देवेन्द्र पौडेल चुलाचुली/इलामको चुलाचुली गाउपालिका ले गाउपालिका भित्र रहेका बिभिन्न वडा का ६० जना कृषकहरु लाई ५० प्रतिशत अनुदान सहयोग मा कृषी सिँचाइ मोटर बितरण गरेको छ ।
गाउपालिका कृषी बिकाश शखा अन्तरगत आ व २०८१/८२ को मागमा आधारित कृषी उपकरण खरिद अन्तरगत स्विकृत १७ लाख बजेट बाट चुलाचुली गाउपालिका वडा नम्बर १ देखी ५ सम्म का ६० जना कृषक हरुलाई बिभिन्न क्षमताका पानी तान्ने मोटर पम्प उपलब्ध गराइएको हो ।
भौगोलिक बिविधता भएको चुलाचुली गाउपालिकामा कृषकहरुको आवश्यकता र सदुपायोगिता लाई मध्य नजर गर्दै बिभिन्न क्षमताका मोटर पम्पहरु मध्य २ एच.पि. ३ इन्च क्षमता को २३ थान १ एच.पि. २ इन्च को २२ थान १ एच.पि. १ इन्च को ८ थान तथा २ एच.पि. को सम्बरसिवल पम्प ७ थान गरी जम्मा ६० थान मोटर बितरण गरिएको छ ।
मोटर बितरण गर्नुको उद्धेश्य र आवश्यकताका आधार मा बोल्दै चुलाचुली गाउपालिका का अध्यक्ष राजेन्द्र केरुङ ले किषान हरुको आवश्यकता का आधारमा मोटर बितरण गरिएको बताउनु भयो । उनका अनुसार चुलाचुली गाउपालिका का बिभिन्न क्षेत्र मा सिचाइ का लागी नहरहरु समेत सन्चालनमा रहेका र ति नहर बाट बन्चित किसानहरुका लागी सिचाइमा सहयोग पुर्याउने उद्धेश्य ले मोटर पम्प बितरण गरिएको बताउनु भयो ।
चुलाचुली गाउपालिकामा कमल खोला,चाजु खोला,रतुवा खोला तथा नुनसारी खोला बाट सिचाइका नहरहरु सन्चालन मा रहेता पनि गाउपालिकाको धेरै क्षेत्रमा सिचाइको अभाब रहेको छ । धान रोप्ने समयमा आकासे बर्षात नभएका कारण बैकल्पिक सिचाको श्रोत नहुँदा धेरै जमिन अझै बाझैं रहेको अवस्थामा गाउपालिका मार्फत अनुदानमा बितरण गरिएका मोटर पम्प हरुले केहि किसानहरु लाई भने राहत पुगेको देखिन्छ ।

Facebook Comments Box