलाचुली गाउपालिका अध्यक्ष राजेन्द्र केरुङ,उपाध्यक्ष दिल कुमारी लिम्बु,स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाल,४ नम्बर वडाध्यक्ष सागर जबेगु लगायत स्थानिय बासीको उपस्थितीमा सो सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । बर्षात सुरु भए सँगै लामखुट्टे बढने र यसले बिभिन्न प्रकारका रोगहरु मानिस मा सार्ने भएकाले मुख्यतय लामखुट्टे को लार्भा नष्ट गर्नुका साथै स्थानिय बजारको सौन्दर्यता थप्नका लागी र बजारलाई ब्यवस्थित तथा सफा राख्नका लागी सरसफाइ कार्यक्रम आवश्यक रहेको र जुन सरसफाइ कार्यका लागी आइतबारे बजार ब्यवस्थापन समिती ले सहजिकरण गरेको थियो ।
घनाबस्ती भएका क्षेत्र हरुका साथै मानिसको आवतजावत बाक्लो हुने क्षेत्र हरुमा मनसुन सुरु भए संगै अब्यवस्थित रुपमा फालिएका बोलतहरु, पानीका जार हरुमा,टायर लगायतका सामाग्री मा लामखुट्टे का लार्भाहरु हुर्कने र समुदायमा मलेरिया,डेङ्गु जस्ता किटजन्य रोग हरुको महामारी बढने भएकाले यसको नियन्त्रण का लागी यो सरसफाइ कार्यक्रम सन्चालन गरिएको बताउनु हुन्छ चुलाचुली गाउपालिका श्वास्थ्य शाखा का प्रमुख दुस्यान्त दहाल ।
चुलाचुली ४ मा रहेको आइतबारे बजारमा किराना,फार्मेशी,मोटरसाइकल ज्ञारेज,सैलुन फ्रेश हाउस,टेलरिङ्ग,होटल,डेरी लगायत का ३० भन्दाअ धेरै ब्यापारी हरुले ब्यावसारी गर्दै आएक छन ,पछिल्लो समय सो बजार बाट पनी फोहोर मैला प्रसस्तै उत्सर्जन भइरहेका ले भविश्य मा फोहोरको समस्या नहोस भन्नका लागी अहिले देखी नै बजारबासी तथा ब्यावसायीहरु लाई फोहोरमैला लाई ब्यवस्थित गर्नु पर्छ भन्ने सन्देश सहित लामखुट्टे द्वारा लाग्ने बिभिन्न रोगहरुको नियन्त्रणका लागी समेत यो सरसफाइ कार्यक्रम सन्चालन गरिएको बताउनु हुन्छ चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ । साथै वहाँले थप्नुभयो चुलाचुली गाउपालिका मा फोहोरमैला को कुनै पनि समस्या भबिश्यमा नआओस भन्नका लागी स्थानिय सरकार ले वडा नम्ब र १ र २ का लागी एउटा तथा वडा नम्ब र ३ ,४ ,५ र ६ का लागी एउटा गरी जम्मा २ वटा ल्याण्डफिल्ड साइड का लागी अध्ययन सुरु गरेको समेत जानकारी दिनु भयो ।
चुलाचुली गाउपालिकामा समेत दिनानुदिन मानबबस्ती बाक्लिदै गएका कारण ब्यापारिक केन्द्र हरु समेत बृद्धी हुनुले स्थानिय बासी लाई बिभिन्न पक्षमा सहजता आइरहेता पनि हालसम्म खासै समस्या को रुपमा देखा नपरेको फोहोरमैला अब भने समस्या बनेर स्थानिय बासी तथा सरोकारवाला निकाय हरुलाई चुनौती दिदै खडा हुन थालेका कारण यसको दिर्घकालिन सामधान का लागी स्थानिय बासी,बुद्धिजिवी,बातावरण संरक्षण क्षेत्रमा काम गर्ने संघसस्था लगायत स्थानिय सरकार ले समेत चासो दिनु पर्ने अवस्था आएको छ । अन्यथा फोहोर मैला ब्यवस्थापन चुलाचुली गाउपालिकाका लागी डरलाग्दो समस्याअ बनेर आउने प्रवल सम्भावना देखिन्छ ।