देवेन्द्र पौडेल चुलाचुली/ इलामको चुलाचुली गाउपालिका मा हिजो असार २२ गते पत्रकारिता क्षेत्रको सवलिकरण मा स्थानिय तहको भूमिका बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्राली माङसेबुङ इलामको आयोजना तथा चुलाचुली गाउपालिका को सहकार्य मा आयोजित सो अन्तरकृया कार्यक्रम मा स्थानिय तह ले पत्रकारिता क्षेत्र को बिकास र प्रवा र्द्ध न मा गरिरहेका र गर्न सकिने सहयोग र सहकार्य का बिषय मा छलफल तथा अन्तरकृया गरिएको हो ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि. का प्रवन्ध्क राम कुमार योङहाङ को अध्यक्षतामा सम्पन्न सो अन्तरकृया कार्यक्रम मा चुलाचुली गाउपालिका का अध्यक्षा राजेन्द्र केरुङ प्रमुख अतिथी हुनुहुन्थ्यो भने उपाध्य्क्ष दिल कुमारी योङ्हाङ विशिष्ठ अतिथी हुनुहुन्थ्यो । बालकृष्ण बस्नेतले उपस्थित सम्पुर्ण लाई स्वागत गर्दै स्वागत मन्तब्य राख्नु भएको सो औपचारिक कार्यक्रममा चुलाचुली गाउपालिका वडा नम्बर ३ वडाध्यक्ष प्रेम श्रेष्ठ ,४ नम्बर वडाध्यक्ष सागर जबेगु का साथै दमक पत्रकार मन्चका अध्यक्ष कमन देवान,हिमशिखर टेलिभिजन का उमानाथ भण्डारी,उज्यालो खबर का सुदिप अधिकारी,नयाँपत्रीका दैनिकका चिरन्जिवी घिमिरे लगायत २ दर्जन भन्दा धेरै पत्रकार हरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष दिल कुमारी लिम्बु योङ्हाङ ले पत्रकारिता क्षेत्रलाई अब्बल र मजबुत बनाउन का लागी स्थानिय चुलाचुली गाउपालिका ले आ व २०८२/८३ देखी स्थानिय सन्चार निती बनाएर ब्यवथित गर्दै लागिने बताउनु भयो । गाउपालिकाका केहि जिम्मेवार ब्यक्ती हरुले पत्रकार र पत्रकारिता लाई प्रभाब र दवाबमा पार्दै पत्रकारिता क्षेत्रको सवलिकरण भन्दा पनि सिमित पतकार हरुलाई खुशी बनाउन का लागी बजेट छुट्याउन पहल गर्ने गरेको बताउनु भयो । त्यसै गरी कार्यक्रम मा शुभकामना मन्तब्य राख्दै दमक पत्रकार मन्चका अध्यक्ष कमन देवानले चुलाचुली गाउपालिका मा ढिलाई भए पनि स्थानिय सन्चार निता आउन लागेको मा खुशी ब्यक्त गर्नुभयो ।

आयोजकले तयार पारेको छलफलका एजेण्डाहरु माथी बोल्दै स्थानिय पत्रकार रुद्र गिरीले भन्नु भयो राज्यको चौथो अङ्ग पत्रकारिता र पत्रकारहरु आफै राजनितिक दलहरुमा लेपासिन जाने भएकाले राजनितिक दलहरुले पत्रकारिता लाई दुरुपयोग गर्ने गरेको बताउनु भयो । त्यसै गरी नयाँपत्रीका का चिरन्जिवी घिमिरेले चुलाचुली गाउपालिका बाट प्रवाह हुने बिभिन्न सेवा हरुका बारेमा सुचना अधिकारी लाई सुचना मागेको २० दिन बितिसक्दा पनि सुचना प्राप्त नभएको बताउनु भयो । त्यसै गरी स्थानिय पत्रकार निशेस राइले चुलाचुली गाउपलिका को १६ औ गाउसभा बाट स्थानिय सन्चार निती निर्माण गर्ने निती तथा कार्यक्रम ल्याएकोमा गाउपालिका लाई धन्यवाद दिनु भयो । कार्यक्रम का प्रमुख अतिथी राजेन्द केरुङले आफ्नो मन्तब्य राख्ने क्रममा पत्रकारहरु पत्रकार को कार्ड झुण्डयाएर राजनितिक दल को मुखपत्र हुन नहुने बताउनु भयो । राज्य ले चौथो अङ्गको रुपमा सम्बोधन गरेको पत्रकारिता लाई स्थानिय चुलाचुली गाउपालिकाले पनि उत्तिकै प्राथमिकतामा राखेको र स्थानिय सन्चार गृह तथा पत्रकारहरुको बृत्ती बिकास र ब्यावसायिकतामा स्थानिय सरकारले पुर्ण सहयोग गर्ने बताउनु भयो । चुलाचुली गाउपालिका भित्र रहेका मिडिया तथा पत्रकार हरुले चुलाचुली गाउपालिकाले प्राप्त गरेका ठुला-ठुला सफलताहरु लाई समेत समाचार नलेखेको मा गुनासो पोख्नुभयो ।

पत्रकारिता क्षेत्रको सवलिकरण का सन्दर्भ मा यस्तो प्रकृतीको कार्यक्रम चुलाचुली गाउपालिका मा पहिलो पटक सन्चालन भएको हो । नेपाल पत्रकार महासंघ इलाम शाखा तथा पत्रकार जन्य संघ सस्थाहरु को संयुक्त पहल मा इलाम का ८ वटा स्थानिय तह हरुले स्थानिय सन्चार निती बनाउने निती तथा कार्यक्रम यस पटक को गाउ सभा बाट पारित गरेका छन भनें माङसेबुङ र फाकफोकथुम गाउपालिका ले स्थानिय सन्चार निती कार्यान्वयन गरिसकेको छ

Facebook Comments Box